सिमकोट । गएको वैशाख ३० गतेको स्थानीय तको निर्वाचनमार्फत बहुदलपश्चात एकछत्र नेकपा एमालेको बिरासत ढाल्न सफल भएको वर्तमान सत्ता गठबन्धनलाई स्थानीय सरकार सञ्चालनमान पहिलो गाउँमै ढुंगा लागेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको चुनावी गठबन्धनले स्थानीय तहको निर्वाचनमा आफू पक्षिय परिणाम हात पारेको सत्ता पक्षले अघिल्लो सरकारले नियुक्त गरेका करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको असार पहिलो सातादेखि कसरी कर्मचारी आप्mनो पक्षका बढि पार्ने धाउन्यमा लागेका सत्ता गठबन्धन दलहरु बीचको किचलो पछिल्लो सयमा सतहमा आएपछि उनिहरुको सत्ता सञ्चालनमा पहिलो गाउँमै ढुंगा लागेको हो ।
गएको साउन २ गतेदेखि करारका कर्मचारीलाई हाजिर गर्न नदिएको अदानचुलीले साउन ११ गते गोरखापत्र दैनिकमा खुला प्रतिष्पर्धाबाट कर्मचारी भर्ना गर्ने भन्दै विज्ञापन आब्हान गरेको थियो । पालिकाको गठबन्धन सरकार सञ्चालन, कर्मचारी नियुक्ती देखि सबै प्रकारका कामकाजका लागि माओवादी केन्द्रका मानबहादुर थापाको संयोजकत्वमा गठन गरेको कार्यदलले समेत भागबण्डा टुंग्याउन नसकेर दुई दिनमा तीन कार्यकारीले हाजिर गरेपछि गठबन्धनको आन्तरिक किचलो सतहमा पुगेको हो ।
स्थानीय सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले स्वभाविक रुपमा बढि दावी गरेको, पालिकामा जनमत बढि र कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेका कारण मोओवादी केन्द्रले आप्mनो भाग अन्य भन दोब्बर हुनु पर्छ भन्ने अडान राख्दै आएपनिसबै कुरा बाहरि नआएको अदानचुलीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याँकुरेल विरुद्ध साउन २२ गते गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को वार्षिक बजेटबाट विनियोजित दुई वटा सडकमा राज्यलाई व्ययभार थोपर्ने गरेर काम गरेको भन्दा बढि भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा विगो असुल उपरको मागदावी सहित मुद्धा दायर गरेसँगै दिन निलम्बन गरेपछि सत्ता गठबन्धनको आन्तरिक किचलो सार्वजनिक भएको हो ।
यसरी शुरु भयो विवाद ?
गाउँपालिकाको मत परिणाम सार्वजनिक हुने बित्तिकै जेठको पहिलो साता पालिकाको प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक प्रमुख (इन्जिनियर) परिवर्तन गर्ने चर्चा निकै चुलियो । दलगत भागबण्डा देखि एकै दलका तर्फबाट विभिन्न व्यक्तिका नामहरु प्रकाशमा आएपछि पालिकाको कुनै आधिकारिक निर्णय आएन । यद्यपी तत्कालिन प्रशासकीय प्रमुख प्याकुरेलबाट पालिका सञ्चालन गर्न सकिन्न भन्नेमा सत्ता गठबन्धन भित्र कुनै मतैयक्ता थिएन । तर पनि कसलाई ल्याउने भन्ने बारेमा दलपिच्छे फरक कुरा नआएका होइनन् ।
