सिमकोट । ठूला राजनीतिक दलहरुबाट कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा पुराना अनुहारकै हावी भएको छ, भने प्रदेश निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई अघि सारिएको छ ।
दश जिल्लामा प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र भएको कर्णालीमा प्रमुख राजनीतिक दलहरु मध्ये नेकपा (एमाले)ले ८ जना नयाँ अनुहारलाई अघि सारेको । एमालेका तर्फबाट ४ जना पुरानै अनुहार निर्वाचनको मैदानमा उत्रेका छन् ।
एमालेले दैलेख जिल्लाको निर्वाचन क्षेत्र १ र २, हुम्ला र सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं. एकबाट पुराना उम्मेरदवारलाई निरन्तरता दिएको छ । एमालेले दैलेख निर्वाचन क्षेत्र नं एकबाट जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, क्षेत्र नं. दुईबाट केन्द्रीय सदस्य लक्ष्मीप्रसाद पोखरेल, हुम्लाबाट केन्द्रीय सदस्य दल रावल र सुर्खेतबाट धुर्वकुमार शाहीलाई एमालेले दोस्रो पटक टिकट दिएको हो । जुम्लामा रतननाथ योगी, कालीकोटमा नगिन्द्र शाही, डोल्पामा गणेशबहादुर शाही, मुगुमा राजु कार्की सल्यानबाट राजेन्द्रविर राय, सुर्खेत निर्वाचन क्षेत्रमा जिल्ला अध्यक्ष अमृतबहादुर बुढा क्षेत्री, रुकुम पश्चिममा नन्दराम देवकोटा र जाजरकोटमा निरज आचार्यलाई नयाँ अनुहारका रुपमा एमालेले प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उतारेको छ ।
२०७४ सालको निर्वाचनमार्फत कर्णाली प्रदेशसभामा एकल बहुमत प्राप्त गरेर पनि मुख्यमन्त्री बन्न नपाएका एमाले कर्णाली प्रदेश इन्चार्जले पुनः मुख्यमन्त्रीको आकांक्षासहित दोस्रो पटक सुर्खेत निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) मा दोहोरिएका छन् । २४ वटा प्रदेश निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशमा एमालेले कँडेल, हुम्ला (ख)मा निर्वतमान प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा, सल्यानको प्रदेश निर्वाचन क्षेत्र (ख)मा पोलिव्युरो सदस्य गुलावजंग शाहलगायतका १० जना पुरानै अनुहारलाई दोहो¥याएको छ । हुम्ला निर्वाचन क्षेत्र (क)मा केन्द्रीय सदस्य दल फडेरा, मुगुका दुई क्षेत्र जुम्ला (ख)मा टेकराज पटछाई लगायतका बाँकी १४ प्रदेश निर्वाचन क्षेत्रका उम्मेरदवारलाई एमालेले नयाँ अनुहारका रुपमा पहिलो पटक मौका दिएको छ ।
सत्ता गठबन्दनमा संलग्न दलहरुले प्रतिनिधिसभामा नयाँ भन्दा पुरानाकै हावी भएको छ । कर्णाली प्रदेशमा हेवि ओइट भएका नेताहरुले निर्वाचनमा लड्नु पर्ने भएकाले पार्टीले प्रतिनिधिसभामा दोहो¥याएर टिकट दिएको माओवादी केन्द्रका केन्द्र्रीय सदस्य एवम् हुम्ला इन्चार्ज बीजय भण्डारी (प्रतिरोध)ले जानकारी दिए । उनका अनुसार प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमध्ये माअोवदीले प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र पाएको छ । जसमा हुम्ला बाहेक अन्य चार निर्वाचन क्षेत्रमा माओपवादीको तर्फबाट पुरानै अनुहार दोहोरिएका छन् ।
कर्णाली प्रदेश सरकारमा ६ महिना गैर सांसद मन्त्री बनेर चर्चित बनेका हुम्लाका छिरिङ दम्डोल लामा (कार्चेन) मात्रै माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि एकल नयाँ अनुहार हुन् ।
माओवादीबाट रुकुम पश्चिममा अर्थमन्त्री तथा स्थायी कमिटि सदस्य जनादर्न शर्मा (प्रभाकर), जाजरकोटमा स्थायी कमिटि सदस्य शक्तिबहादुर बस्नेत, कालीकोटमा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही दोहोरिएका पुराना अनुहार हुन् । उनिहरु चारै जना नेताहरु यस अघि प्रतिनिधिसभामा निर्वाचन लडेका अनुहार हुन् ।
