उपमेयरकप २०७८ फुटबल खेलका लागि भाग लिनका लागि हिमाली जिल्ला हुम्लाका खेलाडीहरुको सक्रियता निक्कै बढ्दै गएको छ । हुम्ला फुटवल एकेडेमीद्धारा साउन १५ गतेदेखि जिल्लाका विधार्थी तथा अन्य खेल सम्वन्धि रुचि राख्ने व्यक्तिहरुलाई फुटवल खेलमा प्रशिक्षण गराउँदा सक्रिया सहभागिहरुको संख्या निक्कै बढेको हो ।
लामो समयदेखि खेल क्षेत्रमा रुचि राखेका खेलाडीहरुलाई यतिखेर एकेडेमीमा आवद्ध प्रशिक्षकहरुले प्रशिक्षण गराई रहेका छन् । आउदो कार्तिक ४ गते काठमाण्डौँमा हुने उपमेयर कप फुटवलका लागि अहोरात्र नभनि प्रशिक्षण गराइएको फुटवल एकेडेमीका जिल्ला अध्यक्ष विष्णु रावतले बताए । अध्यक्ष रावतका अनुसार जिल्लामा जनैपुर्णिमाको समयमा कोभिड संक्रमण बढ्ने भन्दै एक हप्ता मात्रै सो खेल रोकिए पनि त्यस यता नियमित रुपमा खेल सञ्चालन गरिएको छ ।
यतिखेर ३० जना किसोरीहरुलाई प्रशिक्षण गरिएको भए पनि सो मध्ये २० जनालाई छनौट गरेर काठमाण्डौँ लग्ने भएको अध्यक्ष रावतको भनाई छ । हुम्ला जिल्ला भौगोलिक विकड्ता हुँदा पनि आफुहरुले धेरै प्रयासका बाबाजुत खेलाडीहरुलाई तालिम दिई रहेको वरिष्ठ प्रशिक्षण धिरज रोकायाले बताए ।
यो भन्दा पहिला फुटवल भनेको के हो ? यसको जानकारी नभए पनि यतिखेर एकेडेमीले सञ्चालन गरेको तालिममा सहभागि हँदा आफु खेलमा परिवर्तन भएको खेलाडी पेमा छ्योदेन लामाले बताइन् । जिल्लामा पहिलो पटक हुम्ला एकेडेमीले उक्त खेल सञ्चलन गर्दा अब केही गर्न सकिन्छकी भन्ने आशा पलाएको अर्का खेलाडी ज्याकोविन बुढाले बताए ।
यतिखेर जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा पुरुष र महिलाको सिनियर र जुनियर टिम विभाजन गरेर तालिम सञ्चालन गरिएको छ । देश भरिकै ७७ वटा जिल्लाबाट सहभागि हुने सो खेलका लागि हुम्ला जिल्लामा भने सिमकोट गाउँपालिकाको नाममा महिलाको टिम दर्ता गराइएको छ ।
हिमाली जिल्ला हुम्लामा यस्तो खेल खेल्नका लागि र जिल्लालाई चिनाउनका लागि पहिलो पटक सक्रियाता भएर खेलमा भाग लिने भएका छन् । जिल्ला बाहिर जाने खेलाडी तथा आयोजक टिमका लागि भने स्थानीय तह, खेलकुद विकास समिति, सरोकारवाला निकाय लगायतका अन्य सम्पुर्णलाई सहयोगको अपेक्क्षा गरिएको एकेडेमीका अध्यक्ष रावतले जानकारी दिए ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेतमा पनि फुटवल खेल हुने भएकाले यतिखेर ४० जना पुरुषहरुलाई प्रशिक्षण गराई रहेको र उनिहरुलाई जिल्ला लिकआउटबाट छनौट गरि खेलम सहभागि गराउने बताइएको छ ।