सिमकोट । करारका कर्मचारीको करार संझौता नविकरण नगरेको हुम्लाको अदानचुली गाउँपालिकाले आव्हान गरेको दरखास्तमा ५२ सिटका लागि २ सय ५४ जनाको आवेदन परेको छ ।
नेकपा एमाले नेतृत्वको सरकारले भर्ना गरेका करार कर्मचारीलाई साउन २ गतेदेखि हाजिर गर्न नदिएर नयाँ कर्मचारी भर्नाको प्रक्रिया थालेको नेपाली कांग्रेस, मोआवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सम्मीलित स्थानीय सरकारले साउन ९ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक आब्हान गरेको थियो ।
अदानचुली गाउँपालिकाले ११ गतेका दिन बिभिन्न पदहरु गरी ५२ सिटको लागि दरखास्त आवाहान गरेकोमा बुधबार अन्तिम दिननको साँझ सम्म २ सय ५४ जनाले फारम भरेको अदानचुली गाउँपालिकाको प्रशासन शाँखाले जनाएको छ ।
११ गते का दिन गोरखापत्र दैनिक र अर्थ बजारमा एकसाथ प्रकासीत गरी गाउँपालिकामा आबश्यक बिभिन्न ५२ पदहरुको लागि बिज्ञापन गरे पछि यस क्षेत्रका बिभिन्न ठाउँहरुबाट गाउपालिका भित्रका बिभिन्न पदमा फारम भरेको जनाएका छन । तर पनि त्यसको १ दिन पछि गाउँपालिकाले स्थानीयलाई पहिलो प्राथामीकता दिने भन्दै एक सुचना जारी गरे पनि गाउँपालिका भन्दा बाहिरकाले अहिले सम्म बिभिन्न पद गरी ७ जनाले फारम भरेको पाईएको छ ।
महिनाको ११ गतेबाट फारम भर्न सुरु गरी अन्तिम दिन सम्म २ सय ५४ जनाले फारम बुझाएको प्रशासन शाँखामा खटीएका अहेब हर्कदन भण्डारीले जानकारी दिनु भएको छ । उनका अनुसार सबै भन्दा धेरै ९ जना माग गरेको कार्यालय सहयोगी तर्फ करिब ६३ जनाले फारम भरेका छन् भने २जना गाउपालिकाका लागि गरेको कम्प्युटर अप्रेटरमा,२१ जनाले फारम भरेका छन ।
यस्तै ६ वडाका लागी मात्र २३ जनाले फारम भरेका हुन । जसमा अदानचुली १ मा २ जना,अदानचुली २ मा ५ जना,अदानचुली ३ मा ८ जना,अदानचुली ४ मा २ जना,अदानचुली ५ मा ४ जना र अदानचुली ६ मा २ जनाले फारम भरेका छन । यस्तै कृर्षि तर्फ १८ जना सिभिल ईन्जिनियरमा १जना,सिफल आबरसियरमा ४ जना,सिभिल असिस्टेन सव ओबरसियरमा ३० जना,भेटनरी तर्फ ३४ जना,अनमिमा २२ जना,अहेबमा ३२ जना र २ पदका लागि माग गरीएको स्वीपरमा ६ जनाको दरखास्त फारम भरेको बताएका छन ।
यस्तै अन्तिम मिति सम्म गाउपालिका बाहिरबाट ताँजाकोट, सर्केगाड, मुगुको सोरु गउपालिका र दैलेख जिल्ला भित्रका ब्यात्तीले मात्र फारम भरेको बुझिएको छ ।