फागुन २, सिमकोट । एक साता अघि परेको भारि हिमपात सँगै चलेको तिव्र हावाहुरीले एक दर्जन भन्दा बढि विद्यालयहरुको छानो उडाएको छ ।
गएको माघ ८ गतेदेखि पटक–पटक हिमपात पछि चलेको हावाहुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरोवर माध्यमिक विद्यालय र साहार समुहको छात्राबासको छानो उडाएको शिक्षा विकास था समन्वय इकाई प्रमूख वर्ष फडेराले जानकारी दिए । उनका अनुशार हावाहुरीले रलिङ्ग मावि बरगाउँ,े मालिका मावि लाली, कैलाश आधारभुत विद्यालय प्युस, लगायतका विद्यालयका कक्षा कोठाको छाना उडाएको हो । मिनपचास विदाको समय परेको वेला विद्यालयमा कोही नहुँदा थप समस्या भएको प्रमूख फडेराले जानकारी दिए ।
सदरमुकाम सिमकोटको मानसरवर माविको कक्षा १२ कोठे भवनको पुरै छानो हावाहुरीले उडाएपछि कक्ष कोठा भित्रै २ फिट बढी हिउँ जमेको विद्यायका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए । फागुनके पहिलो साताबाट विद्यालयको पठन पाठन शुरु हुने विद्यालयका कक्षा कोठामा हिउँ थूप्रीय पछि कसरी विद्यालय सूचारु गर्नेमा समस्या भएको प्रअ शाहीले बताए ।
यसैगरी सिमकोट तल्लो बजारमा जिल्लाभरीका ५७ जना फरक क्षमता भएका बालबालिकालाई आवास र पठनपनठनको व्यवस्था गर्दै आउको साहारा नेपालको छात्राबासको छानो उडाए पछि छात्रावासमा आश्रय लिएका वालवालिकालाई वसोवासमै समस्या भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नावय उपरिक्षक रविन क्षेष्ठले बताए । छात्रावासको छानो उडाएपछि फरक क्षमता भएका वालिवालिकालाई निकै समस्या भएको छ, प्रहरी नायव उपरिक्षक श्रेष्ठले भने, “ हावाहुरीले छानो उडाए पछी आश्रीत बालबालिका खुला आकास मुनि चिसो हिउँमा बस्न बाध्य भएका छन् ।” कोठामा राखिएका खाध्यन्न समेत हिँउले भिजाएर खाना पकाउन समेत नहुने भएपछि उनीहरुलाई बिहान वेलुकाको खाना समेत खान धौ भएको छ ।
लगातार ३ दिनसम्म परेको हिमपातसँगैको हावाहुरीले जिल्लाका धेरै सार्वजनिक र व्यक्तीगत घरहरुको छाना उडाएको खबर आएको प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए । क्षतीको विवरण आफूसँग एकिन नभएको बताएका अधिकारी ढुंगानाका अनुशार जिल्लाभरीको क्षतीको विवरण स्थानीय प्रहरी चौकी मार्फत एकिन गर्न निर्देशन समेत दिइएको छ ।