हुम्ला । सिमकोट गाउँपालिका वडा नम्वर ७ धारापोरीको पातिहाल्नामा राखिएको 4G टावर सुचारू भएको छ । जेठ ३ गते साँझदेखि 4G टावर सुचारु भएपछि सो ठाउँका स्थानीय सेवाग्राही खुसी भएका छन् ।
एकसाताको नियमित प्रयासपछि पातिहाल्नमा राखिएको 4G टावर सञ्चानलमा आउँदा सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाका स्थानीय सेवाग्राही सञ्चारको पहुँजमा जोडिएका छन् । टावरको पहुँजमा जोडिएपछि सो ठाउँका नागरिकहरू उत्साह जनक बनेका छन् ।
करीव ९।१० महिना अघि धारापोरीको ठाडा ढुंगामा रखिएको टावरमा आगलागि भएर नष्ट भएपछि त्यो क्षेत्रका मानिसहरु सुचना तथा सञ्चारबाट विच्छेद हुँदै आएका थिए । लामो समय सञ्चारबाट विच्छेद भएका सेवाग्राहीहरु यतिखेर मोवाइलमा सिधै 4G कनेक्ट भएको देख्दा खुसीले गद्गगद्द भएको धारापारीबाट स्थानीय कृष्ण बहादुर शाहीले जनाकारी दिए ।
स्थानीय शाहीका अनुसार हालै सञ्चालनमा आएको 4G टावर केही मोवाइलमा चल्ने गरेको भए पनि केहीमा नचल्ने समस्या आएको बताए । सोको विषयमा प्रविधिक टोलिसंग बुझ्दा मोवाइल अनुसार नेट्रोक चल्ने गर्छ भन्ने प्रतिक्रिया आएको छ । तर टेलिकम केन्द्रिय कार्यालयबाट प्राविधिक आउने र प्याटनलक गरेपछि सबै मोवाइलमा 4G सञ्चालन हुने भएको नेपाल टेलिकम हुम्लाका प्रमुख रिन्जिन आङमु लामाको भनाई छ ।
विगत लामो समयदेखि सिमकोट गाउँपालिका भित्रका डाँडाफया, धारापोरी, स्यांडा, खोल्सी र नाम्खा गाउँपालिकाका हेप्का, गाडापारी, खगांलगाउँ, धिगा लगायतका स्थानीय सेवाग्राही सञ्चारको पहुँजबाट बञ्चित भए पनि उक्त टावर सन्चालनमा आएपछि हाल सो ठाउँका सेवाग्राही जिल्ला बाहिर रहेका आफ्ना आफन्तहरुसंग खवर आदान प्रदान गर्न पाएका छन् ।