सिमकाेट । हुम्ला जिल्लामा उडान हुँदै आएका हवाई जहाजहरुले अवदेखी फस्ट कम, फस्ट सर्भिस रोल क्रमका आधारमा हवाई टिकट वितरण गरिने भएको छ । जेठ १७ गते (मंगलबार) जिल्ला प्रशासन कार्यालय हुम्लाको बैठकले अवदेखि फस्ट कम फस्ट सर्भिस रोल क्रमका आधारमा हवाई टिकट वितरण गर्ने भएको हो ।
हुम्ली यात्रुहरूलाई जिल्ला बाहिर जानलाई निकै सकस भएपछि विमान स्थलको प्रहरीले नाम लिष्ट गर्ने र पहिलो फलाइटका लागि एक नम्वरदेखि सात नम्वरसम्म अर्थात सात जना यात्रुलाई लिष्टको आधारमा टिकट वितरण गरिने भएको छ । त्यस्तै दोस्रो, तेस्रो फलाइटमा विरामीलाई पहिलो प्रथामिक्ता र अन्य सबै टिकट एयरलाइन्सकै कर्मचारीले वितरण गर्न पाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेल्ल बताए ।
हुम्लामा हवाई उडान भर्ने हरेक एयरलाइन्स कम्पनीहरूले प्रत्येक दिनको पहिलो उडानमा मात्रै कुल सिट संख्या, मध्ये दई सिट विरमी, दई सिट जिल्ला प्रशासन कार्यालय, दई सिट एयरलाइन्स कम्पनी, दई सिट जिल्ला स्थित सुरक्षा बल र एक सिट विमान स्थल कार्यालयलाई उपलव्ध गराई बाँकी सिट रजिष्टरमा नाम टिपाएका यात्रुलाई वितरण गरिने भएको छ ।
त्यस्तै रजिस्टरमा नाम टिपाएको सम्वन्धित व्यक्तिले मात्रै टिकट पाउने भएको पौडेलले जानकारी दिए । उनले भने हुम्लामा हवाई उडान नियमित नभएकाले निर्माण सामग्रि तथा दैनिक उपभोग्य सामनको अभाव भएको छ ।
जस्का लागि सम्वन्धित विमान कम्पनीहरूको हप्तामा एक दिन रहेको सहुलियत उडान संख्यामा विमान कम्पनीहरुले हप्तामा तीन दिन कायम हुने गरि सहुलियत उडान संख्या थप गर्नका लागि सवै पक्षेले आवश्यक पहल गर्ने निर्णय गरिएको बताइएको छ ।
सुरक्षा निकायले उक्त निर्र्र्णय गरे पनि बुधबार एरपोट चोकमा हवाई टिकटका लागि गएका यात्रुले सो निर्णय प्रति आपत्ति जनाएका थिए । उक्त निर्णय कहिले सम्म लागु हुने हो हेर्न बाँकी रहेको यात्रुले भनेका थिए ।