सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले पत्रचार गरेको एक हप्ता वितिसक्दा पनि जिल्लाका सात वटा गाउँपालिका मध्ये खार्पुनाथ र नाम्खा बाहेक अन्य पाँचवटा गाउँपालिका स्वास्थ्य शाखाहरूका स्वास्थ्यकर्मीहरूको चरम लापरवाहीले पी फाइजर बायोटेक भ्याक्सिन हालसम्म सन्चालन हुन सकेको छैन । स्वास्थ्य सेवा कार्यालय हुम्लाले उक्त खोप लिनकै लागि पत्रचार गरेको भए पनि स्वास्थ्य संस्थाका कर्मचारीहरू लिन नआएपछि खोप अभियान सञ्चालनमा समस्या भएको हो ।
नेपाल सरकारको प्रप्धान अनुसार पाँच वर्ष भन्दा माथिका र १२ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई कोभिड–१९ को रोगको विरुद्धमा पी फाइजर बायोटेक भ्याक्सिन सञ्चालनका लागि स्वास्थ्य सेवा कार्यालय मार्फत गाउँपालिका स्वास्थ्य शाखाका संयोजकहरूलाई यस अघि नै अभिमुखिकरण तालिम दिईसकेको भए पनि उनिहरूको चरम लापरबाहीले उक्त खोप गाउँपालिकामा पुग्न नसकेको पाइएको छ ।
स्वास्थ्यकर्मीहरूले कोभिड–१९ विरुद्धको खोप भदौ ११ गतेदेखि सुरू गरेर १७ गतेसम्म पहिलो मात्राको र त्यस लगतै २१ दिन भित्र दास्रो मात्राको पी फाइजर बायोटेक भ्याक्सिन लागई सक्नु पर्ने हो । तर स्वास्थ्य सेवा कार्यालयले पत्रचार गरेको एक हप्ता र खोप अभियान सञ्चालन हुनु पर्ने तीनदिन विति सक्दा पनि खोप अभियान सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले बताए ।
पहिलो मात्राको उक्त खोप लगाउने मितिको ३ दिन वितिसक्दा पनि पाँचवटा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नै स्वास्थ्य सेवा कार्यालयसंग व्यखवर छन् । स्वास्थ्य सेवा कार्यालयबाट भदौ ७ गतेनै उक्त पी फाइजर बायोटेक भ्याक्सिन लिएर सञ्चालन गर्ने निर्देशन भए पनि सिमकोटका नर भण्डारी, अदानचुलीका हंस महतारा र ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्याङकु नेकपा माओवादी केन्द्र निकटको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको राष्ट्रिय एकता सम्मेलनका लागि जिल्ला बाहिर रहेका छन् । भने चंखेली र सर्केगाडका स्वास्थ्य शाखा संयोजक पनि व्यखवर छन् ।
हुम्लाको मध्य क्षेत्र रहेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक किरण बुढालाई सम्प्रक हुन नसकेपछि केही स्रोत मार्फत कर्मचारी मिलनका कारण सो खोप लिन नपाएको भन्ने बुझिन आएको छ । त्यस्तै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालि बहादुर बुढाका अनुसार यतिखेर केही बालबालिकाहरू शिजनफुलुका विरामी भएकाले उक्त फाइजर खोप लिनका लागि ढिलाई भएको बताए । उनले भने हाल सो बालबालिकाहरूको स्वास्थ्यमा सुधार आउने क्रम जारी छ । भदौ १४ गते कार्यालय सहयोगि सदरमुकाम सिमकोटमा पुगेर खोप ल्याइसकेपछि खोप सञ्चालन गर्ने जानकारी दिए ।
यता सदरमुकामसंगै जोडिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक रहनु भएका नर भण्डारीले आफुले यस भन्दै अघि नै आफ्ना स्वास्थ्य संस्थालाई पत्रचार गरि सकेको र यो समय तिज विशेषका कारण पनि ढिलो भएको बताए । सोही गाउँपालिकाको वडा नम्वर ८ को स्याँडा स्वास्थ्यचौकी बाहेक अन्य स्वास्थ्य संस्थामा उक्त खोप पुगेको छैन । संयोजक भण्डारीले यसमा आफ्नो केही कम्जोर नभएको बताउँदै सम्वन्धित स्वास्थ्य संस्थाका स्वाथ्यकर्मीहरुलाई दोस दिएका छन् ।
यसै गरि ताँजाकोट गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र स्याँकुकालाई फाने गर्दा नउठेपछि प्रमुख प्रशाकीय अधिकृत लालप्रसाद ढकालले स्वास्थ्य शाखा सम्वन्धिको कुरा आफुलाई जानकारी नभएकोले यसमा केही भन्न नसकिने र स्वास्थ्य संयोजकलाई बुझेर मात्रै खवर गर्ने अधिकृत ढकालले बताए । त्यसै गरि अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले स्वाथ्यकर्मी अभाव भएकोले एक हप्ता पछिमात्रै खोप सञ्चालन गर्ने बताए । उनले भने अदानचुली गाउँपालिकामा स्थाई कर्मचारी कम भएको र कर्मचारी मिलनकै अवस्थामा भएकोले केही समस्या भएको हो । अवको केही दिन भित्रै उक्त खोप लिनका लागि कार्यालय सहयोगिलाई स्वास्थ्य सेवा कार्यालयमा पठाउने जानकारी दिए ।
यसै गरि हुम्लाको खार्पुनाथ गाउँपालिकामा भने उक्त खोप पुगेर पनि खोप सनचालन गर्ने तयारीमा छ । त्यस्तै नाम्खा गाउँपालिकाका माथिल्लो क्षेत्रका स्वास्थ्य संस्थाले सो खोप लगेको भए पनि लिमि र केर्मी भन्दा तलका वडाहरुले फाइजर बायोटेक भ्याक्सिन बुझेर लगेका छैनन् ।
हुम्लाका ११ हजार एकसय ९० बालबालिकालाई कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउने तार्गेड गरिएको छ । जस्मा नाम्खाका पाँचसय ५६, सिमकोटका दुई हजार १५, खार्पुनाथका एक हजार चारसय २३, सर्केगाडका दुई हजार चारसय ३५, चंखेलीका एक हजार तीनसय ८७, अदानचुलीका एक हजार आठसय ९९ र ताँजाकोट गाउँपालिकाका एक हजार चारसय ७५ जना बालबालिका रहेका छन् । समयमै खोप सञ्चालन हुन नसक्दा तिनि बालबालिकाहरू खोप लगाउनबाट बञ्चित भएका छन् ।
जिल्लामा खोप अभियान सञ्चालन गर्ने भनेको तीनदिन वितिसक्दा पनि खोप अभियान सुरू हुन सकेको छैन । हुम्लाका लागि २४ हजार डोज खोप स्वास्थ्य सेवा कार्यालयमा आईपुगेको बताइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाई छ ।