आफू संलग्न भएको राजनीतिक दलमा लागेका कार्यकर्ताले वर्ष दिनमै परिणाम खोज्ने अवस्थाको सृजना भएकै वेला राजनीतिमा लागेको ३३ वर्ष पछि अदानचुली गाउँपालिका ३ रोकाया गाउँका कर्ण रोकाया (सुधार)को जीवन राजनीतिमा थकाई भन्ने शब्द हुदैन भन्ने जनताको बहुदलीय जनवादका प्रणेता जननेता स्वर्गिय मदनकुमार भण्डारीले भनेको भनाई चरितार्थ बनेको छ ।
२०४६ साल तत्कालीन नेकपा मालेको पार्टी सदस्यता लिई २०४७ मा नेकपा एमाले श्रीनगर गाविस वडा नम्बर ५ को वडा कमिटि अध्यक्ष हुँदै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षका आकांक्षी बनेका रोकाया २५ वर्षको बेग्र प्रतिक्षा पश्चात स्थानीय तहको जनप्रतिनिधिको यात्रालाई औपचारि रुपमा आरम्भ गरेका छन् ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा सत्ता गठबन्धन लदको तर्फबाट अदानचुली गाउँपालिका उपाध्यक्षको उम्मेरदवार बनेका रोकाया निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसमा बिद्रोह गर्दै नेकपा एमालेसँगको गठबन्धनबाट स्वतन्त्र उम्मेरदवार बनेका लोकेन्द्र भण्डारीलाई ठूलो मतान्तरले उछिन्दै उहाँले औपचारिक रुपमा सत्तारोहणको यात्रा प्रारम्भ गर्नु भएको हो ।
कर्णाली अञ्चलमै तत्कालीन नेकपा माले र पछिको नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्सवाद लेलिनवाद (नेकपा एमाले) बाट आप्mनो राजनीतिक जीवन शुरु गरेपनि नवनिर्वाचिन उपाध्यक्ष रोकायालाई सत्तामा उग्लीन भने दश वर्ष लामो शसस्त्र युद्ध गरेको माओवादी केन्द्रको आडमा वर्गिय चरित्र नमिल्ने नेपाली कांग्रेस र एमालेबाट फुटेर नयाँ भनेको एकिकृत समाजवादी पार्टी सारथी बने ।
तत्कालिन श्रीनगर गाविस ५ अर्थात हालको अदानचुली गाउँपालिका वडा नम्बन ३ का बुवा ग्वामे रोकाया र आमा पुल्ती रोकाया छेठा सन्तानका रुपमा २०२८ साल मंसिर २१ गते जन्मीका सुधारलाई राजनीतिक केन्द्र बन्न जति सजिलो बयो गाउँपालिकाको सत्ताको मियो बन्न त्यहाँ भन्दा कयौ गुण बढि श्रम र समय खर्चिनु पर्यो । मुगु जिल्लाको सोरु गाउँपालिका स्थीत जनज्योती माध्यामीक बिद्यालयबाट औपचारीक शिक्षा प्रारम्भ गर्दै सुर्योदय माध्यामिक विद्यालयबाट माध्यमिक स्तरको अध्ययन पुरा गरेका रोकयालाई स्थानीय तहको दोस्रो पद हत्याउन अन्तर पार्टी र बाह्य पार्टी भित्र वालुवा पेलेर तेल निकाल्नु भन्दा कम्ती मेहनत गर्नु परेन ।
संघिय संरचनामा देश गएपश्चात व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार प्राप्त स्थानीय तहको पहिलो निर्वाचनमा मतभारका हिसाबले उनि संलग्न दल माओवादी केन्द्र दोस्रो भएपनि नेपाली कांग्रेस, एकिकृत समाजावादी सँगको सत्ता र चुनावी मोर्चाका कारण जित सुनिश्चित देखिएपछि आधिकारिक टिकट देखि चुनाव प्रचारप्रसार देखि मत परणाम सार्वजनिक नहुञ्जेलसम्म हरेक क्षेत्रमा ठूलो संघर्ष गर्दै रोकाया ढिलै भएपनि गाउँपालिकाको दोस्रो कार्यकारी उपाध्यक्ष पद हत्याउन सफल हुनुभयो ।
