सिमकाेट । प्रतिनिधसभा तर्फ हुम्लामा माओवादी केन्द्रका छिरिङदम्दाेल लामा (कार्चेन)ले एमालेका दल रावलभन्दा ११७९ मतले उछिनेका छन् ।
२७६३ मत खसेकाे ताँजाकाेट गाउँपालिकाकने मत गणना सकिदा कर्णाली प्रदेशका पुर्वमन्त्री लामाले पुर्व सामाजिक विकास मन्त्री दल रावललाई ठूलाे मतान्तरले पछि पारेका हुन् ।
५ वडा भएकाे ताँजाकाेटबाट लामाले १९४२ मत ल्याएका छन् भने उनलाई पछाउदैं नेकपा (एमाले) का रावलले ७७३ मत ल्याएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकाे चिन्हमा ७ मत खसेकाे छ भने ताँजाकाेटमा ४१ मत बदर भएकाे छ । माओवादी केन्द्रकने लालकिल्ला मननिने ताँजाकाेटकाे वडा नम्बर १ मा ३२२, वडा नम्बर २ मा २८४, वडा नम्बर ३ मा ५८३ मत ल्याएका छन् । यसैगरी वडा नम्बर ४ मा ४५० र ५ मा ३१२ मत ल्याएका छन् ।
यसैगरी एमाले नेता रावलले क्रमश: ८८, २०९, २३३, १२६ र ११७ मत प्राप्त गरेका छन्। स्थानीय तहकाे निर्वाचनमा एक हजार बराबर मत ल्याएकाे एमालेकाे यश पटक मतभार घटेकाे छ ।
प्रदेशमा १४२७ मतले माओवादीकाे अग्रता
हुम्लाकाे प्रदेश निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका रणसिंह परियारले स्वतन्त्र उम्मेरदार मंगलबहादुर शाहीबाट १४२७ मतले अग्रता देखाएका छन् ।
ताँजाकाेट गाउँिालिकाका ५ वटै वडामा खसेका कूल मत मध्य परियारले १८२२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेरदार शाहीले ३९५ मत ल्याएका छन् । ताँजाकाेटबाट नेकपा (एमाले) का दल फडेराले ३५० मत ल्याएका छन् । ताँजकाेटमा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ९६ मत खसेकाे छ ।
यसैगरी ताँजाकाेटमा हलाेमा ३ मत खसेकाे छ भने ७४ मत बदर भएका छन् ।