चैत, ९, सिमकोट । चैत १० गतेबाट शुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसइई) सञ्चलनका लागि हिमाली जिल्ला हुम्लाका सबै केन्द्राध्यक्ष परिक्षा केन्द्र पुगेका छन् ।
परिक्षा समन्वय समितिले छनोट गरेका केन्द्राध्यक्ष लगायतका परिक्षा सञ्चालन गर्न गएको बुधार देखि लागेका केन्द्राध्यक्ष सहितको परिक्षा सञ्चालन गर्ने टोली जिल्लाका सबै परिक्षा केन्द्रमा पुगेका हुन् ।
केन्द्राध्यक्ष छनौट भएर परीक्षा सामग्री बुझेपछि सदरमुकाम सिमकोटबाट दुई देखि तीन दिनको पैदलको बाटो हिडेर केन्द्रध्यक्ष, सुरक्षाकर्मी सम्बन्धित परीक्षाकेन्द्रतर्फ जिल्ला शिक्षा, विकास तथा समन्वय इकाई प्रमूख वर्षबहादुर फडेराले बताए ।
गएको मंगलबार बिहान बसेको जिल्ला स्तरीय परीक्षा समन्वय समितिको बैठकको निर्ण अनुशार जिल्लाका ६ वटै परीक्षाकेन्द्रका केन्द्राध्यक्ष छनौट भए अनुशारो परिक्षा टोली परिक्षा केन्द्रमा पुगिसेको खबर आएको जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष एवम् सहायक प्रमूख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
सात वटा स्थानीय तह भएको हुम्लाका ६ वटा परीक्षाकेन्द्र मध्ये मदानादेव माध्यमिक विद्यालय परीक्षाकेन्द्रका केन्द्राध्यक्ष एसइइ परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका एवं अन्य सामग्री यसअघि नै सबैभन्दा अघि पुगेको बताएका सहायक प्रमूख जिल्ला अधिकारी पोखरेलले अन्नपूर्णसँग भने, “एसइई परिक्षालाई मर्यादित र शान्तरुपमा सञ्चालन गर्ने सबै तयारी पुरा हुनुका साथै परिक्षामा हुने अवाञ्छित गतिविधि रोक्ने कुनै कसुर बाँकी नराख्ने कडा सर्कुलर गरेका छौं ।”
यसवर्ष हुम्लामा सुर्योदय मावि श्रीनगर, हिमज्योती मावि सर्केगार्ड, कोट मावि रोडिकोट, मदनादेव मावि, वालमन्दिर मावि सिमकोट, मानसरोवर मावि सिमकोट गरी ६ केन्द्र गरी ६ वटा परिक्षा केन्द्र ताकिएका छन् ।