जिल्ला अस्पाल हुम्लामा आँखा, नाक, कान, र अपङ्गता भएका व्यक्तिहरूका लागि शिविर संञ्चालन गरिएको छ । हिमाली जिल्ला हुम्लाका गरीव, निमुखा तथा लक्षित वर्गका व्यक्तिहरूका लागि केही राहत होस भन्ने उदेश्यका साथ जिल्ला बाहिरबाट आएको टोलिले निशुल्क रुपमा शिविर सञ्चालन गरेको छ ।
गोर्खा वेल्फेयर ट्रष्ट नामक संस्थाको आर्थिक सहयोग तथा जिल्ला अस्पताल र सिमकोट गाउँपालिकाको समन्वयमा सो शिविर संञ्चालन भएको हो । शिविरमा आँखा, नाक, कान, र हात खुट्टामा समस्या भएको व्यक्तिहरूका लागि निशुल्क रुपमा औषधि उपचार गर्ने उदेश्यका साथ शिविर सञ्चाल गरिएको शिविर सञ्चालकका म्यानेजर जय लिम्बुले बताए ।
भदौ १२ देखि १४ गते सम्म सञ्चालन गर्ने भनिएता पनि औषधि तथा उपकरण जिल्ला बाहिरबाट ढिला आएका कारण एक दिन ढिला गरेर १५ गतेसम्म शिविर सञ्चालन हुने म्यानेजर लिम्वुको भनाई छ । म्यानेजर लिम्वुले भने दुर्गम जिल्लाका विरामी नागरिकहरु आर्थिक अभावका कारण जिल्ला बाहिर जान नसक्ने हुँदा आफ्नो टोलि हुम्ला पुगेर सेवा दिएको छ ।
जिल्ला बाहिर जानु पर्दा एक जना विरामीलाई कम्तिमा पनि १ लाख रुपियाँ खर्च हुने भएपछि जिल्लामै पुगेर सो टोलिद्धारा शिविर सञ्चालन गरेको गरेको हो । शिविरमा पाँच जना विशेषज्ञ डाक्टर र २४ जना स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलिद्धारा उक्त सेवा दिदैँ अएको छ । पहिलो दिन मात्रै १ सय ३५ जनाले चेक जाँच गरिएता पनि सो मध्य छनौट भएका सेवाग्राहीले भने सेवा लिन पाउने भएका छन् ।
कान नसुन्नेलाई सभ नियन्त्रक, कानको समस्या भएका विरामीको अप्रेशन, आँखाको मोति विन्दु अप्रेसन, अपङ्गता भएका व्यक्तिहरूलाई फिज थेरापी संगसंगै कृतिम अंगहरु प्रदान गरि सेवा दिने भएको लिम्वुले जानकारी दिए । पहिलो दिन चंखेली र सर्केगाड गाउँपालिकाका स्थानीय सेवाग्राहीले सेवा लिएका छन ।
त्यस्तै दास्रो दिन ताँजाकोट, अदानचुली, खार्पुनाथ गाउँपालिका र तेस्रो दिन सिमकोट र नाम्खा गाउँपालिकाका नागरिकहरुले सो सेवा लिन पाउने भएको बताइएको छ । शिवरमा काडमाण्डौँ, नेपालगञ्ज र पोखराका स्वाथ्यकर्मी गरेर जम्मा २८ जना स्वास्थ्यकर्मीले सो सेवा दिंदै आएका छन् ।