सिमकोट । माध्यामिक शिक्षा एसइई परीक्षा आजबाट सुरु भएको छ ।
देशैभर सन्चालन भएको माध्यामिक शिक्षा (एसइई) परीक्षाको पहिलो दिन हुम्लाका छवटै परिक्षा केन्द्रहरुबाट १ सय १ कोर्ड नम्वरको अनिवार्य अग्रेजि विषयको परिक्षा सन्चालन भएको हो ।
शुक्रबार विहान ८ वजेदेखि सन्चालन भएको उक्त एसइई परिक्षाका लागि १ हजार १ सय ४६ जना विद्यार्थीहरुले फोम भरेको भए पनि १ हजार ८३ जना मात्रै परीक्षामा सामेल भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिलक भटराइले जानकारी दिए ।
जिल्लाका छवटा परिक्षा केन्द मध्ये सिमकोटको बालमन्दिर माविमा नियमित तर्फका १ सय छात्रा १ सय २९ छात्र, ग्रडविृद्धि तर्फ दुइजना छात्रा एक जना छात्र, मानसरोवर मावि परिक्षा केन्द्रमा नियमित तर्फ १ सय १ छात्रा ९८ जना छात्र, ग्रेडवद्धि तर्फ दुईजना छात्र दुईजना छात्रा, हिमज्योति मावि सर्केगाड पररीक्षा केन्द्रमा नियमित तर्फ १ सय २३ जना छात्रा १ सय ५० जना छात्र, ग्रेडवृद्धि तर्फ दुई जना छात्राले सहभागिता जनाएका थिए ।
त्यस्तै सुर्योदय मावि श्रीनगर परीक्षा केन्द्रमा नियमित तर्फका ६९ जना छात्रा ५० जना छात्रहरु प्रिक्षामा सामेल भएका हन् । त्यसै गरि मदानादेव मावि ताँजकोट परिक्षा केन्द्रमा नियमित तर्फ ८२ जना छात्रा १ सय जना छात्रा, ग्रेडवृद्धि तर्फ दुईजना छात्र एकजना छात्रा रहेका छन भने कोटमावि रोडिकोट सर्केगाड परीक्षा केन्द्रमा नियमित तर्फ ६८ जना छात्रा ६३ जना छात्र र ग्रेडवृद्धि तर्फ एकजना छात्रले परीक्षा दिएका हुन् ।
त्यस्तै नियमित तर्फका ५ सय ४३ छात्रा ५ सय ९० जना छात्रहरूले परीक्षा फोम भरेका थिए भने ग्रेडवृद्धि (आंसिक) का लागि छजना छात्रा र सात जना छात्र पनि उक्त परिक्षामा सामेल भएका छन् । पहिलो दिन सन्चालन भएको अग्रेजि विषयको परीक्षामा हुम्लाका छवटै परीक्षा केन्द्रहरुमा नियमित तर्फ २६ जना छात्रा ३१ जना छात्र र ग्रेड वृद्धि तर्फ चारजना छात्रा सातजना छात्रहरुले अनुपस्थित जनाएका थिए ।
शुक्रबारदेखि छवटै परिक्षा केन्द्रमा सान्त, धाँधलि रहित ढंगले परिक्षा सन्चालन भएको प्रमुख भटराईको भनाई छ । गत दुई वर्षदेखि कोभिड १९ का कारण परिक्षा दिन नपाएका विद्यार्थीहरुले यो वर्ष भने प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा सहभागिता जनाएर परीक्षा दिन पाएका छन् ।