फागुन १८, काठमाडौं । पुर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमहन अधिकारीको स्वास्थ्यका विषयमा सामाजिक सञ्जालमा अर्नगल प्रचार नगर्न उपप्रधानमन्त्री इश्वर पोखरेलले सबैमा अपिल गरेका छन् ।
राजधानीको ह्याम्स अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका नेता अधिकारका धेरै अंगले काम गर्न छोडेको भन्दै चिििकत्सकले उपचारमा निकै कठिनाई आएको बताए लगत्तै समाजिक सञ्जाल फेसवुक टुइटरमा श्रद्धाञ्जली पोष्ट गर्न थालेपपछि नेकपाका नेता समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यस्तो अपिल गरेका हुन् ।
शनिबार राती साढे ८ बजे आप्mनो सामाजिक सञ्जाल फेसवुकमा मार्फत सबैलाई सजग बनाउँदै पोखरेलले भनेका छन्, "आदरणीय भरतमोहन अधिकारी अहिले पनि मृत्युसित लडिरहनु भएको छ । उपचारका उपायहरू सफल हुन सकिरहेका छैनन् । तर यही स्थितिमा मृत्यु भयो भन्दै श्रद्धान्जली दिन किन हतारो गरेको रु साथीहरू, सबै कुरा बुझेर मात्र बोलौं १ अझ संवेदनशील विषयमा यस्तो किनर ?'
शनिबार अपरान्ह साढे ३ बजे अस्पताले पत्रकार सम्मेलन नै गरेर नेता अधिकारीलाई बचाउन निकै मुष्किल परेको भन्दै परिवारसँग समेत निरन्तर छलफल गरेको बताएको थियो ।
अधिकारीका सबै अंगले काम गर्न छोडेको भन्दै गएको २४ घण्टा यता पिसाब समेत नभएको उल्लेख गर्दै अस्पतालले उपचारमा निकै कठिन भएको बताएको छ ।
उपचारमा अनेकन उपाय अपनाइएकै अवस्थामा सामाजिक सञ्जालमा यसरी श्रद्धाञ्जली व्यक्त गर्न काम आप्mनो मर्यादा भन्दा माथि मात्रै नभई मानविय संवेदनसिलताकै ख्याल नगरेको आरोप नेकपा नेताहरुले लगाएका छन् ।
अधिकारीको उपचारमा संलग्न परिवारका सदस्य तथा पार्टीका नेतालाई थप पिडा दिने गरी आप्mना पोष्ट नहाल्न समेत नेकपाका नेताले सार्वजनिक अपिल गरेका छन् ।