नेपाल बायु सेवा निगमले टिकट वितरणमा पक्षपात गरेको छ । निगमका कर्मचारीको मानोमानित ढङ्गले टिकट वितरण प्रति नेपालगंजमा रहेका हुम्लाका सेवाग्राहीले घोर आपत्ति जनाएका छन् । सो कार्यालयका कर्मचारीले गरेको व्यवहारले लामो समयदेखि हुम्ली नागरिकले ठूलो समस्या झेल्नु परेको छ ।
विभिन्न कामका लागि जिल्ला बाहिर नेपालगंजको राँझा एरपोटमा सैयौँ सेवाग्राही अलपत्र परेका छन् । गत फागुन अन्तिम सातादेखि हवाई उडान नहँुँदा हुम्लाका करीव ४० देखि ६० जना नागरिक होटेलमा बस्न बाध्य छन् । हुम्ला उडान भर्ने टिकटका लागि दैनिक दिन नेपाल एयरलाइन्सको कार्यालयमा जाँदा सो कार्यालयका कर्मचारीले उल्टै धम्काउने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
हुम्ला आउनका लागि सो एयरलाइन्सको कार्यालयमा रातीको दुई वजेदेखि लाइनमा बस्छौँ तर हेर्दा हेर्दै कर्मचारीहरुले फोनको भरमा पावरवालाहरुलाई टिकट वितराण गर्ने गरेको राँझा एरपोटमा रहेका विशाल परियारले बताए । होटेलमा बस्दा आर्थिक छैन हुम्ला जाने टिकट सम्भव छैन स्थानीय परियारले गुनासो गरे ।
उनका अनुसार निगमका कर्मचारीले टिकट दिनुत कता हो कता ? उल्टै निगकमका कर्मचारीले धाकधम्की दिने गरेका छन् । सोही ठउँमा रहेका अर्का स्थानीय संगिता फडेराले भनिन् गोजिमा आर्थिक छैन । धेरै दिनदेखि विहानबाटै वेलुकासम्म लाइनमा बस्दा पनि निगमका कर्मचारीले सुनुवाई गरेका छैनन् ।
निगमका कर्मचारीले बाहिरबाटै फोनका भरमा टिकट वितरण गर्दा अन्य हुम्लाका गरीव, निमुखा नागरिकहरु टुलु टुलु हिर रहनु पर्ने बाध्यता छ । स्थानीय अनिल शाहको भनाई छ । त्यस्तै आर्थिक अभावकै कारण नेपालगंजमा विरामीकै अवस्थामा रहेका ७९ वर्षिाय टक्क बहादुर शाहीले भने फागुनको अन्तदेखि घर फर्कनका लागि धेरै प्रयास गरे तर टिकटको अझैँ अत्तोपत्तो भएन । यहाँत हाली र मुहाली गर्नैको मात्रै दिन रहेछ ।
टिकटका लागि गएका सिद्ध बहादुर बुढा भन्छन नेपाल एयरलाइन्सको कार्यालयमा जाँदा त्याँहाका कर्मचारीले उल्टै धम्काउने र कुटपिट गर्न खोजेका छन् । चैत १९ गते दिउसो मात्रै टिकट लिन जान खोज्दा उल्टै सेवाग्राहीलाई धम्काउने लगायत कुटपिट गर्न खोजेको देखिएको छ ।
नेपालगंजमा रहेका टिकट दलाल गर्नेहरुले सर्वसाधारणलाई चार्टरको भाडा रकम मागेर निगमका कर्मचारीहरुलाई सौलियतको रकम बुझाएर आफुले पैँसा असुल्ने गरेका छन् । टिकटमा अनियमितता हुँदा पावर र पहुँजका आधारमा केही नागरिक हुम्ला पुग्ने गरेको भए पनि सर्वसाधारण नागरिकहरु नेपालगंजमै रुने कराउने गरेका छन् ।
निगमका कर्मचारीहरु र दलालको चलखेलले चैत १ गतेदेखि लाइनमा बसेका सेवाग्राहीले टिकट पाएका छैनन् भने अन्य दलका नेता र सरकारी कर्मचारीलाई भने लाइनमा नबसेरै टिकट उपलव्ध गरउने गरेको स्थानीयले आरोप लगाएका छन् ।