हुम्ला । जिल्लामा हुने कुनै पनि अपराधिक घटनाहरू न्यूनिकरणका लागि सञ्चारकर्मीहरूको पनि उत्तिकै साथ र सहयोग हुनु पर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताएका छन् । मंगलबार दाङ जिल्लाबाट सरुवा भएर हुम्ला आई पुगेका प्रनाउ भटराईले बुधबार सन्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् ।
उपरिक्षक भट्टराईले चौबीसै घण्टा प्रहरी नागरिक जिउधनको सुरक्षाका लागि खटिने भएका कारण प्रहरीबाट हुने व्यवहार पनि नागरिकमैत्री बनाइने बताए । नागरिक पनि बर्दीबिनाको प्रहरी भएका कारण प्रहरीले शान्ति सुरक्षा प्रदान गर्दा मिठो बोली र व्यवहार गर्ने जानकारी दिए । नागरिकमैत्री व्यवहार जिल्लामा मात्र नभएर मातहतका सबै प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा खटिने प्रहरीमा लागु हुने उनको भनाई छ ।
उनले भने सबै कुरा प्रहरीले मात्रै सुचना लिन नसक्ने र यसका लागि पत्रकारहरुको पनि उत्तिकै सहयोग र समन्वयको आवश्यकताको खाँचो रहेकोले जुनसुकै घटनाहरुलाई पनि न्युनिकरण गर्न सकिने प्रतिक्रिया दिए ।
बुधबार दिउसो १ वजे जिल्ला प्रहरी कार्यालय हुम्लामा जिल्लाका क्रियाशिल पत्रकारहरुसंगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नयाँ प्रहरी नायव उपरिक्षकका रुपमा आगमान हुनु भएका भटराईले जिल्लामा उठेका विभिन्न विकृति, विसंगति, अवराधिक तथा ज्यादतिका घटनाको खोजि कार्य गरिनुका साथै यसलाई निर्मुल गर्नका लागि आफु सदैव तयार भएको बताए ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले नयाँ प्रहरी नायव उपरिक्षक भटराईलाई स्वागत गर्दै जिल्लामा हाल उठेका विभिन्न समस्या मध्ये लोकल मदिरा न्युनिकरण, सार्वजनिक स्थानमा धुम्रपान, चरेस, गाँजा र जुवातास लगायतका विकृतिहरुलाई पनि घटनाका रुपमा लिएर निर्मुल गरिनु पर्नेमा जोड दिए ।
अध्यक्ष रावतले जिल्लाको सदरमुकाम सिमकोट लगायतका आसपासका गाउँपालिकामा सञ्चालन हुँदै आएका यातायात व्यवसायीहरुले लिंदै आएको चर्को भाडा दर निर्धारणको चरम लापरर्वाहीलाई पनि प्रहरीले गम्भिरता पूर्वक नियालेर हेरिनु पर्नेमा बताएका थिए ।
विगतदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय हुम्लामा बाल विवाहका घटनाहरुको उजुरी दर्तामा अति कमी हुनु जस्ता समस्यालाई प्रमुख कारक तत्वका रुपमा हेर्न सकिने सन्चारकर्मीको भनाई छ । जसले गर्दा हुम्लाका केही गाउँपालिकामा मात्रै एक वर्षको अवधिमा बाल विवाहकै कारण कम्तीमा पनि ४।५ जनाले आत्म हत्या गरेको घटनाहरु समेत बाहिरिएका छन् ।
यि विविद समस्यालाई मध्य नजर गर्दै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासनले गाउँबस्ती र टोल टोलमा गएर जनचेतनामुलक कार्यक्रम गरिनु पर्नेमा सन्चारकर्मीहरुले अनुरोध गरेका थिए । उक्त कार्यक्रममा प्रनाउ भट्टराईले जिल्लामा कुनै पनि घटना हुन्छन तर ति घटनालाई कोही कसैले पनि सनसनी पुर्ण नगराई सहज रुपमा सफल्ता गरिनु पर्ने आग्रह गरे ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको जानकारी दिँदै यो कार्य सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए । सुरक्षित कर्णाली प्रदेश अभियान पनि हुम्ला लागु गर्ने बताउँदै जिल्लावासीलाई सबै क्षेत्रबाट सुरक्षित रहेको अनुभूति भएको अनुभव गराइने उहाँले जानकारी दिनु भयो ।
प्रहरीबाट प्रवाह हुने सेवा र सुविधालाई सहजताका साथ प्रदान गरिने समाजमा सचेतनाका कार्यक्रम प्रहरीले सञ्चालन गर्ने भएको छ । समाजमा रहेका हरेक समस्यालाई उठान गर्ने उदेश्यका साथ प्रहरीको मुष्कान सहितको सेवाका लागि प्रहरी प्रशासन सदैव एक्यवद्धता रहेको भटराईले प्रतिवद्धता जनाए ।