सिमकोट । हुम्लाको मुटु मानिएको सदरमुकाम सिमकोट बजार क्षेत्र शुक्रबार विहान सरसफाई गरिएको छ ।
जिल्ला सदरमुकाम समेत रहेको सिमकोट बजारलाई सफा राख्न गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को नेतृत्वमा शुक्रबार (आज) विहान गाउँपालिका कार्यालय अगाडीदेखि बजार क्षेत्रका ढलहरुको सरसफाई गरिएको हो ।
बजार क्षेत्रलाई सफा राख्ने हरेक मंगलबार र शुक्रबार गरी साताको दुई पटक गाउँपालिकाको ट्रयाक्टरबाट फोहोर उठाउने निर्णय अनुसार पालिका अध्यक्ष, उपाध्यक्षको नेतृत्वमा बजार क्षेत्रको सरसफाई गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी प्रतिरोधले जानकारी दिए ।
‘हामीले जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकको निर्णय अनुसार सिमकोट बजारको सरसफाई गर्ने कार्यलाई तिव्रता दिन यस्तो गरेको हौं’ उनले थपे, ‘जिल्ला सदरमुकाम रहेको सिमकोट बजार क्षेत्रलाई सुन्दर र स्वच्छ राख्न पालिकाले सरसफाईमा जोड दिएको हो ।’
बजार क्षेत्रमा फोहोर र ढल दुर्गन्धित गरेको भेटिएमा गाउँपालिकाले कारबाी गर्ने अध्यक्ष भण्डारीले बताए । सिमकोट बजार जति नै सरसफाई गरेपनि यहाँका बजारवासिले मनपरी फोहोर फाल्ने कार्य गर्ना ढलहरु दुर्गन्धित हुने गरेको भण्डारीको भनाई थियो । उनका अनुसार जताततै फोहोर बढेर दुर्गन्धित हुन थालेपछि सरसफाइ गर्ने कार्य भएको हो । बजारलाई स्वच्छ र सफा राख्न नियमित रुपमा सरसफाई अभियानमा आफुहरु जुट्ने गरेको जानकारी दिए ।
सिमकोट बजार क्षेत्रको बाटो र ढलमा थुप्रिएको फोहोर जम्मा गरेर बजार क्षेत्रको सफाईमा कार्यमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीलाई साथमा लिएर अध्यक्ष भण्डारी र उपाध्यक्ष शुसिला रोकाया आफै खटेको सिमकोट गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चिन रावतले जानकारी दिए ।
टोल समिती गठन गर्न आवश्यक
सिमकोट गाउँपालिकालाई फोहोर र दुर्गन्धित मुक्त बनाउन टोल सुधार समिती गठन आवश्यक देखिएको छ ।
बजार क्षेत्रको सरसफाईमा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीका साथै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र गाउँपालिका लागि परेपनि बजारमा बसोबास गरीरहेका अन्य नागरीक सहित बजार व्यवसायीको सरसफाईमा ध्यान जान आवश्यक छ । टोल सुधार समिती नहुँदा सिमकोट बजार सरसफाई गरेको पछिल्लो दिन उस्तै दुर्गन्धित हुने गरेको पाइन्छ । बजारको कालिन्चोक, एकताचोक, लोकतान्त्रिक चोक र एर्पोट चोकमा बढी फोहोर हुनुका साथै यहाँका ढलहरु दुर्गन्धित हुने गरेको पाइन्छ । गाउँबाट सिमकोट पुन्गे र अन्य स्वदेशी तथा विदेशी पर्यटकले नाक थुनेर आवतजावत गर्न बाध्य भएका छन् ।
केही समय अगाडी हुम्ला घुम्न आएका एक जना विदेशी नागरीकले सदरमुकाम सिमकोट बजार क्षेत्रको मुख्य बजारको ढलमा फोहोर जम्मा भएर दुर्गन्धित भएको देख्दा स्वतस्फुर्त रुपमा सरसफाइ गरेका थिए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)