श्रीनगर (हुम्ला) । आईतबार राति देखी परेको अबिरल बर्षा संगैको बाढी पहिरोका कारण हुम्लाको अदानचुली गाउपालीका साबिकको श्रीनगरमा खानेपानीको समस्या भएको छ ।
वर्षाले दुषित पानीका मुहान बगाएपछि खानेपानीका धारामा पानी नआएपछि स्थानीयलाई पानीको समस्या भएको बताइएको छ । बिभिन्न ठाउँमा बाढी पहिरोले खानेपानिको मुहान र पाईप बगाए पछि दुषित पानी खान बाध्य भएका छन ।
श्रीनगरका लागि मात्रै बृहत खानेपानि र पुराने पानि गरेर दुई खाने पानिका लाईनहरु रहेका छन भने दबै खानेपानीको पाइप लाईन बाढीले केही भाग बगाएको र केही भाग छोपेको अदानचुली १ का चौकिधार देबी फडेराले बताए । उनका अनुसार पुरानो खानेपानी लाइनको १ किलो मिटर पुद्दुकोट देखी डमर्कु सम्म र बृहत खानेपानीको १ किलो मिटर कोट देखी बनचिउरी सम्म पाइप लाईन बाढीले छोपेको छ भने दुबै खानेपानीको लाईन गरी करिब ७० मिटर पाइप बगाएको जानकारी दिए ।
मर्मतका लागि आफुहरु खटिरहेका र अबको चार पाँच दिन मर्मतको काम सकिने बताए । यस्तो समस्याका बेला चौकीधार मात्र नगई अन्य स्थानिय नागरिक अथावा स्थानिय सरकारले कामदार खटाएर मर्मतमा जुटे छिटो काम सम्पन्न हुने उल्लेख गरे । खानेपानिको समस्या भए पछि बर्षाकै कारण बिभिन्न ठाउँमा निस्किएको धमिलो दुषित पानि खान बाध्य भएका छन ।
अदानचुली २ का नागरीकले १ घण्टा पैदल हिडेर केश कार्ने ढुगांमा निस्किएको धमिलो पानी खाएका छन भने अदानचुली ३ का नागरिकले अधेरीखोलाको धमिलो पानि खान बाध्य भएका छन ।
धमिलो दुषित पानि खाँदा स्थानियले गाउमा टाईफइट,हैजा,झाडापखाला,आउँ,हाडी र रुघा खोकी जस्ता रोगहरु फैलीन सक्ने चिन्ता रहेका छन तर धमिलो दुषित पानि खान बाध्य भए पनि याहाको स्थानिय सरकारले कुनै चासो नदेखाएको स्थानियले बतायका छन ।