हुम्ला (अदानचुली) । निर्वाचित भएदेखि नैं विवाद शुरु भएको हुम्लाको अदानचुली गाउँपालिकाको प्रशासकीय भवनमा जनप्रतिनिधिले नैं तालाबन्दी गरेका छन् ।
लामो समयपछि कार्यालयमा पुगेका निमित्त प्रमुख पशासकीय अधिकृत र लेखापाललाई हाजिर गर्न नदिने भन्दैं गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार) नेतृत्वमा गएका जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लामो समय बसेका प्रकाशकीय अिधकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापा गाउँपालिका पुगेर बिहिबार हाजिर गर्न कार्यालय पुगेका बेला उपाध्यक्ष रोकायाको नेतृत्वमा गएका वडा नम्बर ३ का वडा अध्यक्ष डिले फडेरा र वडा नम्बर ४ का वडा अध्यक्ष मनऋषी पाष्डेलगायतले दुवैजनालाई कार्यालयबाट निकालेर ताला लगाएका हुन् ।
उपाध्यक्षको नेतृत्वमा कार्यालय ताला लागेपछि कार्यकक्षमा पुगेका निमित्त कार्यकारी अधिकृत, लेखापालसहित पालिकामा आएका चार जना नयाँ कर्मचारीले समेत हाजिर गर्न पाएनन् । अधिकृत शाही र लेखापाल थापाले कार्यपालिकामा कुनै छलफल नगरी सुर्खेतबाट पालिकाको तीन करोड रुपैयाँ विभिन्न व्यक्तिको खातामा निकासा गरेको विषय छलफल नहुञ्जेलसम्म माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिले शाही र थापालाई हाजिर गर्न नदिने भन्दै कार्यालयबाट बाहिर निकालेको गाउँपालिकाकै एक कर्मचारीले जानकारी दिए ।
तत्कालीन सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालेमेल गरेर निर्वाचित भएका अध्यक्ष र उपाध्यक्ष बीच शुरुवाती देखि नै पदाकिकारीको क्षेत्राधिकारका विषयमा विवाद हुदैं आएको छ ।
गाउँपालिका अध्यक्ष मोशन विक्रम सिंह नेपाली कांग्रेसबाट र उपाध्यक्ष रोकाया माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा गएको साउन निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट शाहीलाई निमित्त अधिकृत नियुक्त गराए पछि विवाद चर्किदै गएको हो । गाउँपालिकाको कार्यपालिकामा बुहमत भएको माओवादी केन्द्रले स्वास्थ्य शााखा प्रमुख हंस महातारालाई निमित्त प्रशासकीय अधिकृत बनाउने निर्णय गरेपनि अध्यक्ष सिंहले शाहीलाई ल्याएपछि गाउँपालिकाको विवाद सहतमा आएको हो । गाउँमा उपाध्यक्षले अघि सारेका महतारा र सुर्खेतमा अध्यक्ष सिंहले राखेका शाहीले कार्यकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
एउटै पालिकामा दुईजना कार्यकारी अधिकृत रहेका समाचार प्रकाशित भएपछि पछिल्लो समय अदानचुली गाउँपालिकाको विवाद एकपछि अर्को गर्दै सार्वजनिक भैरहेका छन् । विवादकै बीच गाउँपालिका उपाध्यक्ष रोकायाले अध्यक्ष सिंह र शाहीले गाउँपालिका अपहरण परेको भन्दै गएको मंसिर ११ गतेको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा उजुरी दिएका थिए । लामो समय कार्यपालिका बैठक समेत बस्न नसकेको अदानचुलीमा हिउँदे सभा र अन्य कामको तयारीका साथ अध्यक्ष सिंह अधिकृत र लेखापालसहित बिहिबार पालिका पुगेका थिए ।
अध्यक्ष सिंह, निमित्त कार्यकारी अधिकृत शाही र लेखापाल थापामाथि सुर्खेत बसेर गाउँपालिकाको तीन करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरेको आरोप लगाएका उपाध्यक्ष लगायतका माओवादीबाट निर्वाचित जनप्रतिनिधिले चर्को बिरोध गर्दै आएका थिए ।
बिहिबार अपरान्ह देखि गाउँपालिकाकाको अधिकृत, लेखापाल, प्रशासन, इन्जिनियर र सूचना अधिकृत शाखामा ताला लगाइएको छ । लामो समय सुर्खेतबाट पालिका सञ्चालन गरेको, आफूहरुसँग कुनै परामर्श नगरेको भन्दै आक्रोसित बनेका उपाध्यक्ष लगायतका जनप्रतिनिधिले एकाएक पालिका आउने बित्तिकै हाजिर गर्न गएको भन्दै तालाबन्दी गरेका हुन् ।
उता निमित्त कार्यकारी अधिकृत शाहीले भने आफू सुर्खेतमै भएपनि गाउँपालिकाको सेवा प्रवाहमा कुनै असर नपारी सबै काम गरेको प्रतिकृया दिएका छन् । ‘हामी –अधिकृत र लेखापाल) आप्mनै कार्यकक्षमा काम गर्न लागेका थियौं,’ उनले भने, ‘त्यतिबेला पालिका उपाअध्यक्ष, ३ नम्बरका वडा अध्यक्ष र ४ नम्बरका वडा अध्यक्ष आएर आफूलाई अभद्र व्यावहार गरेर कार्यकक्षबाट बाहिर पठाएर कार्यालयमा ताला लगाउने काम भयो ।’
