सिमकोट । गएको एकसातादेखि निरन्तर परेको वर्षामा परेर हुम्ला र डोल्पामा मृत्यु हुनेको संख्या ७ पुगेको छ, भने करोडौको धनमालको क्षेती भएको छ ।
खानेपानी लिन घर नजिकको सार्वजनिक धारामा गएका ताँजकोट गाउँपालिका–५ का खेमराज ढकालको माथिबाट आएको ढुंगा लागेर मृत्यु भएपछि हुम्लाका वर्षाका कारण मृत्यु हुने को संख्या ५ पुगेको प्रमुख जिल्ला अकिकारी सिता परिायरले जानकारी दिइन् ।
वर्षासँगै माथिबाट खसेको पहिरोमा परेर आइतबार वेलुका मेल्छामको दलितबाडामा (गाउँ) का देउच्या कामीका ९ वर्षिय तुल्सी कामी र १ वर्षिय छोर सुस्मीता कामी, १ वर्षिय छोरा वसन्त कामी र ५५ वर्षिय काकी होइजाली कामीको घटना स्थलमै मृत्यु भएको थियो ।
घटनामा परेर ४१ वर्षिय कामीसँगै ३८ वर्षिय श्रीमती अबकती कामी, ५ वर्षिय छोरा भुवन कामी र ७ वषिर्य निलु कामी सख्त घाइते भएका छन् । उनिहरुको गाउँकै मेल्छाम स्वास्थ्य चौकीमा उपचार भैरहेको स्थानीय टेकबहादुर शाहीले जानकारी दिए । निरन्तरको वर्षाले जिल्लाको अदानचुली, ताँजकोट, खार्पुनाथ सिमकोट र नाम्खामा थुप्रै घर भत्केका छन् ।
पहिरोमा परेर सर्केगार्ड गाउँपालिकाको राहदेव गाउँमा ५ घरमा उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।
पहिरोले चैखेली गाउँपालिका–४ पिप्लाङमा ४ गोरु र एक गाई मरेका छन् भने एक जना घाइते भएका छन्।, अधिकारी परियारले भनिन्, पहिरोले ताँजकोट गाउँपालिका–१ के जनप्रकाश माध्यमिक विद्यालयको एक भवन पूर्ण रुपमा क्षती भएको छ ।
पहिरोको क्षतीको विवरण आउने क्रम जारी रहेकाले क्षतीको एकिन गर्न नसकिएको बताएकी परियारले सदरमुकाम सिमकोट तल्लो गाउँमा चार, अदानचुली गाउँपालिकाका विभिन्न वस्तीमा गरेर ६ घर भत्कीएको बताइन् ।
पहिरोले हिल्सा सिमकोट सडक खण्डको च्याछहरामा बाटो भत्कीदा नाख गाउँपालिका र सिमकोट गाउँपालिकाको आवतजावत पूर्णरुपमा बन्द भएको जिल्ला प्रकोप उद्धार समिति हुम्लाले जनाएको छ ।
हिमपातले डोल्पामा २ को मृत्यु
निरन्तरको वर्षासँगको हिमपातमा परेर हिमाली जिल्ला डोल्पामा दुई जनाको मृत्यु भएको छ । वर्षासँगको हिमपातका कारण चिसोले कठ्यांग्रीएर माथिल्लो डोल्पा पुगेका २ जनाको मृत्यु भएको हो ।
चिसोले जिल्लामा आएका पर्यटकहरुको भारी बोकेर गएका ठुलीभेरी नगरपालिका–७ का ३२ वर्षिय नरेन्द्र विक र ठुलीभेरी नगरपालिका–९ का ४६ वर्षिय कर्णबहादुर डाँगीको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक निरन्जन थापाले बताए ।
थापका अनुसार विकको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्ममा र डाँगीको डोल्पोबुद्ध गाउँपालिकाको तिन्जेबाट धो आउँदै गरेको बेला मृत्यु भएको हो । मृतक दुवै जनाको सव आज बिहान हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याएको जिल्ला प्रहरी कार्याल्य डोल्पाले जनाएको छ ।
सात पर्यटक फसे
अविरल वर्षाका कारण सिमकोट गाउँपालिका–१ म पर्ने चाङला हिमाल घुम्न गएका सात जना पर्यटक फसेका छन् ।
हिमालको दृश्य अवलोकनका लागि गएका पाँच जना वेलायती र २ जना नेपाली पर्यटक वर्षासँग्ैको हिमपातका कारण हिमालमै थुनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गएको मंगलबार सिमकोटदेखि हिमालतर्फ गएका पर्यटकहरु हिमालतर्फ जाने क्रममा बीच बाटोमै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी रियारले जानाकरी दिइन् ।
हवाई उद्धरामा कठिनाई
दिनभर मौशममा सुधार नभएपछि पहिरोमा परेकाहरुको हवाई उद्धारमा समस्या भएको छ । वर्षासँगैको पहिरोमा परेर घर भत्किएपछि सख्त घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका एकै घर परिवारका तीन जना घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरेर सदरमुकाम सिमाकोट ल्याउन गरिएको प्रयास खराब मौसमका कारण सफल नभएको जिल्ला प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।
‘चंखेली र चांला हिमालमा पर्यटक फसेको घटनाका बारेमा जानकारी पाउने बित्तिकै प्रदेश सरकारसँगको समन्वयमा हवाई उद्धारका लागि पहल गरेपनि मौशमा सुधभार नभएपछि हवाई उडान भर्न सकिएन’, अधिकारी परियारले भनिन्, ‘अब उद्धारका लागि भोली पनि प्रयास जारी रहने छ ।’
पहिरोमा परेकाहरुको उद्धारका लागि जुम्ला बाट फर्किएको नेपाली सेनाको हेलिकोप्टर हुम्लाको चंखेलीमा आउने कार्यक्रम तय भएपनि मौशममा सुधार नआएपछि कालीकोटसम्म आएर सुर्खेत फर्किएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायवउपरिक्षक कृष्णराज ओझाले बताए ।