हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगिता खेल सम्पन्न भएको छ । रोयल गैरी सायाँ यूवा क्लवको आयोजनामा जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगिताको पाँचौ दिन फइनल खेल सञ्चालन भएर सम्पन्न भएको रोयल गैरी सायाँ यूवा क्लवका अध्यक्ष गोर्ख बहादुर शाहीले जानकारी दिए ।
प्रतियोगिताको पाँचौ दिन सेमि फाइनल ग्याममा चारवटा टिमले खेल खेलेका थिए । जस्मा रोयल गैरी सायाँ यूवा क्लव भर्सेस रोडिकोटमा दुईका विरुद्ध तीन सेट हात पार्दै रोयल गैरी सायाँ यूवा क्लव प्रथम भएको छ । त्यस्तै दोस्रो स्थानमा रोडिको भएको छ भने, सर्किदेउ भर्सेस अदानचुलीमा लगतार तीन सेट हात पार्दै अदानचुलीले तेस्रो स्थान हात पारेको हो ।
क्रमस पहिलो, दास्रो र तेस्रो हुनेलाई १ लाख, ५० हजार र २५ हजार रुपैयाँ सहित प्रमाण पत्र, मेडल र ट्रफि कार्यक्रमका प्रमुख अतिथि एव. सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्न रोकायाले हस्तान्त्रण गरेका थिए । त्यस्तै सायाँ गाउँका स्थानीय र क्लवका व्यक्तिहरुको श्रमदानमा उक्त भलिवल खेल मैदान निर्माण गरि सो खेलको आयोजना गरिएको सोही क्लवका अध्यक्ष शाहीले जनाकारी दिए ।
सो खेल कार्तिक ५ गतेबाट सञ्चालन गरिने भनिएता पनि अविरल वर्षाका कारण कार्तिक ७ गतेबाट खेलको उद्घाटन गरिएको हो । रोयल गैरी सायाँ यूवा क्लवको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा मुख्य प्रयोजक सर्केगाड गाउँपालिकाको रहेको थियो भने सह प्रायोजकमा सितल थोपा सिचाइ रहेको अध्यक्ष शाहीले बताए ।
.त्यस्तै उक्त खेलका लागि कर्णबर्ग चिया, रोयल कर्णली इलेक्ट््रो हव, किसान एग्री कल्चर, न्यू भेरी ट्याक्टर सप्लायर्स, लगायतका ११ वटा संघसंस्था तथा व्यवसायीहरुले आर्थिक सहयोग गरेको बताइएको छ । खेलका लागि चाहीने सामग्रि भने नापलगञ्जबाट ढुवानी गर्नु पर्ने भएको हुँदा उक्त क्लवका लागि अजिमा ढुवानी सेवाले ढुवानी सहयोग गरेको हो । उक्त प्रतियोगिता कार्तिक ७ गतेबाट सञ्चालन भई कार्तिक ११ गते सम्पन्न भएको हो ।