हुम्ला : नागरिक अवार्ड २०७९ विजेता छिटुप लामाले ‘डोमा तामाङ् शिक्षा सहायता अक्षय कोष’ र बिपन्न, जेहेनदार विध्यार्थी छात्रवृत्ति घोषणा गरेका छन् । नाम्खा गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएका स्वर्गिय दिवंगत माता डोमा तामाङको आज परेको पहिलो वार्षिक पुन्य तिथिको अवसर पारि स्वर्गिय माता प्रतिको सम्मान स्वरुप, उहाँको सम्झनामा र खाँचोमा परेकाहरूलाई सहयोग गर्ने उहाँको सामाजिक सोँच, अरु प्रतिको माया, र करुणाको भावनालाई कदर गर्दै सो घोष्णा गरेका हुन् ।
डोमा तामाङ शिक्षा सहायता अक्षय कोष स्थापनाका लागि नगद रु ५,००,००० पाँच लाख रुपैँया रकमको भोष्णा गरेका छन् । आफ्नो जन्मभुमि नाम्खा गाउँपालिका, वडा नम्बर १ हुम्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले ६ दाजुभाइ तथा दिदिबहिनी (छोराहरू: ईश्वरबहादुर लामा, छिटुप दोर्जी लामा, छोरीहरूस् खान्डु तामाङ, पाम तामाङ, छोमु लामा र शान्ति तामाङ लामा) को योगदानमा रु, ५,००,००० (पाँच लाख) बराबरको ‘डोमा तामाङ् शैक्षिक सहायता अक्षय कोष’ स्थापना गरेको छिटुप लामा बताउँछन् ।
यसका लागि गत शैक्षिक वर्षको अन्तिम परीक्षामा वार्षिक शैक्षिक कार्यसम्पादनको मूल्याङ्कन गरी योग्यताका आधारमा प्रत्येक वर्ष २ जुनमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिनेछ। नाम्खा गाउँपालिका वार्ड नं १ बाट कुनै पनि सरकारी मान्यता प्राप्त शैक्षिक संस्थामा कक्षा १२ देखि स्नातक चौथो वर्षसम्म अध्ययनरत विद्यार्थीहरू यो पुरस्कारका लागि योग्य हुने लामाले बताएका छन् ।
त्यस्तै डोमा तामाङ विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रत्येक वर्ष जुन २ मा नाम्खा गाउँपालिका, वडा नम्बर १ का न्यून आर्थिक पृष्ठभूमिका परिवारका एक जेहेन्दार, मेहनती विद्यार्थीका लागि घोषणा गरिनेछ। कक्षा ११ देखि स्नातक तेस्रो वर्षमा उच्च शिक्षा हासिल गरिरहेका गरीब आर्थिक पृष्ठभूमिका विद्यार्थीहरू यस छात्रवृत्तिको लागि योग्य हुने पनि लामाले बताएका छन् ।
यस वर्षमा अक्षय कोष सञ्चालन भई कोषका योगदान कर्ताहरुको सल्लाह अनुसार एक जना विध्यार्थी ‘डोमा तामाङ् लाई बिपन्न तथा जेहेन्दार विध्यार्थी छात्रवृत्ति’ प्रदान गर्ने निर्णय भए बमोजिम, शुरुको यस वर्षको लागि नाम्खा गाउँपालिका वडा नं. १ ताङ्गिन स्थायी घर भएकि हाल नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विध्यालय बिरेन्द्रनगर सुर्खेतमा कृषि बाली विज्ञान पहिलो वर्षमा र श्रीकृष्ण संस्कृत तथा जनरल माध्यमिक स्कुल बिरेन्द्रनगर सुर्खेतमा शिक्षा विषय दोस्रो वर्ष अध्ययनरत रहेकि श्री दावा जाङ्मु लामालाई उक्त छात्रवृत्ति प्रदान गर्ने निर्णय समेत गरिएको छ ।
निज छात्रा दावा जाङ्मु तामाङ्ले वार्षिक रु. ३०,००० (तिस हजार) छात्रवृत्ति स्वरुप प्राप्त गर्ने छिन्।