पालिकाको कार्यपालिका निर्वाचन सकिने बित्तिकै जिल्ला समन्वय समितिको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्ष सिमकोट गए । निर्वाचनमा सत्ता गठबन्धनकै एकल उम्मेरदवार हुने भएपछि पालिका अध्यक्ष मोहन विक्रम सिंह सिमकोटमै रहे तर उपाध्यक्ष कर्ण रोकाया (सुधार) पालिका फर्के । सिमकोटबाट छोटो समयका लागि पालिका पुगेर फेरी सिमकोट गएका अध्यक्ष सिंह र उपाध्यक्ष रोकायालाई विद्यमान प्रशासकीय अधिकृत प्याकुरेल विरुद्ध अख्तियारमा मुद्धा भएको कुरा प्रष्ट थियो । त्यसैलेपनि पालिकाको नेतृत्व अर्थात प्रमुख प्रशासकीय अधिकृत नयाँ राख्नु पर्यो भन्नेमा एक मत थियो । तर को राख्ने भन्ने विषयमा भने सहमती जुटेको थिएन ।
साउन ११ गते प्रकाशित करार कर्मचारी राख्ने विज्ञापनलाई कसरी टुंग्याउने भन्ने बारेमा आन्तरिक छलफल गरेका सत्ता साझेदार दलहरुले अदानचुली गाउँपालिका सरकार सञ्चालन संयन्त्र गठन गर्दै सबै विवाद त्यसै सम्यन्त्रमार्फत टुंगो लगाउने निर्णय पनि साउन दोस्रो साता गरे । माओवादी केन्द्रका नेता मानबहादुर थापाको संयोजकत्वमा हरेक दलबाट तीन जनाको प्रतिनिधित्व गर्दै ९ सदस्यीय कार्यदल गठन गरे । यद्यपी उत्तः कार्यदलका बारेमा सत्ता साझेदरा दलहरुले सार्वजनिक गरेका छैनन् ।
पलिकामा गठन भएको कार्यदलले दिनहुँ जसो छलफल र बहस जारी राखेको थियो । त्यसै वेला पालिका अध्यक्ष सिंहले सिमकोटबाट सुर्खेत हुँदै पालिका आए । साथमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको चिठि सहित मेघनाथ शाहीलाई सँगै ल्याएर आएपछि औपचारिक रुपमा सत्ता साझेदार भित्रको विवादले औपचारिक रुप लिएको हो ।
आप्mनै सेकेण्ड म्यान अर्थात उपाध्यक्षलाई समेत सुइको नदिएर कार्यकारी ल्याएपछि माओवादीका तर्फबाट उपाध्ययक्ष रोकायाले चार्को बिरोध गरेपछि अध्यक्ष उपाध्यक्ष सहित सक्ता गठबन्धन बीचको विवादले औपचारिक रुप लियो ।
दुई दिनमा तीन कार्यकारी
अदानचुलीमा रमाइलो त के छ भने, दुई दिनमा तीन जनाले कार्यकारीका रुपमा हाजिर गरेका छन् । ११ गते गरेको करार कर्मचारी भर्नाको प्रक्रिया ३० गतेसम्म लाग्दा समेत प्रक्रिया नैं थालनि नभएको अदानचुलीमा स्थायी सरकार भनेर चिनिने कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृतमा कांग्रेस र माओवादी केन्द्रको आँखा लागेपछि साउन २९ र ३० गते मात्रै निमित्त प्रमुख प्रशासकीय अिधकृतमा तीन जनाले हाजिर गरेका छन् ।
साउन २२ गते विषेश अदालतमा मुद्धा र्ता हुने बित्तिकै निलम्बनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल परेपछि गाउँपालिका कर्मचारीको नेतृत्व बिहन अवस्थामा चल्यो । पालिकामा सिफारिस देखि अन्य विभागिय काम गर्न समेत समस्या भएपछि अध्यक्ष नभएको मौकामा उपाध्याक्ष कर्ण रोकाया (सुधार)ले तत्कालिन समस्या समाधानका लागि कार्यपालिकाको बैठक बोलाए । नेपाली कांग्रेका हुम्ला सभापति समेत रहेका अध्यक्ष सिंह सुर्खेतमा रहेका बेला उपाध्यक्षले बोलाएको कार्यपालिकाको बैठक साउन २९ गते अपरान्ह ४ बजे बस्यो । बैठकले स्वास्थ्य संयोजक हंस महतारालाई निमित्त तोक्ने तर आर्थिकक कारोवार नदिने निर्णय कार्यपालिकाको कैठकले गर्यो ।
गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टक्कदत्त प्याँकुरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनको चिठि आएपछि पालिकाको काम ठप्प भएको थियो । बैठक सम्बन्धि कसैलाई सूचना नगरेरै साँझ ४ बजे बोलाइएको बैठकमा अध्यक्ष सिंह, कार्यपालिका सदस्य एमालेबाट निर्वाचित वडा नम्बर २ का वडा अध्यक्ष नन्द महतारा, एकिकृत समाजवादीबाट निर्वाचित कार्यपालिका सदस्य कमल नेपाली उपस्थित नभएरै बैठक बसेको थियो । बैठकले गाउँपालिकाको निमित्त प्रशासकीय अिधिकृत (आर्थिक) बाहेको कामकाजका लागि गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महतारा (हिमाल) लाई तोक्ने निर्णय गर्यो ।
२९ गते ठूलो चुनौती मोलेर निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएका महतारा ३० गते काम विषेश भन्दै सुर्खेत लागे । माओवादीको समर्थनमा प्रमुख प्रशासकीय अधिकृत सिफारिस भएका हंसले नैं आप्mनो निमित्त कृषि शाखाकी प्रमुख विनिता महतारालाई दिएपछि विवादले नयाँ मोड लिएको थियो । नेपाली कांग्रेस सर्मथक रहेकी महतारालाई निमित्त दिएको खबर नेपाली कांग्रेसका लागि अवसरका रुपमा सृजना भयो ।
कार्यपालिकाको बैठकले निमित्त तोकिएका महताराले पलिका छोड्नु र पालिकामा सबै भन्दा सिनियर कर्मचारीमा अध्यक्ष सिंहले कार्यकारीका रुपमा लिएका शाही पालिकामै रहनु कंग्रेसका लागि अवसर भयो । नेपाली कांग्रेसको उच्च स्रोतका अनुसार ठूलो तयारी र सल्लाहले शाहीलाई निमित्तका रुपमा हाजिर भएको स्रोतको दावी छ । प्रशासनतर्फका शाही हाल अदानचुलीमा रहेका कर्मचारी मध्येकै सिनियर पनि भएको एक पक्षको दावी छ ।
शाहीले कार्यकारीका रुपमा हाजिर गरेको खबर आन्तरिक रुपमा पालिका उपाध्यक्ष रोकायालगायत अन्य कार्यपालिका सदस्यहरुलाई जानकारी थियो । त्यसबारेमा के गर्ने भन्ने बारे उपाध्यक्ष रोकाया र सत्ताको प्रमुख घटक माअोवादी आन्तरिक सल्लाहमै थियो । तर त्यसैबीच आजै (साउन ३० गते) बिहान कार्यालय समयमै मेघनाथ शाहीले गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अिधकृतका रुपमा हाजिर गरेको जानकारी सर्वसाधारणमा दिन पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सम्पत्ति विवरणको फारम बुझाउने सम्बन्धि सूचना प्रशारणका लागि रेडियोमा दिएपछि विवाद थप उत्कर्षमा पुगेको छ ।
अध्यक्ष र उपाध्यक्ष बीच बोलचाल बन्द
गाउँपालिकामा दलगतका हठले कुरा नमिलेपछि दुई सातायता गाउँपालिका अध्यक्ष सिंह र उपाध्यक्ष रोकायाबीच कुराकानी नैं बन्द भएको बुझिएको छ ।
