अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा हुम्लाका सातवटा गाउँपालिकाका ५९ वटा उजुरी दर्ता भएका छन् । मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आयोजना गरेको भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालनका क्रममा हुम्लाका सात वटै स्थानीय तहबाट परेको उजुरीको संख्या यस्तो देखिएको हो ।
सदाचार, निष्पक्षता, निर्भीकता भन्ने मुख्य उदेश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको आयोजनामा सो अन्तरकक्रिया कार्यक्रम सन्चालन भएको हो । अख्तियार दुरुपयोया अनुसन्धान आयोग सर्खेतका माननिय आयुक्त जय बहादुर चन्दको अधयक्ष्ता तथा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा आयोगको कार्यलय सुर्खेतमा परेका विभिन्न अख्तियारका मुद्धाहरुको विषयमा छलफल भएको थियो ।
हुम्ला जिल्लाको प्रारम्भिक उजुरीको विवरण अनुसार सर्केगाडमा २२ वटा उजुरी मध्ये १४ फछर्योट ८ बाँकी, अदानचुलीमा १४ मध्य ६ फछर्योट ८ बाँकी, चंखेलीमा ७ मध्य ४ फछर्योट ३ बाँकी, ताँजाकोटको ७ उजुरी मध्य ५ फछर्योट २ बाँकी, सिमकोटको ४ मध्ये १ फछर्येट ३ बाँकी, खार्पुनाथामा ४ मध्य २ फछर्योट २ बाँकी रहेका छन भने नाम्खा गाउँपालिका जम्मा १ वटा उजुरी परेकोमा एक वटै मुद्धा फछर्योट भई सकेको सो कार्यालयका प्रमुख भोला दाहलले बताए ।
उनका अनुसार संघिय मन्त्रालयगत उजुरी हेर्दा जम्मा २ सय ५७ मध्य १ सय ३८ फछर्योट भएका छन भने १ सय १९ मुद्धा प्रकृयागत रुपमा अघि बढेको छ । कर्णाली प्रदेशको हालसम्म उजुरी दर्ता र प्रारम्भिक छानविनबाट फछर्योटलाई प्रतिसतको हिसावले आथिक वर्ष ०७७।०७८ बाट जिम्मेवारी सरेका ६ सय ४५ वटा रहेका छन् भने आर्थिक वर्ष ०७८।०७९ मा ८ सय ८८ वटा गरेर जम्मा १ हजार १ सय ३३ वटा उजुरी दर्ता भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मात्रै भ्रष्टचार न्युनिकरण नगरि सवै सरोकारवाला निकाय तथा स्थानीय तहका व्यक्तिहरुको पनि सहकार्य हुनु पर्ने आयोग कार्यालयका प्रमुख दाहलको भनाई छ । प्रमुख दाहालले हालसम्म उजुरी र प्रारम्भिक छानविनबाट फछयौट, संघिय तथा प्रदेश मन्त्रालय र जिल्लागत उजुरीको अवस्था, विष्तृत अनुसन्धानको विवरण, उजुरीका प्रकृति, अनुसन्धानमा आइपरेका समस्या तथा चुनौतीहरु, समस्याका प्रयासहरुका बारेमा प्रस्तुत गरेका थिए । प्रतिसतका हिसावले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले हालसम्म ५१.३७ प्रतिसत फछर्योट गरेको बताइएको छ ।
त्यसै गरि संघ, प्रदेश र स्थानीय तहको कोडिनेसन नहुँदा भ्रष्टचार बढेको हुन सक्ने खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए । उनले भने झुटा मुद्धा दिनेलाई पनि कार्वाहीको कट घेरामा उभ्याउनु पर्ने हो । तर त्यसको सुनुवाई र कार्वाही समेत कतै नभएको देखिएको छ ।