फागुन १८, काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । तीन सातादेखि ह्याम्स अस्पतालल धुम्बाराहीमा उपचारार्थ नेकपाका नेता अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खस्कँदो रहेको अस्पतालले जनाएको छ ।
शनिबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा क्रिटिकल केयर सर्भिसका कोअर्डिनेटर डाक्टर हेमराज पनेरुले सम्पूर्ण प्रयासका बाबजुद अधिकारीलाई बचाउने सक्ने सम्भावना न्यून रहेको बताए। अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आजको अवस्थाअनुसार उहाँका सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छाड्दै गएको देखिन्छ र उहाँलाई कृत्रिम स्वाशप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको छ। २४ घन्टादेखि पिसाब भएको छैन। '
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ । लामो समय देखि राजधानीको ह्याम्स अस्पतालमा उपचार गराइरहनु भएका नेता अधिकारीको अवस्था निकै गँभीर बनेको अस्पताल स्रोतले जनाएको छ । उनको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् ।
पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उनको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीर महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन् । बितेका २४ घन्टादेखि पिसाब बन्द भएको छ ।
पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै डा पन्तले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उनको स्वस्थ्यमा सुधार नभएको बताए ।
‘वितेको २४ घन्टादेखि पिसाब भएको छैन । हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ र अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौं’ अस्पतालले भनेको छ ।