साँगुर्या घाँटी खोनेपानी आयोजना निर्माण गरेको १० महिना वितिसक्दा पनि धारामा पानी झर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । सिमकोट गाउँपालिका वार्ड नम्वर ७ को डाँडाफयामा रहेको चुक्याडी गाउँको दलित बस्तीका लागि लापा संस्थाबाट सञ्चालन गरेको साँगुर्या घाँटी खानेपानी आयोजनाको निर्माण कार्य भएको १० महिना विति सक्दा पनि धारामा पानी झार्न नसकेको भन्दै स्थानीयले गुनासो गरका हुन् ।
धारामा पानी नझरेपछि चुक्याडीको दलित बस्तीका ४० घरदुरी स्वच्छ खाने पानीबाट बन्चित भएका छन् । खाने पानीको आशै आशमा बसेका दलित बस्तीका स्थानीय हाल आएर पुरानै अवस्थामा खोलाको धमिलो पानी प्युन बाध्य भएको स्थानीय धनविर सुनारले गुनासो गरेका छन् । उनका अनुसार ०७७ माघ महिनाबाट सो खाने पानी आयोजनाको निर्माण कार्य गरिएता पनि धारामा एक हप्ता भन्दा बढी पानी झार्न नसकेरै पानी विहिनका धारा बनका छन् ।
सो खानेपानीका लागि गाउँका सम्पुर्ण स्थानीय लागेर उक्त आयोजना सम्पन्न गरियो, तर उपभोक्त समितिले कामदारलाई ज्याला नदिएरै बजेट हिनामिना गरेको स्थानीय धनविर सुनारले जानकारी दिए । लापा परियोजनाबाट २० लाखको रकमले उक्त खाने पनी आयोजनाको १२ वटा धारा निर्माण गर्नु पर्ने भनिएता पनि करेड एरिया भन्दा कम धारा निर्माण गरिएको सुनारले आरोप लगाए ।
उनले भने स्थानीय कामदारहरुले सोही खानेपानी आयोजनाबाट परेको रकमलाई उपभोक्ता समितिले वजेट आफै हिनामिना गरेका हुन् । उक्त आयोजनाको काम ०७७ माघबाट सञ्चालन गरे पनि ०७८ बैशाखमा सम्पन्न गरिएको थियो । उपभोक्त समितिले लापा संस्थाले तोकेकाजति धारा नर्माण भन्दा जम्मा पाँत धारा निर्माण गरिएको अर्का स्थानीय सरजन सुनारले बताए ।
खानेपानी आयोजनाका लागि दलित बस्तीका स्थानीय हामी नागरिकले सो आयोजना सम्पन्न गर्यौँ तर काम गरेको ज्याला समेत पाउन सकेनौँ सुनारले भने । नेपाल सरकारको माप तण्ड अनुसार ज्याला मज्दुरीहरुले प्रति दिनको ९ सय ५० रुपियाँ पाउने गरेको भए पनि आफुले एक रुपियाँ नपाएको कामदार सुनारले गुनासो गरे ।
आफुले काम गरेको रकम माग्न जाँदा उल्टै उपभोक्ता समितिका अध्यक्ष लगायतको टोलिले निर्माण सामग्रिमा खर्च भएर सकिएको भन्दै झारो टार्ने काम गरेको सुनारको भनाई छ । हाल सो चुक्याडीको दलित बस्तिका ४० वटा घरदुरीका २६ वटा घरपरिवारलाई सो रकम वितरण गरि सकेको छ भने १६ घर परिवारले नपाएको बताइएको छ ।
उपभोक्ता समितिले खाने पानी आयोजनालाई राम्रोसंग निर्माण नगरेपछि यतिखेर सो दलित बस्तीका ४० घरपरिवार खोलाको धमिलो पानी प्युन बाध्य भएका छन् । सो उपभोक्ता समितिले २६ वटा घरदुरीका घरमुलि लेकतिर गएको मौका छोपि उनका बालबालिकाहरूलाई ललाई फकाई गरेर उक्त रकम वितरण गरेको स्थानीय कामदारले आरोप लगाएका छन् । सो गाउँमा नत धारा नै पुरा निर्माण भए, नत धारामा पानी झर्यो, नत मज्दुरीले काम गरेको ज्याला नै पाइयो भन्दै स्थानीयको गुनासो छ ।