चैत २, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अमेरिका जाँदैछन्। पत्नी सीताको उपचारका लागि अमेरिका जान लागेक हुन ।
पत्नी सीता दाहाल, छोरी गंगा र ज्वाईं जीवन आचार्य सहित प्रचण्ड अमेरिका जान लागेका हुन्। दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएपछि उपचारका लागि प्रचण्ड अमेरिका जान लागेको बताइएको छ । लामो समय देखि बिरामले थलिएकी प्रचण्ड पत्नी सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्।
छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।
पारिवारिक भ्रमणका रुपमा प्रचण्ड आइतबार अमेरिका जाने निश्चित भए पनि स्वदेश फर्किने मिति भने तय भएको छैन।
नेकपाको एकता टुंगीने संकेत
पत्नी बिरामी भएपछि आइतबार अमेरिका जान लागेका प्रचण्डको नेपाल फर्किने एकिन नभएपछि नेकपाको पार्टी एकिकरण टुंंगोमा पुग्ने संकेत देखिएको छ । गएको जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबचि केन्द्रमा पार्टी एकता भएदेखि जिल्ला र स्थानीय तह सहित जनवर्गिय संगठनको एकता नभएको वेला प्रचण्डाको अमेरिका भ्रमण अभि नै एकिकरणको कामले पुर्णता पाउने संकेत देखिएको नेकपा सचिवालयका एक नेताले नेपालबोटलाई बताए ।
जति प्रचण्डा अमेरिका जान दिन छोटिदै गयो त्यती नै अध्यक्षद्धयले पार्टी एकिकरणको कामलाई तिब्रता दिएको बताएका ति नेताले भने, 'कम्तीमा जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएरपनि पार्टी एकताको शन्देश दिन अध्यक्षद्धयले तिकै गृहकार्य गरेका छन् ।'
सुक्रबार सबै प्रदेशका इन्चार्ज र अध्यक्षलाई काठमाठौं केनिद्य्रत गराएका अध्यक्षद्धयले जिल्ला तहसम्मको पार्टी एकिकरणको खाका तयार पारेको बताइएको छ । पार्टीका जिल्ला कमिटि र जनवर्गिय संगठनको एकिकरण गर्न ढिला भएको सर्वत्र बिरोध आउन थालेको बेला प्रचण्डको अमेरिका भ्रमण लम्बीन गए पार्टी कार्यकर्ता थप चिडिने डरले पनि केही दिनमै पार्टी एकिकरणको विषयले अन्तिम रुप पाउने संभावना बढ्दै गएको छ ।