माओवादी केन्द्र अदानचुलीका नेताहरु मध्ये सबैभन्दा कुटनीति र चतुर खेलाडीका रुपमा चिनिएका रोकाया २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेबकपा एमालेको तर्फबाट गाविस अध्यक्षको पदमा स्वतन्त्र उम्मेरदारी दर्ता गरेपनि अन्तत पार्टीले आधिकारिक टिकट दिएका रुीनगर ८ कल्खेका दिपबहादुर महतारालाई अध्यक्षमा र आप्mनै वडाका पठाने पार्कीलाई समर्थन गर्दै निर्वाचनको खेलबाट बाहिरिनु भएको थियो ।
करिब १२ वर्ष नेकपा एमालेको सक्रिय राजनितिले खासै उपलब्धी हात नपर्नु र माओवादीको जनयुद्धको राप चर्किदै गएपछि २०५९ साल चैत्र २१ गते पुर्णकालीन सदस्य बन्दै भूीमगत भएका रोकायाले २०७४ सालकै निर्वाचनमा आफूले पालिका अध्यक्षका आकांक्षी हुनुहुन्थ्यो । पार्टीले टिकटको निर्णय गर्नु पुर्व अध्यक्षको टिकटका लागि खरो दावी गरेको रोकाय पार्टी अध्यक्षमा अदानचुली १ का दल फडेरा सञ्जय र उपाध्यक्षमा ४ की अनिता वुमीलाई टिकट दिएपछि दोस्रो पटक सत्तारोहणको दौडबाट बाहिरिनु पर्यो । उद्यपी २०७४ मा आप्mनै पार्टीका उम्मेरदवारलाई मन खोलेर सहयोग नगरेको आरोपबाट भने उहाँ मुक्त हुन सक्न्ु भएन् ।
पार्टीको भूमिगत जीवनमा २०५९ मा एरिया कमिटिका सदस्य,२०६१ सालमा जिल्ला कमिटि सदस्य,२०६४ सालमा भेरी कर्णाली राज्य कमिटि सदस्य,२०७२ सालमा केन्द्रीय भेला आयोजक समिति सदस्य भई पाटीको विभिन्न अनुभव बटुल्न सफल रोकायालाई सत्ताको अनुभव बटुल्न भने जीवनको पाँचौं दशक कुर्न पर्र्यो ।
स्थानीय राजनीतिमा पार्टी भित्र र बापहर निर्णयक र गेम खेल्न सक्ने डिजाइनरका रुपमा चिनिने रोकाया २०७६ सालमा नेकपा एमाले र माओवादी केन्द्र बिच पाटी एकता पश्चात जिल्ला कमिटि सचिवालय सदस्य सँगै अदानचुली गाउँ कमिटिको सहइृन्चार्जको जिम्मेवारी बाट माथि उग्लीन सक्नु भएन् । पार्टीले दिएको सांगठनिक जिम्मेवारीकै कारण आफूले स्थानीय तहबाट सत्ता राजनीतिको शुरुवात गर्ने बताउँदै आउनु भएका रोकायाले भखैरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ मा आकांक्षा गरेको को २५ वर्ष अर्थात तीन वटा निर्वाचन पश्चात आप्mनो मनोकांक्षालाई एक तहत ल घटाएर पुरा गर्न बाध्य हुनुभयो ।
विद्यायको औपचारिक शिक्षाका हिसाबले प्रमाणपत्र हातमा नभएपनि गाउँका सानातिना झमेलाको मेल मिलाप गराउन आप्mाने पार्टी र बाह्य रुपमा समेत सक्रिय रोकाया प्रष्ट वत्ताको छवि बनाउँदै गाउँमै रहने नेताका रुपमा आफूलाई स्थापीत गरेका छन् । झट्ट हेर्दा सादा जीवन र उच्च बीचारका प्रयोगकर्ता देखिने नवनिर्वाचित रोकाया आफूलाई समाज परिवर्तन र विकास निर्माणका लागि सकरात्मक योगदान गर्ने पात्रका रुपमा चिनाउन चाहन्छन् । लामो समयदेखि नेकपा एमालेको विरासतलाई निमिट्यान्न पार्दै आफू र आप्mनो पार्टीलाई सत्ता राजनीतिमा बीजयी बनाएर सांगठानिक राजनीतिमा सफल व्यक्तिका रुपमा चिनिएका रोकायाले गाउँपालिको उपाध्यक्ष पदमा सत्तारोहण गर्दै गाउँपालिकाको विकास निर्माण देखि आम गाउँपालिका वासिलाई प्रदान गर्ने सेवान प्रवाहका सन्दर्भमा आफूलाई कसरी प्रस्तुत गर्नु हुने हो त्यो भने उहाँले देखाउने भोलिको कार्यशैलीले नैं प्रमाणीत गर्नेछ ।