सिमकोट । एक महिना देखि अन्धकारमा रहेको सिमकोटका नागरिकलाई विद्युतलाई सूचारु गर्न नेपाल विद्युत प्राधिकरणले नेपाली सेनाको हेलिकोप्टरबाट जेनेरेटर पु¥याएको छ ।
असोज १६ गतेदेखि परेको अविरल वर्षासँगको पहिरोले सदरमुकाम सिमकोटसहित खार्पुनाथ गाउँपालिकामा प्रसारण लाइन बिस्तार गरेको पाँच सय किलोवाडको हिल्दुम साना जलविद्युत आयोजना अवरुद्ध भएपछि जेनेरेटर ल्याएको हो । आयोजनाको प्रसारण लाइन बिस्तार गरिएका वस्तीहरुमा तत्काल बत्ति बाल्नका लागि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको पहलमा २१५ केभिए क्षमताको जेनेटर ल्याइएको हो ।

विद्युत लाइन नभएपछि निर्वाचन तयारीका काम समेत प्रभावित हुने भएपछि प्रमुख जिल्ला अधिकारी सिता परियारको पहलमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले जेनेरेटर ल्याएर आफै आएका हुन् । राष्ट्रिय सडक सञ्जालले नजोडिएको सिमकोटमा हवाइ जहाजमार्फत ढुवानी गर्न संभव नभएपछि मुगु जिल्लाको ताल्चा विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरबाट जेनेरेटर सिमकोट ल्याइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘निर्वाचनको संमुखमा जिल्लाका सबै कार्यालयको काम ठप्प भयो । दुर्गम जिल्लाका नागरिक एक महिनादेखि अन्धकारमा बस्नु परेको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले हेलिकोप्टरमार्फत ढुवानी गरेर पनि वैकल्पीक व्यवस्थाका लागि जेनेरटर सिमकोट ल्याएको हो’ निर्देशक घिसिङले थपे ।
एनका अनुसार प्राधिकरणले ढुवानी गरेर ल्याएको जेनेरेटर सँधै व्याकअपका रुपमा हुम्लामै रहने छ ।
पाँच सय किलोवाड क्षमताको हिल्दुम साना जलविद्युत आयोजना नेपाल विधुत प्राधिकण हेल्दुम वितरण केन्द्रद्धारा जोडिएका लाइन अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटका ८ वडा र खार्पुनाथ गाउँपालिकाका पाँच वडाका सम्पूर्ण वस्ती करिब एक महिनादेखि अन्धकार छन् । गत असोज १६ गते परेको अविरल वर्षासँगैको पहिरोले विद्युतको नहर भत्केर विद्युत आपूर्ति बन्द भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका वस्तीहरु अन्धकार छन् ।
एक साता भन्दा बढिको समयसम्म निरन्तर परेको वर्षाले विधुतको हिल्दुममा भएको आयोजनाको नहर भाँसिएर ठूलो क्षती भएपछि विगत एक महिनायता विद्युत अवरुद्ध छ । पहिरोले आयोजनाको नहर एक ठाउँमा ५५ किटर र अर्को ठाउँमा २० मिटर गरेर ७५ मिटर भत्काएपछि आयोजना सूचारु गर्न तत्काल संभव नदेखिएपछि विद्युत प्राधिकरणको केन्द्रसँगको समन्वयमा जेनेरेटर ल्याइएको हिल्दुम साना जलविद्युत आयोजनाको सिमकोट वितरण केन्द्रका प्रमुख साजन ऐडीले जानकारी दिए ।
‘एक वर्ष अघिदेखि आयोजना नहर, पाइप, रिर्जव ट्ंयाकी र मेसिन मर्मतका लागि मायाँ कन्ट्रक्शनले लिएको ठेक्का एक वर्ष वितिसक्दा पनि काम अघि बढेकै थिएन’ कार्यालय प्रमुख ऐडीले अन्नपुर्णसँग भने, ‘त्यस्तो अवस्थाबाट जनतन विद्युत आपूर्ति गरेको आयोजनामा यस पटक परेको वर्षासँगैको पहिरोले थप क्षेती पु¥याएपछि विद्युत आपूर्ति लामो समय अवरुद्ध हुन पुगेको हो ।’

नहरको ७८ मिटर पाइप जिल्लामा पु¥याएर नहरमा विच्छाउने जिम्मा भएपछि आयोजनाको विद्युत आपूर्ति सहज हुने भएपनि ढुवानीको समस्याले सबै पाई समयमा जिल्लामा पु¥याउन नसकिएको ठेकदार कम्पनीका प्रोप्राइटर जीवन रोकायाले बताए । ठेकदार कम्पनी अहिलेसम्म आयोजनाका २० वटा पाइप मात्रै जिल्लामा पु¥याएको आयोजनाले जनाएको छ ।
जिल्ला सदरमुकाम सिमकोटका ८ र छिमेकी खार्पुनाथ गाउँपालिकाका ५ वडा गरेर १३ वडाका सबै वस्तीहरुमा प्रसारण लाइन बिस्तार गरेको आयोजना पटकपटक बिग्रीएपछि नहरमा रहेका प्यान टालटुल तथा मर्मतका लागि नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयले गएको आर्थिक वर्ष २०७८।७९ मा २० लाख बजेट छुट्याएको थियो ।