भाद्र २५, सिमकोट । कर्णाली प्रदेशको एक मात्रै विश्व विद्यालयको आंगिक क्याम्पस नभएको जिल्लाका रुपमा हुम्ला चित्रित भएको छ ।
काठमाडौंमा सम्पन्न मध्यपश्चिम विश्वविद्यालयको सिनेट बैठकले विभिन्न २८ वटा क्याम्पसलाई संवोधन दिंदा समेत हुम्लामा भएका तिनवटा क्याम्पसल मध्ये एउटा क्याम्पसले पनि आंगिकको मान्यता नपाएपछि आंगिक क्याम्पस नभएको जिल्लाको सूचिमा हुम्ला परेको हो ।
क्याम्पसका प्रमूख देखि उच्च ओहदाका कर्मचारीलाई तलव खुवाउनै हम्यहम्य भएर निकै थिलथिला भएका हुम्लाका तिनवटै क्याम्पसलाई अब थप चुनौती भएको छ । जिल्लाकै सबैभन्दा जेठो क्याम्पसका रुपमा चिनिएको मानसरोवर बहूमूखि क्याम्पस समेत आंगिकको सूचिमा नपरेपछि स्थापनाका हिसाबले निकै पछि शुरु भएका सर्केघार्ड बहुमूखि क्याम्पस र गल्बा क्याम्पसको झनै संभावना नरहेको केही जानकार बताउँछन् ।
त्रिभुवन विश्व विद्यालयको सम्बन्धन प्राप्त गरी सामुदायिक रुपमा सञ्चालन भएका हुम्लाका तिनवटै क्याम्पसको अवस्था निकै नाजुक हुँदा समेत स्थानीय प्रदेश र संघिय सरकारले कुनै चासो नराखेकाले अब थप समस्या हुने सदरमुकाम सिमकोटमा रहेको जिल्लाकै जेष्ठ क्याम्पस मानसरोवर बहुमूखि क्याम्पसका प्रमूख वसन्त रोकाया बताउँछन् । उनीभन्छन् हामीले जिल्लााट प्रतिनिधित्व गरेर जाने प्रदशे र संघिय सभाका जनप्रतिनिधिलाई पटकपटक गुहार गरेका छौ तर यसको खासै परिणाम हात परेको छैन् ।
क्याम्पसको भौतिक पूर्वाधारका नाममा आउने विकासे अनुदानलाई कागजी रुपमा मिलाउने र बचेको रकमले क्याम्पसका कमृचारीको तलव खुवाउने गर्दै बढेका क्याम्पसलाई अब कुनै विषेश रुपले नहेर्ने हो भने थेग्न नसक्ने निचोडमा स्वयम जिल्लाका तिनवटै क्याम्पस प्रशासन नै पुगेका छन् । क्याम्पसमा विद्यार्थीकै भर्ना दर न्यून हुने र भएका विद्यार्थीका लागि पनि प्रभावकारी पढाई नभएपछि जिल्लाका लागि क्याम्पस निल्नु न ओकल्नु भएका छन् ।
जस्को हात पैशा उसकै नाममा तलब
निकै थिलथिलो बनेका जिल्लाका तिनवटै क्याम्पसमा कार्यरत कर्मचारीले लामो समय देखि तलब पाएका छैन्न । क्याम्पसको परिभाषित आम्दानी नभएकाले कार्यरत कर्मचारीले लामो समयदेखिको तलब नपाएको मानसरोवर बहुमूखि क्याम्पसमा कार्यरत एकजना कर्मचारीले दुखेसो गरे । आफूले झण्डै तिन वर्षको तलव नपाएको गुनासो गरेको ति कर्मचारीका अनुशार विद्यार्थीको भर्ना, परिक्षा फारम वापत आउने रकम जुन कर्मचारीले हात पार्यो उसैले आप्mनो तलब कटाउने भन्दै मनपरी लिने गरेका छन् ।
क्याम्पसमा स्रोत छैन अनी जसको हातमा क्याम्पसको नाममा रकम पर्छ उसैले आप्mनो तलबको रकम वापत भन्दै पैशा बुझ्ने गरेका छन् ।
क्याम्पसको आर्थिक अवस्था नाजुक भएपछि जिल्ला सदरमुका सिमकोटको मानसरोवर बहुमूखि क्याम्पसका कर्मचारीले निकै लामो समय देखि तलव नपाएको बताइएको छ ।
तलव नपाएपछि क्याम्पसमा काम गर्ने कर्मचारी र शिक्षकको समेत विकर्षणको केन्द्रका रुपमा हुम्लाका क्याम्पस रहेका छन् । कुनै वेला राजनीतिक भागबण्डका रुपमा विवदा भएको मानसरोवर बहुमूखि क्याम्पसका शिक्षक तथा कर्मचारी अहिले मौका पाए अन्यत्र सर्न थालेका छन् । क्याम्पसले नियमित तलब नदिएपछि मानसरोवर बहुमूखि क्याम्पसका सहायक क्याम्पस प्रमूख अहिले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्रीका सोकिय सचिवका रुपमा सुर्खेतका कार्यरत छन् । क्याम्पस प्रमूख वसन्त रोकाया क्याम्पसमै भएपनि खासै उत्पादन मुलक काम नभएको बताएका क्याम्पस प्रमूख रोकाया बौद्धीक खानीका रुपमा परिचित क्याम्पस अब सबैको विकर्षको केन्द्का रुपमा परिस्कृत हुँदै गएको स्विकार्छन ।