फागुन २६, सुर्खेत । संघियतापछि सिहंदरबार गाउँमा आएपछि सबै कुरामा सहज भएको मानिएपछि हुम्लाका यात्रुलाई हवाई टिकट नपाएर थप समस्या भएको छ ।
सँधै नेपालगञ्जबाट सिमकोट र बाजुराको कोल्टी हवाई मार्ग हुदैं जाने हुम्लाका स्थानीय वासिन्दा प्रशासनिक कामले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जानु पर्ने बाध्यताले सुर्खेतको आवात जावत बढेपछि हुम्लाका यात्रुले टिकट नपाएर सुर्खेतमै अलपत्र पर्नु परेको छ ।
यसअघि यात्रुको उडान र सामान ढुवानीका सबै उडान नेपालगञ्जदेखि भर्दै आएका सरकारी तथा निजि बिमान कम्पनीले प्रदेश राजधानी सुर्खेतबाट नियमित उडान भर्न नसकेपछि विभिन्न कामका सिलसिलामा प्रदेश राजधानी सुर्खेत झरेका यात्रु अलपत्र परेको अदानचली गाउँपालिका ३ का सुर्वण रोकायाले बताए ।
प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयको कामका लागि एक महिना अघि सुर्खेत झरेको बताएका सुवर्णले भने, “प्रशासनिक सबै काम सुर्खेतमा केन्द्रित भए तर जिल्ला जाने हवाई सेवा सुर्खेतमा नभएपछि हामीलाई निकै समस्या भएको हो ।”
“औषधी उपचार गरी घर जान तयार भएको हप्ता दिन भयो तर पिलिङ (हवाई जहाज) को टिकट पाइन् ।” खार्पुनाथ ५ ताक्लाका रामसिंह सार्कीले भने, “हामी त अग्गेर (संघियता हुनु अघि) नेपालगञ्ज र काठमाडौंकै अस्पताल जाने गर्दथ्यौ तर सुर्खे प्रदेश राजधानी गरेर अस्पचाल देखि सबै कामको व्यवस्था त ग¥या (गरे) तर हामीलाई घर जाने आउने सहज भएन् ।”
रामसिंह र सुर्वण जस्तै घर जाने तयारीमा रहेका सयौ यात्रुहरु अहिले हरेक दिन सुर्खेत विमान स्थलमा बिहान झोला बोकेर जाने खाली हात फर्किने दैनिकी नै बनेको छ ।
सडक यातायातले नजोडएको दुर्गम हिमाली जिल्ला हुम्लाबाट बिरामी उपचार गर्न, प्रदेशका विभिन्न निकायमा प्रशासनिक काम गर्न, परिक्षा दिन, व्यक्तीगत काम गर्न र चिसो छल्नको लागि प्रदेश राजधानी सुर्खेत झरेका हुम्लीहरुलाई घर फर्कन धौधौ परेको छ ।
उपचारकै लागि सुर्खेत आउनुभएकी आफ्नी आमालाई घर पठाउन नसकेका सर्केगाड गाउँपालिका २ रिपका पासाङ्ग महताराले दुखेसो पोख्दै भने, ‘हामी त कालिकोट जिल्लाको जिते हुँदै पाँच दिनको पैदल हिँडेर हुम्ला पुगौँला तर वृद्ध र बिरामीहरुलाई कसरी घर लैजाने ?’
यातायातको एकमात्र साधन हवाइ सेवा सुर्खेतबाट सिमकोटसम्म नियमित नहुँदा हुम्लीवासीहरु निकै समस्यामा परेका छन् । दैनिक हुम्ला जाने यात्रुहरुको संख्या वृद्धि भए पनि हवाइ उडान नियमित र सहज नहुँदा सुर्खेतमा हुम्ला जान पर्खीरहेका हुम्लीहरु पीडामा छन् । हवाइ सेवाको पर्खाइमा होटलको महंङ्गो भाडा तिरेर बस्नुपर्ने बाध्यताले सबैलाई पिरोलेको छ ।
हुम्लामा फागुन १ गते देखि शुरु हुने नयाँ शैक्षिक सत्र शुरु भएसँगै सुर्खेत, नेपालगञ्ज र काठमाडौं झरेका शिक्षक तथा कर्मचारीहरु पनि आ–आफ्नो कार्यक्षेत्रमा फर्किने मौशम भएकाले दैनिक यात्रु संख्या बढ्दै गएको छ । निजी तथा सरकारी हवाई सेवाका कम्पनीहरुले सिमकोट–सुर्खेत उडान नियमित नगर्दा समस्या भएको हो ।
सुर्खेतदेखि सिमकोट र बाजुराको कोल्टी जाने यात्रुहरुको हवाई टिकटका लागि सहज गराउन हुम्लीहरुकै जनएकता समाज समेत गठन भएको भएपनि निजी कम्पनीहरुसँग हप्ताको एक फ्लाइटको टिकट वितरणको लागि नाम सूची तयार पार्ने र सोही अनुशार निजि विमान कम्पनीले उडान नभर्दा यस्तो समस्या भएको समाजका अध्यक्ष कलबहादुर लामाले बताए ।
नेपालगञ्जबाट दैनिक तारा, सिता र समिट एयरलाइन्सका जहाजहरुले सिमकोट विमानस्थलका लागि उडान गर्दै आएपनि कर्णाली प्रदेश राजधानी सेर्खेतबाट उठान नियमित छैनन् ।
हुम्ला जिल्लाका सात वटा स्थानीय तह मध्ये नाम्खा, सिमकोट, सर्केगाड र चंखेल्नीका स्थानीयलाई आवतजावतको लागि एक मात्र साधन हवाई सेवाको विकल्प छैन् भने कर्णाली कोरीडोरको बाटो पुरा नभएकाले समेत ताँजकोट, अदानचुली र चंखेली गाउँपालिकाका वासिन्दालाई समेत समस्या भएको हो ।
सुर्खेतबाट नियमित उडान भर्ने निर्णय भयो कार्यान्वयन भएन
कर्णाली सरकारले सर्वसम्मत रुपमा प्रदेश राजधानी सुर्खेतमा कायम गरेकै वर्ष सुर्खेत देखि नियमित उडान गर्ने बारे प्रदेश मुख्य मन्त्री र निजि एयरलायन्स सिता एयरलायन्स बिच सहमती भयो तर कार्यान्वयन नहुँँदा थप समस्या भएको हो ।
गत असार १५ गते देखी सीता एयरले कर्णाली प्रदेशको केन्द्र सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोटमा नियमित उडान भर्ने सहमती मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै गरेर औपचारक उडानको शुरु गरेपनि उक्त उडान नियमित नभएपछि प्रदेश राजधानी आएका यात्रुलाई फर्किन समस्या भएको हुम्ली जनएकता समाजका अध्यक्ष लामाले बताए ।