कर्णालीका २४ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये १० वटा क्षेत्रमा मात्रै उम्मेदारी दर्ता गराएको माओवादी केन्द्रले प्रदेशमा भने धेरै अनुहारलाई पहिलो पटक मौका दिएको छ । पहिलो पटक मौका पाउनेमा हुम्लाको (ख)मा रणसिंह परियार, दैलेख क्षेत्र न. २ (ख) मा टिकट नपाएर एमाले परित्याक गरेका योगेन्द्र शाही, सुर्खेत निर्वाचन क्षेत्र १ (ख) मा कृषबहादुर जिसी, सल्यान (क) मा भिमप्रकाश शर्मा, रुकुम पश्चिम (क)मा महेन्द्र केसी, (ख)मा राजकुमार शर्मा र डोल्पा निर्वाचन क्षेत्र (ख)मा विरबहादुर शाही रहेका छन् ।
माओवादीले मुगु निर्वाचन क्षेत्र (ख)मा मंगलबहादुर शाही, कालीकोट निर्वाचन क्षेत्र (क) मा दुर्गबहादुर शाही र सुर्खेत निर्वाचन क्षेत्र २ (ख) विन्दमान विष्टले फेरी दोहोरिने मौका पाएका छन् ।
प्रतिनिभिसभामा प्रदेशभर ५ वटा क्षेत्र भाग पाएको नेपाली कांग्रेसले पनि ४ जना पुरानै अनुहारलाई दोहो¥याएको छ । कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, नेता हृदयराम थानी जस्ता वरिष्ठ नेताहरुले चुनाव लड्नु पर्ने भएकाले प्रतिनिधिसभामा पुरानै अनुहारको बाहुल्यता देखिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नेपाली कांग्रेसको कोटाबाट उम्मेरदारी दर्ता गराएका रुकुम पश्चिमका मानबहादुर नेपाली वाहेक सबै उम्मेरदवार पुरानै अनुहारका थिए । यद्यपी रुकुमपश्चिबाट गठबन्दनको बागीका रुपमा उम्मेदारी दिएका मानबहादुर नेपालीले आप्mनो मनोनय फिर्ता लिएका छन् । कांग्रेसको तर्फबाट मुगुमा ऐनबहादुर शाही र दैलेखबाट दिक्पालकुमार शाहीपनि पुरानै अनुहार हुन् ।
कांग्रेसले प्रदेश सभातर्फ १४ वटा निर्वाचन क्षेत्रमा प्रदेशको उम्मेदारी दर्ता गराएको छ । हुम्ला (ख) मा मुख्यमन्त्री जीवनबहादुर शाही, सहित ६ जना पुरानै अनुहारलाई दोहोर्याएको छ । उसले ८ जना नयाँ अनुहारलाई प्रदेशमा पहिलो पटक मौका दिएको छ ।
प्रदेशमा ३ वटा मात्रै प्रतिनिधिसभाको भाग पाएको नेकपा एकिकृत समाजवादीले तीनै क्षेत्रमा पुरानै अनुहारलाई मौका दिएको छ । सल्यान, दैलेक क्षेत्र नम्बर १ र डोल्पामा भाग पाएको समाजवादीले यस अघि पटक–पटक उम्मेरदवार बनेका नेताहरुलाई दोहोर्याएको हो । समाजावदीले सल्यानमा पार्टीका उपमहासचिव प्रकाश ज्वाला, दैलेखमा पार्टीका प्रदेश अध्यक्ष अम्मरबहादुर शाही र डोल्पामा पुर्वमन्त्री धनबहादुर बुढालाई उम्मेरदवार बनाएको छ । सत्तागठबन्दनबाट भाग पाएका र नपाएर आफै पार्टीको टिकट दिएर समाजवादीले प्रदेशका ७ वटा निर्वाचन क्षेत्रमा उम्मेरदवार खडा गरेको छ । जसमध्ये ४ निर्वाचन क्षेत्रमा नयाँ अनुहार र ३ वटा निर्वाचन क्षेत्रमा पुरानै अनुहारलाई समाजवादीले दोहोर्याएको छ ।
प्रदेशका अधिकांशह निर्वाचन क्षेत्रमा उम्मेरदारी दर्ता गराएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा ६ जना नयाँ अनुहार र ४ जना पुरानै अनुहारलाई पार्टीको तर्फबाट टिकट दिएको छ । यसैगरी प्रदेश निर्वाचन क्षेत्रतर्फ १५ जना नयाँ र १ जना मात्रै पुराना अनुहारलाई यो पटक दोहोर्याएर टिक दिएको छ ।
तराई केन्द्रीत राजनीतिक दलका रुपमा चिनिएका जनता समाजवादी (जसपा) र लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)ले कर्णाली प्रदेशका कमै क्षेत्रमा मात्र उम्मेरदारी दिएका छन् । जसपाले ३ निर्वाचन क्षेत्र प्रतिनिधिसभा र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा उम्मेरदारी दिएको जसपाले सबै क्षेत्रमा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । लोसपाले कर्णालीका एक क्षेत्रमा पनि उम्मेरदारी दर्ता गराएको छैन् ।
मनोनयनका हिसाबले कर्णाली माअोवादी केन्द्र समाजवादी, नेपाली कांग्रेस (विपी), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलहरुले पनि विभिन्न क्षेत्रमा उम्मेदारी दर्ता गराएका छन् ।