श्रीनगर (हुम्ला) । कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरिएण्टको संक्रमणका कारण लामो समयदेखि बन्द भएका हुम्लाको अदानचुली गाउँपालिका भित्र रहेका सबै विद्यालय मंगलबार (आज) देखि सुचारु भएका छन् ।
गउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार अदानचुली भित्र रहेको १८ वटै विद्यालयहरु औपचारिक रुपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।
'गएको भदौं १६ गते बसेको गाउँकार्यपालीको बैठकको निर्णय अनुसार हामीले सबै (सामुदायिक र संस्थागत) विद्यालय सचालनमा ल्याएका हौं', अध्यक्ष फडेराले नेपालवोटसँग भने, 'निर्णयसँगै लामो समयदेखि बन्द भएका १७ वटै सामुदायिक विद्यालयहरुलाई आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनमा ल्याएका हौं ।'
निर्णय अनुसार ती सबै विद्यालयले सामाजिक दूरी कायम गर्दै, आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेर विद्यालय सञ्चालनमा ल्याएको बताएका छन् ।
विद्यालय खुले पाठ्यपुस्तक पुगेन
हरेक वर्ष फागेन १ गतेदेखि शुरु हुने शेक्षिक शत्र कोरोना कहरका कारण असार १ गतेदेखि शुरु भएपनि अदानचुलीका विद्यालयमा अँझै पाठ्यपुस्तक पुगेका छैनन् ।
पटकपटक सामुदायिक विद्यालयमा पाठ्यपुस्तक ढुवानी गर्ने जिम्मा लिएका ऐजेण्टलाई ताकेता गर्दा पनि विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न नसकेको गाउँपालिकाले जनाएको छ ।
आज बाट विद्यालय सन्चालन गरेको भएपनि गाउँपालिका भित्रका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेका छैनन्, जनकल्याण निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले भने, पाठ्यपुस्तक पुर्याउन जिम्मा लिएका स्थानीय एजेण्टले नेपालगञ्ज, सुर्खेतदेखि ढुवानी गर्नुपर्ने पाठ्यपुस्तक नपुर्याएका कारण विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुगेरै विद्यालय सञ्चालनमा ल्याएका छौं ।
पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका लोकेन्द्र भण्डारीले विद्यालयले आफूसँग पाठ्यपुस्तक लिन नआएका कारण विद्यार्थीको हातमा पुग्न नसकेको बताएका छन् । हामीले सबै विद्यालयका लागि पुग्ने पाठ्यपुस्तक ढुवानी गरेर ल्याएको बताएका भण्डारीले विद्यालय प्रशासनले लिन नआएकाले विद्यार्थीले पाठ्यपुस्तक नपाएको जानकारी दिए ।
जिल्लाका दक्षिण भेगमा रहेका अधिकांस गाउँपालिकामा समयमै पाठ्यपुस्तक नपुग्दै विद्यालय सन्चालन गर्ने निर्णय गरेपनि आफूले पाठ्यपुस्तक नपाएकाले समस्या भएको विद्यार्थीहरुले गुनाशो गरे ।
जिल्लास्थरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को गएको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेपछि विद्यालय सुचारु भएपनि पाठ्यपुस्तक नआएका कारण विद्यार्थी खाली हात विद्यालय जानु पर्ने बाध्यतामा आफूहरु रहेको स्वयम् विद्यार्थीहरुले गुनाशो गरेका छन् ।