सिमकोट । सर्वपक्षिय बैठकले गरेको निर्णय अनुसार सिमकोट बजार क्षेत्रका खानेपानीका पाइपलाइन व्यवस्थापन नगर्दै सडकको पिच गर्ने काम शुरु गरिएको छ ।
जिल्ला सदरमुकाम सिमकोटको बजार क्षेत्रमा खानेपानी र ढलका पाइपहरु व्यवस्थित गरेर मात्र सडकको पिच गर्ने काम अघि बढाउने जिल्लाको निर्णय विपरित यस्तो काम गर्न थालिएको हो । जिल्लाप्रशासन कार्यालयमा सरोकारवाला निकायका अधिकारीहरुको संयुक्त बैठकले माथिल्लो बजारको सिमकोट विमानस्थलको गेट देखि वालमन्दीर माध्यमिक विद्यालयसम्मका चार स्थानमा ढल र खानेपानीका पाइपलाइन्हरुको व्यवस्थापन गरेर मात्रै सडकको पिच गर्ने काम अघि बढाउने निर्णय भएपनि ढल र खानेपानीका पाइपको कुनै व्यवस्थापन बिनै सडक पिचको जिम्मा लिएको ठेकदार कम्पनीले सडकमा ढुंगा बिछ्याउने काम शुरु गरेको हो ।
दुई हप्ता अघिदेखि सडकमा ढुंगा विच्छाएर सडकलाई पिच गर्ने भनेर सिमकोट गाउँपालिकाले दिएको निर्देशन विपरित ठेकदार कम्पनीले काम अघि बढाउँदा अहिले सिमकोट बजार क्षेत्रमा खानेपानीका लाइन अस्त व्यस्त देखिएका छन् ।
दुई सातायता सिमकोट विमानस्थल चोकदेखि कालिचोकसम्मको बाटोमा ढुंगा विच्छाउने कार्य सम्पन्न गरेपनि खानेपानीका पाइपहरु प्ुरानै अवस्थामा रहेका छन् । केही दिन अघि मात्रै कालिचोकमा कामदारहरुले ढुंगा विछाउने गरेपनि उक्त क्षेत्रमा ढुंगा मुनि पाइप विछाएका कारण खानेपानी उपभोग गर्ने ग्रहाकहरुलाई समस्या पर्ने भएको छ । उक्त पाइप लाइनहरु व्यवस्थापन नगरेर पिच गर्ने कार्यले भविष्यमा खानेपानीका सेवाग्राही मर्कामा पर्ने भएका छन् ।
त्यसै गरि यस अघि एरर्पोट चोकदेखि सनभ्यालिसम्म जाने बाटोलाई पिच गरिएका कारण सिमकोट तल्लो बजार लिएको खोपानीमा पनि बेलावेला समस्या हुने गरेको पाइएको छ । यसले गर्दा सम्वन्धित सरोकारवाला निकाय र खानेपानी उपभोक्ता समितिको कुनै समन्वय भएको छैन् ।
यता सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलेसडक निर्माण गर्नु पर्दा विधुत लाइन, नेट इन्टरनेटको तार, खानेपानीको पाइप सम्वन्धित कार्यालयले नै व्यवस्थापन गर्नुपर्ने बताउँछन् । सडक निर्माण अघि विद्युत, खानेपानी, ढल, टेलिफोनको काम व्यवस्थित गनर्श जिल्ला प्रशासन कार्यालय हुम्लामा सर्वदलिय बैठक बसेर निर्णय गरेको भएपनि सम्बन्धित निकायले वास्ता नगरेको अध्यक्ष भण्डारीले गुनासो गरे ।
‘हामीले सम्बन्धित कार्यलयका प्रतिनिधिलाई बोलाएर यस बारेमा अग्रीम जानकारी गराएका हौ’, भण्डारीले नेपालवोटलाई भने, ‘उहाँहरुले समयमा चासो नदिएपछि निर्माणको काम अघि बढ्ने देखियो भोली कुनै कारण समस्या आए सम्बन्धित कार्यालय र त्यसका जिम्मेवार निकाय नैं जिम्मेवारी हुन पर्छ ।’
सिमकोट माथिल्लो बजार क्षेत्रबाट अव्यवस्थित रुपमा गैहरको ढललाई व्यवस्थित गर्न चार स्थानमा ढलको निकास गर्ने र त्यसको आवश्यक समन्वय सिमकोट गाउँपालिकाले गर्ने निर्णय भएको थियो । प्रमुख जिल्ला खधिकारी सिता परिायारको अध्यक्षतामा बसेको बैठकले माथिल्लो बजार क्षेत्रबाट जाने खानेपानीका पाइपलाइनहरुलाई व्यवस्थित गरेर सडकको तलबाट व्यवस्थित गर्ने निर्णय भएको थियो ।