सिमकोट । निर्धारित समयभन्दा एक दिन ढिलो गरी भारतीय धर्म गुरु जग्गी वासुदेव ‘सद्गुरु’ हुम्लाको सदरमुकाम सिमकोट आइपुगका छन् ।
नेपाली भू–भागबाटैं मानसरोवर कैलाशको दर्शन गर्न लिमिको लाप्चा क्षेत्र जानेगरी सद्गुरु सिमकोट ओर्लिएका हुन् ।
खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एक दिन ढिलो गरी सद्गुरु हुम्ला आइपुग्नुभएको पर्य काठमाडौँबाट नेपालगंज र नेपालगञ्जबाट सिमकोट हवाई जहाजमा आइ पुगेका हुन् ।
उनिसँगै अरु दुई जना सहयोगीहरु पनि आसिमकोट आएक छन् । सिमकोट विमानस्थलमा ओर्लिएपछि उनले सिमकोटलाई निक्कै सुन्दर ठाउँ भएको प्रतिक्रिया दिए ।
‘जीवनमा मैले घुमेका प्राकृतिक सौन्दर्य स्थानम मध्येको उच्चकोटीमा पर्ने ठाउँमा म पुगेको छु’ सद्गुरुले सिमकोटको वर्णन गर्दै भने, ‘कैलास पर्वतको काखमै रहेको सिमकोट विकासका दृष्टिले केहि पपछि भएपनि नेचुरल्ली र स्प्रीच्युअल्ली निकै स्वर्ग रहेछ ।’
विमानस्थलबाट वासस्थान सिमसार क्षेत्रसम्म पुग्न मोटर साइकलको व्यवस्था गरिएको भएपनि पैदलमै गएका जग्गी वासुदेव ‘सद्गुरु’ले हिमाली जिल्ला हुम्लाको सौन्दर्यताको वर्णन गरे ।
‘सदुगुरु’ बुधबार एक दिन सिमकोटमै बस्नुहुनेछ । बिहिबार बिहानदेखि उनले लाप्चातर्फको पैदल यात्रा सुरु गर्ने बताइएको छ । मङ्गलवार काठमाडौँ विमानस्थलमा सद्गुरु बेलुका अबेरसम्म बस्नु परे पनि हेलिले उडान भर्न नसक्ने भएपछि उतै रोकिनु परेको थियो । सदगुरुसंग अन्य दुई जना सहयोगी थिए । उनको यात्राका लागि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका गुरुसँग जाने पर्यटकहरु सिमकोट यस अघि नैं पुगिसकेका छन् । पछिल्लो समय देशमा राजनीतिक परिस्थितीले नयाँ मोड लिएका बेला चर्चित धर्मगुरु ‘सद्गुरु’को चीनको सिमानामा पर्ने हुम्लाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनको भ्रमण नितान्त धार्मिक र व्यक्तिगत भनिएको भएपनि कुटनीतिक र राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
को हुन् सद्गुरु ?
सद्गुरु जग्गी वासुदेवको जन्म ५ सेप्टेम्बर १९५७ मा कर्नाटक राज्यको मैसुर सहरमा भएको हो। उनका पिता डाक्टर थिए। बालक जग्गीलाई प्रकृतिसँग लगाव थियो ।
उनी यदाकदा केही दिनको लागि जंगलमा गायब हुन्थे । जहाँ उनी अग्ला–अग्ला रुखका हाँगाहरूमा बसेर हावाको आनन्द लिन्थे, साथै अनायासै गहिरो ध्यानमा प्रवेश गर्दथे ।
जब उनी घर फर्कन्थे उनको झोलामा साँपहरु भरिएका हुन्थे, जसलाई समाउन उनी माहिर थिए । ११ वर्षको उमेरमा जग्गी वासुदेवले योगको अभ्यास गर्न सुरु गरे। यिनका योग शिक्षक थिए श्री राघवेन्द्र राव, जसलाई मल्लाडिहल्लि स्वामीको नामले चिनिन्छन् ।
मैसूर विश्वविद्यालयमा उनले अंग्रेजी भाषामा स्नातकको उपाधि प्राप्त गरेका छन्


