सिमकोट । दुई दिनसम्म सञ्चालन भएको निःशुल्क आयुर्वेद तथा योग शिविरमा जिल्लाका ३ सय ६० जना स्थानीय सेवाग्राहीले सेवा लिएका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रले दुई दिनसम्म सञ्चालन गरेको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा नाम्खा गाउँपालिका वडा नम्वर १ को हेप्का लगायतका सेवाग्राहीले उक्त सेवा लिएका हुन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको आयोजनामा चैत २१ र २२ गते सञ्चालन भएको निशुल्क अयुर्वेद स्वास्थ्य शिविरमा ३ सय ६० जना सेवाग्राही मध्ये २ सय ११ जना महिला र १ सय ४९ जना पुरुषले सो सेवा लिएको बताइएको छ ।
शिविरमा ५९ जना ज्यष्ठ नागरिक महिला र ४२ जना पुरुष उक्त शिविरबाट लावाम्भित भएका हुन् । त्यस्तै १ वर्षभन्दा माथि १५ वर्ष भन्दा तलका ३७ जना वालिका र २३ जना वालकले पनि सो सेवा पाएका थिए ।
भौगोलिक हिसावले पनि पिछडिएका र दुरदराजमा रहेका गाउँ वस्तीहरुका लागि आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नो सेवा प्रवाह गर्दै आएको छ । सेवा प्रबाहमा गाउँबाट जिल्ला सदरमुकाम सिमकोटसम्म आउन नसक्नेहरुका लागि पनि निक्कै बनेको छ ।
दुई दिनको अवधिमा सञ्चालन भएको शिविरमा ग्यास्ट्रिक, राँगन, रुघाखोकी, दम, ज्वरो, पखाला, उच्च रक्तचाव, कव्जियत, पाईलस, हातखृट्टा दुख्ने तथा झमझमाउने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, महिनावारी गडबढी, सेतो तथा रातो खुन बग्ने लगायतका विरामीहरुको चेकजाँच गरिनुका साथै औषधि समेत उपलव्ध गराइएको थियो ।
त्यस्तै बालबालिका सम्वन्धि रोगहरु, स्तानपायी आमा तथा बच्चाहरुलाई दुध नआउने र जेष्ठनागरिकहरुलाई पनि रसायन औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका निमित्त कार्यालय प्रमुख कृष्णचन्द्र जोशीले बताए ।
सेवा लिन नाम्खाको हेप्का स्वास्थ्यचौकीमा पुगेर सिमकोट गाउँपालिकाका करीव ३२ जना र सर्केगाड गाउँपालिकाका एक जना सेवाग्राहीले पनि उक्त सेवा लिएका हुन् । निमित्त प्रमुख जोसीका अनुसार आयुर्वेद शिविर प्रति उल्लेखनिय आर्कषण बढेको छ ।
गाउँमै पुगेर उक्त शिविर सञ्चालन गरि सेवा प्रवाह गर्दा हेप्काका स्थानीयले निक्कै खुसी वयक्त गरेका थिए । शिविरमा कोभिड १९ संक्रमित भएर निको भएका विरामहीरुलाई पनि रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर्वेद औषधिहरु सहयोग गरिएको थियो । सो कार्यालयले यस अघि पनि जिल्लाका विभिन्न गाउँपालिकाहरुमा पुगेर शिविर सन्चालन गर्दै आएको निमित्त प्रमुख जोसीको भनाई छ ।