हिमाली जिल्ला हुम्लामा व्यमौसमि तरकारीबाट मनग्य आम्दानी हुने गरेको छ । अत्याधिक चिसो हुने स्थान सिमकोट गाउँपालिका वडा नम्वर ६ को लाक्नामा व्यमौसमि तरकारी खेती गर्दा आम्दानीको स्रोत बनेको छ ।
गत तीन वर्षदेखि नियमित रुपमा कृषि पेशामा काम गर्दै आएकी स्थानीय कृषक स्यानीमा रोकायाले व्यमौसमी तरकारीबाट मनग्य आम्दानी गरेकी छन् । कृषक रोकायाका अनुसार सिएफडी नेपाल हुम्ला नामक संस्थाले व्यमौसमी तरकारीका विउ सहयोग गरेको हुँदा आफुलाई कृषि क्षेत्रमा सहज भएको बताइन् ।
यतिखेर तीन रोपनी जग्गामा तरकारी खेति गर्दा दैनिक आम्दानीको स्रोत बनेको छ । तीन रोपनीमा व्यमौसमी तरकारी मध्ये काउली, बन्दा, प्याज, टमाटर, कांख्रा, खुर्सानी, भेण्टा, लसुन, रायो लगायतका तरकारी उत्पादन गरिएको छ । उक्त करेसा बारीमा घाँस समेत रोपेको कृषक रोकायाले जानकारी दिइन् ।
उत्पादन गरेको मध्ये काउली विक्रि भईरहेको छ । एक हप्तामा ८० केजि काउली विक्रि गर्दा १३ हजार रुपैयाँ आम्दानी भएको हो । काउली एक किलोको २ सय २० देखि ५० रुपैयाँमा विक्रि गर्ने गरिएको छ । व्यमौसमी तरकारीको लागि यो वर्ष चार चरणमा उत्पादन गरिएको र यो पटक व्यमौसमीको अन्तिम पटक उत्पादन गरेको र यसपछि मौसमी तरकारी सुरुवाती गरिने भएको छ ।
षक रोकायाले सिएफडि नेपालबाट उपलव्ध गरिएको तरकारीका विउहरु अत्यान्तै राम्रो भएको र उत्पादनमा पनि उत्तमा हुने बताइन् । सदरमुकाम सिमकोटबाट करीव आधा घण्टाको उच्च स्थानमा रहेको कृषि फोममा विभिन्न किसिमका तरकारी उत्पादन गरिएको छ । सो ठाउँमा हिउँ परेपनि तरकारी उत्पादन भने घटेको छैन । मानिसले चाहापछि के नै हुदो रहेन छ भन्ने उदाहरण सो कृषि फोममले देखाएको छ ।
सिएफडि नेपाल हुम्लाले विगत लामो समदेखि सिमकोट गाउँपालिका भित्रका अधिकांस वडाहरुमा कृषि र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको र त्यसले कृषकहरुको मुहार समेत फेरेको सो संस्थाका प्रमुख सौरभ लामाले बताए ।
प्रमुख लामाले भने आफ्नो संस्थाले स्थानीय कृषकहरुको आय आर्जनका लागि विभिन्न परिकारका विउहरु निशुल्क रुपमा वितरण गर्दै आएको छ । जस्का कारण उक्त तरकारीका विउ प्रति कृषकहरु सन्तुस्टि बनेका छन् ।
आफ्नै करेशा बारिमा तरकारी उत्पादन गर्न थालेदेखि अधिकांस कृषकहरु जिल्ला बाहिरबाट आयत भएको तरकारी किनेर खान समेत छोडि सकेका छन् । जिल्ला बाहिरबाट आएको तरकारीको मुल्य समेत महंगो भएकाले स्थानीयलाई आर्थिक भार पर्न थालेपछि आफैले तरकारी उत्पादन गर्न सुरु गरिएको प्रमुख लामाको भनाई छ ।