माघ २४, सिमकोट । दुर्गम हिमाली जिल्ला हुम्लामा पुन भारी हिमपता भएको छ ।
पश्चिमी वायुको प्रभावले हुम्लाका अधिकांश क्षेत्रमा वर्षासँगै भएको भारी हिमपातले जिल्लाको जनजिवन निकै प्रभावित भएको छ ।
बुधबार दिउँसो २ बजेबाट निरन्तर परेको वर्षाले जिल्लाको प्राय क्षेत्रमा जाडो अत्याधिक वृद्धी भएको छ । सिमकोट लगायत जिल्लाका उत्तरी क्षेत्रमा परेको हिउँले स्थानीयलाई घरबाट बाहिर निस्कन समेत समस्या भएको छ भने दक्षिण क्षेत्रमा परेको वर्षाले माथिबाट ढुङ्गा खस्न लागेपछि स्थानीय वासिन्दालाई घरबाट बाहिर निस्कन निकै समस्या भएको हुम्लाका प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए । ‘हिमपातसँगैको वर्षाले जिल्लाको जनजवन असाध्यै प्रभावित बनाएको छ,’ अधिकारी ढुंगानाले भने “जिल्लाका विभिन्न क्षेत्रमा भएका प्रहरीभौकीबाट प्राप्त रिर्पोट अनुशार अहिलेसम्म कुनै अप्रीय घटना नघटेपनि स्थानीय जनजीवन कष्टकर बन्दै गएको छ ।”
मुचुवासी हिउँ पगालेर खाना पकाउँदै
जिल्लाको नाम्खा गाउँपालिकाको मुचु, लिमी, चाला लगायतका क्षेत्रमा बुधबार देखिनै स्थानीय घरबाट बाहिर निस्कन सकिरहेका छ्रनन् । मुचुका टाक्पा लामाका अनुशार बाहिर हिमपातसँगै अत्याधिक हावाहुरी समेत चलेको छ । अहिलेसम्मकै निकै जाडो बढेको मुचुमा खानेपानीका लागि बाहिर घरआँगनमा जमेको हिउँ पगालेर खाना पकाउने गरिएको छ ।
उत्तरी क्षेमा हिउमाघमा मात्रै तेस्रो पटक परेको हिउँले हिमाल पुरै सेताम्य भएको बताएका लामाका अनुशार माथिबाट आएको हिउँपहिरोका कारण एकगाउँबाट अर्कोगाउँमा जाने बाटाहरु समेत बन्द भएका छन् । बाहिर जान नसकिने भएपछि पशुवस्तुलाई बुधबार देखिनै घरमै घाँस पानी गरेर राखिएको छ ।
हिमपातले नेपाल टेलिकमका टावरमा राखिएका सोलर चार्ज नभएपछि क्षेत्र आसपासका क्षेत्रमा टेलिफोनले समेत राम्रोसँग काम गर्न सकिएको छैन् । टेलिफोन टावरले काम नगर्दा घरबाहिर भएकासँग सम्पर्क नभएपछि आफूलाई अर्कै दुनियामा भएको महशुस भएको नाम्खा याल्वाङ्गकी छिरिङ्गपाल्मु लामाले बताइन् । उनका अनुशार हिमपातले उत्तरी क्षेत्रका गाईवस्तु, चौरी, भोवा, तोल्कीनी, भेडाबाख्रालाई समेत समस्या भएको छ ।
एकै घरमा हुने दशभन्दा बढीको संख्यामा हुने चौरी, झोवा र सयौको संख्यामा हुने भेडाबाख्रालाई चराउन घरबाहिर लिन नसकिने र घरमा समत त्यत्रो घाँस नभएपछि पशुवस्तुलाई थप समस्या भएको लामा बताउँछिन् ।
हवाई सेवा ठप्प
बुधबारदेखि परेको हिमपातले हुम्लाको एकमात्र यातायातको माध्यम हवाई सेवा समेत ठप्प भएको छ ।
जिल्ला बाहिर जाने निविकल्पीक माध्यमका रुपमा रहेको सिमकोछ विमानस्थलमा हिउँ जमेको र हजहाज आउने इनरुडको मौशम समेत ुधबार देखिनै सिमकोटमा जहाज चलेको छैन् । जहाज नचलेपछि अत्यावश्यक कामका लागि जिल्ला बाहिर जाने र आउने यात्रुहरुका लागि समेत समस्या भएको सिमकोट विमानस्थलले जनाएको छ ।
अघिल्लो साता परेको हिमपातमा जमेको झण्डै २ फिट हिउँ जिल्लाको सुरक्षाकर्मी र कर्मचारी मिलेर फालेपछि सूचारु भएको सिमकोट विमानस्थल पुन हिउँ समेर सेताम्य भएको छ ।