हुम्लाको सदरमुकाम सिमकोट बजार सरसफाईका लागि सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी जुटेका छन् । चैत १३ गते जिल्ला सुरक्षा समितिको बसेको बैठकले सदरमुकाम सिमकोट सरसफाई गर्ने निर्णय अनुसार बजार सरसफाई गर्ने कार्य तिव्र रुपमा सञ्चालन भएको छ ।
सिमकोट बजार सुनौलो भविष्य बनाउने उदेश्यका साथ चैत १४ गते पहिलो पटक र १८ गते दास्रो पटक बजार सरसफाई गरिएको हो । विहान ८ वजेदेखि सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको नेतृत्वमा जिल्लाका सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुको उपस्थितीमा ढल तथा सडकको फोहर पञ्छाउने कार्य गरिएको थियो ।
सरसफाईका क्रममा प्रमुख जिल्ला अधिकारी सीता परीयारले अवदेखि बजारमा फोहर र ढल दुर्गन्धित गरेको भेटिएमा सो व्यक्तिलाई सिमकोट गाउँपालिकाले रसित काटेर जरीवाना गर्ने बताईन् । उनका अनुसार जताततै फोहोर बढेर दुुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो । प्रजिअ परियारले बजारलाई स्वच्छ र सफा राख्न नियमित रुपमा अभियानमा जुट्ने जानकारी दिइन् ।
सफा सिमकोट बनाउन घरधनी र भाडामा बस्नेलाई सरसफाई अभियानमा स्वतस्फुर्त लाग्ने वातावरण बनाउन आवश्यक रहेको बताइएको छ । .बजार क्षेत्रभरि जताततै फोहोर बढेपछि त्यसबाट सफा राख्न अब साप्ताहिक रुपमा सरसफाई अभियान सञ्चालन गर्ने उनको भनाई छ ।
आज विहान दुईवटा टोलि गरेर सिमकोट वजार सरसफाई गरिएको थियो । सिमकोटको माथिल्लो बजारको कालिचोकदेखि एरपोट चोक र काठेचुलीमा रहेको ढल निकासी हुने स्थानसम्म सरसफाई गरिएको हो । सरसफाई गरेर जम्मा पारिएको फोहोरलाई सिमकोट गाउँपालिकाले ट्याक्टरबाट डम्पिङ साइटमा सप्लाई गरेको छ ।
सरसफाईमा करीव ४० देखि ५० जना कर्मचारीहरु सहभागि भएका थिए । उक्त कार्यमा सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, प्रमुख जिल्ला अधिकारी सीता परियार, प्रहरी नायव उपरीक्षक कृष्न ओझा, ससस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक गिहेन्द्र भण्डारी, पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावत लगायतका कर्मचारीहरुको सकृयातामा बजार सरसफाई गरिएको थियो ।