चैत १०, सिमकोट ।तिनै तहका सरकारका वषैभरी योजना कार्यान्व्यनको अवस्था निकै ढिला भएको बुरा चलिरहेका वेला एक सामुदायिक विद्यालयले भने निर्माण शुरु भएको १६ दिनमै पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ ।
संघ, प्रदेश र गाउँपालिकाबाट बिनियोजित योजनाको प्रगति निकै सुस्त भैरहेका वेला जिल्ला सदरमुकाम सिमकोटमै भएको बालमन्दिर माध्यमिक विद्यालयले आप्mनो पुस्तकालय यती छिटो निर्माण गरेको हो ।
विकासको आवश्यक्त र सम्बन्धित स्थानीय वासिन्दाको काम गर्ने इच्छा शक्ति भए काम गर्न धेरै समय नलाग्ने सफल उदारहणका रुपमा आफुले विद्यालयको पुस्ताकालय निर्माण गरेको उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए ।
गाउँपालिकाले पुस्तकालय निर्माणका लागि दिएको साढे ६ लाख अनुदान सहयोगमा हामी (विद्यालय परिवार) आफैले शिलान्यास भएको १६ दिनमै पुस्तकालय भवन निर्माण सम्पन्न गरेका हौं, प्रधानाध्यापक रोकायाले भने, “विद्यालयमा पुस्तकालयका लागि आवश्यक भवन नहुँदा निकै समस्या थियो । त्यही समस्यालाई लिएर गाउँपालिकासँगको अनुरोधमा साढे ६ लाख रकम पाएपछि यति छिटै भवन निर्माण गर्न संभव भयो ।
हरेक फागुन १ गते देखि विद्यालयमा नयाँ शैक्षिक शत्र शुरु भएर पढाई शुरु भएपछि पनि भवन निर्माण कार्य सम्पन्न यति चाँडो भएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए
विकासका गर्न सम्बन्धित सेवाग्राही जाँगरिला भए मौशम र समयले काम गर्न नरोक्ने उदाहरण बालमन्दिर स्थापित गरेको बताएका अध्यक्ष लामाले भने, “अब हिउँ र जाडोले विकासका काम रोकिन्छन् भन्ने सिमकोटको मान्यता तोडिएको छ ।”
विद्यालयमा भएको हिउँ पन्छाएर पनि काम सम्पन्न गर्नु सानो कुरा नभएको बताएका सिमकोट गाउँपालिकाका कार्यकारी अधिकृत अर्जुन दर्जीले वालमन्दिर झैं सबै उपभोक्ता तथा ठेकेदारहरुले काम गर्न सके पालिकाका योजनाले सोचेभन्दा धेरै छिटो उपलब्धी हाँसिल गर्ने बताए । उनका अनुशार चालु आर्थिक वर्षमा सिमकोट गाँउपालिकाका मात्र सत्तरी भन्दा पुर्वाधार विकास निर्माणका योजनाहरु विनियोजन गरिएका ।