हुम्ला । कोरोना भाइरसको संक्रमणको दर सुन्य भएको बेला हिमाली जिल्ला हुम्ला थप २ जनामा संक्रमण पुष्टी भएको छ ।
सरकारले घोषण गरेको स्थानीय तहको निवार्चन आउँन थोरै दिन मात्र बाँकी रहँदा हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा २ जनामा संक्रमण पुष्टि भएको छ ।
गएको डेढ महिनादेखि कोरोना संक्रमण शून्य रहेको हुम्लामा पछिल्लो पटक गरेको कोरोना परिक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकरी दिइन् ।
मंगलबार बेलुका जिल्ला अस्पताल हुम्लामा एन्टिजिन परीक्षण गर्दा दुईजनामा कोरोना संक्रमण देखिएको सिनिएर अनमी बोहराले बताइन् । उनका अनुसार संक्रमणको लक्षण देखिएपछि उनिहरुलाई परीक्षण गर्दा जनामा कोरोना संक्रमण पुष्टि हो । संक्रमण पुष्टि भएका दुईमध्ये एकजनामा स्वास्थ्य जटिल देखिएको र उनको एचडीयुमा उपचार भइरहेको छ संक्रमित दुई जना अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
संक्रमित सिमकोट गाउँपालिका–४ को हिल्दुम गाउँ र सर्केगाड गाउँपालिका वडा नम्बर तीन उनापानी गाउँका पुरुष अर्का एक जना जिल्ला अस्पतालको आइशोलेसनमा र एक जना संक्रमित होम आइसोलेशनमा राखिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । गएको माघ ९ गते तेस्रो लहरअन्तर्गत हुम्लामा सिमकोट गाउँपालिकाका स्वास्थ्यकर्मीसहित नौ जनामा पहिलोपटक कोरोना देखिएको थियो । त्यो समयमा १६ जनामा कोरोना संक्रमण भएको थियो ।
माघ २४ गतेबाट हुम्लामा कोरोना मुक्त भएको थियो । गत असोजपछि माघ ९ गतेसम्म जिल्लामा कोरोना संक्रमण शून्य रहेका भएपनि पुन संक्रमण पुष्टि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । कोरोना पुनः देखिएकोले सबैलाई सचेत रहन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ । रुघाखोकीका बिरामी बढी रहेकाले कोरोना सक्रमण बढ्न सक्ने चेतावनी कार्यालयले दिएको छ । कार्यालयका अनुसार कोरोना देखिएकाले परिक्षणको दायरा बढाउनुपर्ने माग जिल्लाका सबै स्थानीय तहबाट आएको बताइएको छ ।
निवार्चन नजिकिए सँगै हुम्ला जिल्लाका राजनितिक दलले भने यती बेला ठुल ठुला कार्यक्रमहरु गरी रहेका छन् केहि समय अघि मात्र नेकपा माओबादी केन्द्र र जनता समाजबादी बिचको एकता भन्दै प्रदेश स्तरका नेताहरु र मन्त्रीहरुनै लगेर ठुलो आमसभा गरेको छ भने यता नेकपा एमालेले भने जिल्लाको दक्षिणी क्षेत्र ताँजाकोट गाउँपालिकाबाट सुरु गरेर जिल्लाको मध्ये भेग सर्केगाडमा चुनाबी सभाझै आम सभागर्दै हिडेको छ ।
चुनाब नजिकिनु र जिल्लामा कोरोना संक्रमण जोखीम बढ्नु एकै पटक भएकाले नागरीकहरु त्रसित भएका छन् ।