उच्च स्रोतका अनुसार पालिका अध्यक्षले वा अध्यक्षको परार्ममा बोलाइने गाउँ कार्यपालिका बैठक उपाध्यक्ष रोकाया एक्लैले अध्यक्ष सिंहलाई नसोधेर अचानक राखेपछि अध्यक्ष र उपाध्यक्षबीच नैं बोलीचाली बन्द भएको जानकारी सबैमा पुगेको छ ।
निर्वाचनमा प्राप्त मत परिणामाका आधारमा माओवादीले पालिकामा भर्ना गर्ने कर्मचारी, योजनामा ७० प्रतिशत दावी गर्यो । उसले पालिकामा मत आफ्नो बढि भएको दावी गरेको माओवादीले कांग्रेसले २० प्रतिशत भाग पाउने र एीककृत समाजवादीले १० प्रतिशत भमग पाउनु पर्ने अडान दोहोर्याउँदै गयो ।
गाउँ कार्यपालिकाको बैठकमा आप्mनो बहुमत भएको आडम्बरका कारण अध्यक्षलाई नैं पेलेर जाने मनसाय माओवादीबाट बीजयी उपाध्यक्ष र कार्यपालिका सदस्यले लिन थालेपछि अध्यक्ष सिंहलाई थ िचिड्याएको स्रोतको दावी छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत अध्यक्षको विश्वाशिलो पात्र हुनु पर्नेमा पहिलै चरणमा उपाध्यक्षको नेतृत्वमा कार्यान्वयन हुन नदिएपछि उनिहरु बीचको तिक्तताको दूरी बढ्दै गएको स्रोतले बताएको छ ।
९ सदस्यीय कार्यदल बेरोजगार
गाउँपालिकाको सत्ता सञ्चालनमा उच्च स्तरिय संयन्त्र पनि पछिल्लो समय बेरोजगार देखिएको छ । नयाँ आर्थिक वर्ष २०७९।०८० शुरु भए लगत्तै आन्तरिक रुपमा निर्माण गरिएको मानबहादुर थापा नेतृत्वको ९ सदस्यीय कार्यदल अध्यक्ष र उपाध्यक्ष बीचको दूरी बढ्दै गएपछि बेरोजगार देखिएको हो ।
गाउँपालिकाका लागि आवश्यक करारका कर्मचारीको विज्ञापन सँगै अनौपचारिक रुपमा गठन गरिएको कार्यदलले कुनै विषयलाई टुंगोमा पुर्याउन नसकेपछि पछिल्लो समय बेरोजगार बनेको हो ।
करार कर्मचारीको टुंगो लगाउन भने र २५ गते अन्तिम चरणको वार्ता गर्ने भनिएको कार्यदलको बैठक बस्न नसकेको स्रोतले जानकारी दियो । “कुनै विषयमा पनि कार्यदलले अन्तिम टुंगो लगाउन नसकेपछि अध्यक्ष ज्यूले कार्यदलले काम गर्न नसकेको टिप्पणी गर्न थाल्नु भएको छ” स्रोतले नेपालवोटलाई भन्यो, “जुन उद्देश्यले कार्यदलको महशुस भयो त्यो काम नैं नभएपछि कार्यदलको औचित्य सकिएको भन्ने बहस आन्तरिक रुपमा चल्न थालेको छ ।”
साउन ११ गते पालिकाका लागि आवश्यक करार कर्मचारीको खुला सूचना प्रकाशन गरेपछि १३ गते गठन भएको कार्यदलमा सत्ता साझेदार दलका तीन–तीन जना सदस्य रहेको बताइएको छ । कार्यदलका निम्न व्यक्ती रहेको छन् ।
संयोजक: मानबहादुर थापा (माओवादी)
सह–संयोजकः अजविर शाही (एकिकृत समाजवादी)
सचिवः रामबहादुर टमटा (नेपाली कांग्रेस)
सदस्य
नेपाली कांग्रेसः सेरबहादुर बुढा र प्रेमबहादुर शाही
माओवादीः हरिदल पुन र अनिता बुमी
समाजवादीः पवित्रा देवकोटा र नवराज कार्की
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ २२:००