चैत ९, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सामुदायिक रेडियोहरुलाई मिलेसम्म सहुलित दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अकोराबको स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री वास्कोटाले उक्त कुरा बताएका हुन् ।
स्थानीय सरकारले रेडियो चलाउन मिल्दैन भनेर अहिले बहस गर्न जरुरी नभएको बताएका मन्त्री वास्कोटाले भने, “सामुदायिक रेडियोलाई तीनै तहका सरकारले साझेदार ठानेको छ र ठान्नु पर्छ भन्ने सरकारको मान्यता छ ।”
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले हिसांलाई प्रोत्साउन गर्ने समाचार प्रकाशन तथा प्रसारण नगर्न सबै सञ्चारमाध्यमलाई अनुरोध गर्दै त्यस्तो गरिए सरकार सोच्न बाध्य हुने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम पूर्व सञ्चारमन्त्री मीनेन्द्र रिजालले अब सरकारले बनाउने रेडियो नीति प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सामुदायिक रेडियोको पहिचान बनाउन जरुरी रहेको बताउँदै रेडियोको सङ्ख्या नबढाई डिजीटल माध्ययममा रूपान्तरण गर्नुपर्ने बताए । सञ्चारमाध्यमलाई अङ्कुश लगाउने खालको संविधान नभएकाले त्यसै अनुसार ऐन बनाउनु पर्ने भनाई समेत कंग्रेस नेता रिजालको थियो ।
कार्यक्रममा संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ऐन नियम सांसदले मात्र बनाउने नभई यसमा सबैको सहभागिता रहने व्यवस्था अहिलेको संविधाले गरेको उल्लेख गरे । सामुदायिक रेडियोको नीति निर्माण गर्दा सामुदायिक रेडियोको मर्म र भावना नमर्ने गरि निर्माण गरिने आश्वासन दिए ।
यसैगरी सांसद यज्ञराज सुनुवारले सामुदायिक रेडियोले आफ्नो नारालाई समेत परिवर्तन गर्न जरुरी रहेको औंल्याउनुभयो । अहिले कुनैपनि सूचना तथा जानकारी चाँडो पाउने माध्यम सामुदायिक रेडियो नै भएको र आम नागरिकलाई जागरुक बनाउन पनि सामुदायिक रेडियोको भूमिका महत्वपुर्ण भएकोमा जोड दिए । सुनारले दुर दराजका बस्तीमा सामुदायिक रेडियो साँच्चिकै प्रभावकारी रहेको बताए ।
कार्यक्रममा सांसद रामबहादुर बिष्टले सामुदायिक रेडियोले कस्तो नीति बनाउने भन्ने बिषयमा सामुदायिक रेडियो प्रसारक सङ्घको भूमिका महत्वपुर्ण हुने बताए । सामुदायिक रेडियो प्रसारक संघ अकोराबले आप्mनो १८ आंै स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सांसद इन्दु शर्मा, उमाशंकर अरगरिया राष्ट्रिय योजना आयोगका सदस्य तथा अकोराबका पूर्व अध्यक्ष मीनबहादुर शाही, नगरपालिका सङ्घका अध्यक्ष अशोक ब्याञ्जुले सामुदायिक रेडियोको महत्वका बारेमा आप्mना धारणा राखेका थिए ।