काठमाडौँ : काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं १२ मा यहि चैत १४ गते डस्टविन वितरण गरिने भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं १२ को आयोजना र बाल सचेतना केन्द्र, नेपालको प्राविधिक संयोजनमा एक घर एक डस्टविन वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
वडामा रहेका प्रत्येक घरधुरीलाई एक / एक डस्टविन र ६ ओटा सार्वजनिक स्थलमा २/२ ओटाका दरले राखिने उकत कार्यक्रमको प्राविधिक संयोजन गर्ने संस्था बाल सचेतना केन्द्र, नेपालका अध्यक्ष बाबुराम फुयालले जानकारी दिए । उनले भने, "फोहोर नियन्त्रण गर्न र वडालाई व्यवस्थित तथा सफा सुग्घर बनाउन हाम्रो संस्था सँधै अग्रणी भएर काम गरेको फेअरिस्त छ । त्यसैलाई निरन्तरता दिने क्रममा वडासँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गर्न लागेका हौँ ।"
त्यस्तै बाल सचेतना केन्द्र, नेपालका कोषाध्यक्ष शर्मिला उप्रेतीले, "आफ्नो संस्था विशुद्ध रुपमा सामाजिक कामका लागि स्थापना गरिएको र गत १० वर्षदेखि विभिन्न उदाहरणिय गर्दै आएको तथा अहिले पनि सामाजिक कामलाई निरन्तरता दिने क्रममा वडासँग सहकार्य गरेर विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको र सोमबार फेरी एक घर एक डस्टविन वितरण कार्यक्रम गर्ने उनले बताईन् ।"
बुढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराईले, "यस्ता कार्यक्रमहरु कामहरु वार्षिक कार्ययोजनामा समावेश गरिने र जुन संघ संस्था विशुद्ध समाजका लागि काम गर्छन् तिनीहरुसँग सहकार्य गरी वितरणको जिम्मा दिने गरिएको उनले बताए । उनले भने, निर्वाचित भएको ५ वर्षमा धेरै नै उदाहरणिय काम गरेको र वडालाई नमसना, विकसित र व्यवस्थित बनाउन आफु दृढतापूर्वक लागेको दाबि गरे । "
ऊक्त "एक घर एक डस्टविन" कार्यक्रम बुढानीलकण्ठ नगरपालिका वडा नं १२ को पुष्पलाल मेमोरियल स्कुलमा दिउसो २ बजेदेखि सुरु गरिने आयोजकले जनाएको छ । यसका लागि यहि ८ गतेसम्म घरधुरी समावेश गर्ने समयसिमा वडाले दिएको थियो । त्यसैका आधारमा डस्टविन वितरण गरिने छ । सार्वजनिक स्थलमा भने तोकिएको आधारमा राखिने छ ।