सिमकोट । अन्तर जातीय विवाह गरेको भन्दै केटी पक्षका अविभावकले कुटपिटपछि बेपत्ता पारिएका भनिएका सर्केगाड गाउँपालिका १ जैरका दलित युवकका अभियुक्तलाई कारबाही गर्न अनेरास्ववियु हुम्लाले माग गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन शैक्षिक व्यथिति र विसगंतिका विरुद्ध अडिग भई व्यावहारिक गुणस्तरयुक्त शिक्षा र सामाजिक न्यायका निम्ति अन्याय अत्याचारका विरुद्ध रहेको दाबी गर्दै कान्ुनले नैं जातीय विभेद दण्डनीय भनेर उल्ल्ेख गरेको अवस्थामा अन्तरजातिय विवाहका नाममा यूवकलाई अमानवीय कार्य गर्ने पक्षलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्न माग गरेको हो ।
विज्ञप्तिमा लेखिएको छ, ‘एक्काइसौँ शताब्दीको विज्ञान प्रविधियुक्त विकसित तथा शिक्षित समाजमा पनि नेपालको संविधान विपरीत छुवाछुत जस्तो जघन्य अपराध गरी सामाजिक सद्भावलाई खलल् पुर्याउने कार्यमा संलग्न कथित उपल्लो जात भन्नेहरुबाट सामाजिक, आर्थिक, राजनितिक र प्राकृतिक रुपमा पछि पारिएका दलित समुदाय माथि जातको नाममा विभिन्न अपराधिक घटनाहरु घटिरहेका छन् । समाजमा घट्ने यस्ता घटनाले नेपालको संविधानले शुनिश्चित गरेका अधिकारहरुको आभास आम जनतालाई नहुने र यस्ता घटनाले सामाजिक एकता माथि गम्भीर आँच आउने भएकाले उक्त घटनामा संलग्न जो सुकैलाई कडा भन्दा कडा कारबाही सहित छिटो सार्वजनिक गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’
हुम्लाको सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका १९ वर्षीय चन्द्र सुनारले मुगु जिल्ला सोरु गाउँपालिका वडा ४ को लिप्रु गाउँकी १९ वर्षीय सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेका थिए । विवाह लगत्तै चन्द्रलाई बेहुली पक्षका परिवारले अपहरण गरी बेपत्ता बनाई कुटपिट समेत गरेका थिए ।
अहिले ति युवक बेपत्ता छन् । खोजीका लागि युवकको जिल्लाका अर्थात हुम्लाको सर्केगाडबाट र युवतीको जिल्लाका अर्थात मुगुको सोरुबाट दुई समुहमा प्रहरी खटाईएको छ । युवकका बुवा सम्पर्कमा आएका छन् भने युवती पक्षका आमा, बुवा र अन्य नातेदार सम्पर्कमा छन् ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार दुवै जिल्लाबाट खटाईएका प्रहरीको पहिलो प्राथमिकता बेपत्ता युवकको खोजि गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउने छ । प्रहरीले भने प्रारम्भिक छानविन थालिएको छ ।
अनेरास्ववियु हुम्लाका अध्यक्ष जयराज सन्ज्यालद्धारा जारी विज्ञप्ति