अधिकृत र लेखापाललाई बाहीर ल्याउने क्रममा प्रमुख प्रसासकीय अधिकृतको कार्यलयका सहयोगी धनबहादरु बुढाले आफुलाई सामान्य हातपात भएको आरोप अधिकृत शाहीले लगाएका छन् । कार्यकक्षबाट बाहिर ल्याउन खोजिहेको बेला मैले यता केही नगर्नुस् भन्दा ४ नम्बरका वडा अध्यक्ष पाण्डे र उपाध्यक्षका कार्यलय सहयोगी दीपक बुढाले हातपात गरेको र भर्याङबाट तल खसालेको दावी अधिकृत शाहीको छ । तर आफुहरुले कुनै हातपात नगरेको र छलफल नगरी कुनै कामकाज गर्न नपाउने भन्दै उनिहरुलाई बोलाउन गएको वडा अध्यक्ष पाष्डेले दावी गरे ।
भौतिक रुपमा विवाद सृजना भएपछि अहिले अदानचुली गाउँपालिकाको अवस्था निकै तरल अवस्थामा छ । जतिखेर जे पनि हुनसक्ने भन्दै पदाकिकारी र कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गाउँपालिका अध्यक्ष सिंह र कार्यकारी अधिकृत शाहीका सुरक्षामा श्रीनगर प्रही चौकीका सुरक्षाकर्मी तैनाथ गरिएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष आ–आफ्नै कार्यकक्षमा बसेपनि मकुनै बोलाचाल भएको छैन् ।
स्थानीय तहाके निर्वाचन पश्चात तत्कालिन सत्ता गठबन्धनको शक्ति सन्तुलनका लाविग क्रियासिल बनाइएको गठबन्धनको संयन्त्रले पनि विवादलाई कुनै टुंगोमा प¥याउन सकेको छैन । अध्यक्ष र उपाध्यक्षको पक्ष आफ्नै अडानमा टसकोमस नहुने भएपछि संयन्त्रको बैठक नै बस्न नसेको संयन्त्रका सदस्य तथा माओवादी केन्द्र अदानचुली गाउँ कमिटि अध्यक्ष हरीदल पुनले जानकारी दिए ।
पालिका एक अधिकृत दुई
भ्रष्टाचार मुद्दामा प्रमुख कार्यकारी अधिकृत निलम्बित भएपछि हुम्लाको अदानचुली गाउँपालिकामा दुई कार्यकारी अधिकृतले काम गर्दै आएका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै व्यक्तिलाई निमित्त तोक्दा एक गाउँपालिकामा दुई अधिकृतले निमित्तको काम गर्दै आएका छन् ।
तत्कालीन अधिकृत प्याकुरेललाई अख्तियारले निलम्बन गरेपछि रिक्त रहेको अधिकृतमा बहुमतको निर्णयमा आधारमा उपाध्यक्षले महतारालाई जिम्मा दिने एकल निर्णयबाट र अध्यक्ष सिंहले जिल्ला प्रशासन कार्यालयमा काम गर्दै आएका मेघनाथ शाहीलाई मन्त्रालयबाट सरुवा गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याएपछि एक पालिकामा दुई अधिकृतले काम गर्दै आएका छन् ।
स्थानीयका अनुसार शाही पालिकामा भन्दा बढी सुर्खेत बस्ने गरेका छन् । त्यहीँ बसेर पालिकाका अध्यक्षको आदेशमा काम गर्ने गरेका छन् । उपाध्यक्षले नियुक्त गरेका महतारा गाउँमै छन् । तर, उनले पनि पालिकामा प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ । अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवाग्राही मर्कामा परेका छन् ।
स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ, तर हुम्लाको अदानचुली गाउँपालिकामा दुईजना प्रशासकीय अधिकृत छन् । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको कामसमेत प्रभावित भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई र उपाध्यक्ष कर्ण रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका छन् ।
उपाध्यक्ष रोकायाले गाउँपालिकाको गत ९ साउनमा बसेको कार्यपालिका बैठकबाट महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेका थिए । किनभने कार्यपालिमा उनको बहुमत थियो । तर, अध्यक्ष सिंहले त्यसको बेवास्ता गर्दै शाहीलाई निमित्त दिएपछि एउटै पालिकामा दुईजना प्रमख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका छन् । कांग्रेसबाट निर्वाचित सिंह र माओवादीका निर्वाचित रोकायाबीच सुमधुर सम्बन्ध छैन ।
अध्यक्ष सिंहले शाहीलाई आफू जहाँ गयो त्यहीँ लिएर जाने गरेका छन् । उपाध्यक्ष रोकायाले पनि त्यस्तै गर्ने गरेका छन् । शाहीले गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार हेर्दै आएका छन् । स्थानीयका अनुसार शाही पालिकामा भन्दा बढी सुर्खेत बस्ने गरेका छन् । त्यहीँ बसेर पालिकाका अध्यक्षको आदेशमा काम गर्ने गरेका छन् ।
उपाध्यक्षले नियुक्त गरेका महतारा गाउँमै छन् । तर, उनले पनि पालिकामा प्रभावकारी काम गर्न नसकेको स्थानीयको गुनासो छ । अध्यक्ष र उपाध्यक्षबीचको विवादले सेवाग्राही मर्कामा परेका छन् ।