हुम्ला । जिल्ला कृषि विकास कार्यालय हुम्लाको चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम अन्तरगतको कृषि फर्ममा ३ हजार ७ सय स्याउ र ओखरका विरुवा उत्पादन गरिएको छ । नाम्खा गाउँपालिका वडा नम्वर १ हेप्कामा रहेको चक्लाबन्दी कार्यक्रम मार्फत सन्चालन भएको कृषि फर्म मार्फत उत्पादन गरिएका बोट विरुवालाई अनुगमन गरिएको छ ।
कृषि विकास कार्यालय हुम्लाको आर्थिक वर्ष २०७७।०७८ को चक्लाबन्दी कार्यक्रम मार्फत २५ लाख अनुदान र २९ लाख श्रमदान गरेर ५४ लाख रकमको घेरबार तथा बोट विरुवा रोप्ने कार्य छुट्याएको कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखत बहादुर खड्काले बताए ।
गत ०७७ मा प्रमोद कृषि तथा पशु पालन फर्मका प्रोप्राइटर पासङ लामाले आफ्नै निजि फर्म खोलेपछि कृषि विकास कार्यालय हुम्लाले चक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रम मार्फत २५ लाख रकम छुट्याएको थियो ।
उक्त कार्यक्रम मार्फत पहिलो वर्ष सो फर्मम घेरबार गरिएको थियो भने यो वर्ष बोट विरुवाहरू रोप्ने कार्य गरिएको हो । जस्मा स्याउ ३ हजार र ओखर ७ सय विभिन्न जातका बोट रोपेका छन् । लामाले भने उक्त कृषि फर्मका लागि हाल २ सय रोपनी जग्गा प्रयोग गरिएको छ ।
लामाले थपे जग्गा खरिददेखि हालसम्म लगानि जोड्दा करीव ३ करोड रुपैयाँ लागेको छ । काम सुरु गर्दा लामाले एक महिना डोजर प्रयोग गर्नु परेको थियो । फर्मका लागि १ लाख ८० लिटरको पोखरी समेत निर्माण गरिएको छ । पानीको समेत निक्कै व्यवस्था गरिएको र सो क्षेत्रमा कृषि फर्म गर्नका लागि जग्गा जमिन पनि प्रयाप्त मात्रामा रहेको छ ।
आर्थिक वर्ष २०७७।०७८ र ०७८।०७९ मा छुट्याएको रकमबाट सञ्चालन गरेको फर्मको घेरबार तथा बोट विरुवा रोपनी कार्यको अनुगमनका लागि शुक्रबार प्रमुख जिल्ला अधिकारी सीता परियारको टोलि समेत सो स्थानमा पुगेको छ ।
अनुगमनमा गएका प्रजिअ परियारले सो कृषि फर्म निर्माणका लागि अत्यान्तै प्रयास गरेको र अवको ४।५ वर्ष भित्र स्याउ तथा ओखर विक्रि गर्न सकिने सम्भावन रहेको बताइएको छ । बास्तवमा आफुले कुनै पनि संघसंस्थाहरुले सहयोग गर्लान भन्ने आशाले मात्रै नभएर नितान्त आफ्नो लगानीमा पनि उक्त कृषि फर्म खोलेर दैनिक रुपमा काम गर्दै आएको सो फर्मका प्रोप्राइटर लामाले जानकारी दिए ।