सिमकोट । नेपाल कम्ययुनिष्ट पार्टी (एमाले)ले देशका तीन वटै तहमा अब एमाले बहुमतको पार्टी बन्ने केन्द्रिय सदस्य डम्बर बहादुर सिंहले दावी गरेका छन् । नेकपा एमालेको दुई महिने मिसन ग्रासरुट अभियानका लागि हुम्ला पुगेको नेता सिंहले यस्तो बताएका हुन् ।
शनिबारबाट हिमाली जिल्ला हुम्लामा शुरु हुन लागेको मिसन ग्रासरुट अभियानका बारेमा जानकारी दिन शुक्रबार प्रेस चौतारी नेपाल जिल्ला कमिटी हुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्इ सिंहले स्थानीय तह, प्रदेश र संघका तीन वटै तहका कमिटीलाई क्रियासिल बनाएर सबै तहमा एमालेलाई ठूलो पार्टी निर्माण गर्ने उद्देश्यले दुई महिने मिसन ग्रासरुट शुरु गरेको जानकारी दिए ।
हुम्लाका सातवटा गाउँपालिका र ४४ वटै वडामा एमालेको मिसन ग्रासरुट अभियानले पार्टीका स्थानीय तहका नेता कार्यकर्ता र मतदाता स्तरबाट उठेका आवाजको समेत संवोधन गर्ने उल्लेख गरेका सिंहले पार्टीका सबै कमिटी र सदस्यलाई क्रियासिल बनाउनका लागि अभियान सञ्चालन गरेको बताए ।
पार्टी केन्द्रको निर्णय अनुसार देशका ७७ वटै जिल्ला र ७ सय ५३ वटा स्थानयि तहमा नेकपा एमालेका केन्द्रीय प्रतिनिधि परिचलन गरेको र सोही अनुसार प्रदेश र जिल्ला कमिटीले समेत नेताहरु परिचलान गरेको बताएका एमाले केन्द्रीय सदस्य सिंहले भने ‘अभियान पछि एमाले तिनै तहको सबैभन्दा ठूलो पार्टी बन्ने निश्चित छ ।’
अहिलेसम्म पनि राष्ट्रिय सडक सन्जालले नछोएको हुम्लाको सदरमुकाम सिमकोट भनेको मानसरोवरको मुख्य गेटका रुपमा रहेको र यसले प्रचुर सम्भावन बोकेको धारणा राखेका सिंहले धार्मिक पर्यटकीय स्थलका हिसाबले सडक सञ्जालको पहुँजमा अछुतो रहे पनि देशको एक नम्बर जिल्लाका रुपमा रहेको बताए ।
सम्मेलनमा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालले व्यहोर्नु परेको हार, लघु वित्तिय संस्थाले जनताको ढाड सेक्ने गरि उठाएको व्याज, महिला श्रमीकहरुले पाउँदै आएको ज्याला, जिल्लामा स्थापित क्याम्पसहरुको पठनपाठनको अवस्थालगायतका विविध समस्यालाई नेकपा एमालेले त्यसको सम्बोधन गर्नु पर्ने सहभागि भएका पत्रकारहरुले सुझावका रुपमा भनाई राखेका थिए । पत्रकारहरुको सुझावाईलाई फागुन १३ गते शनिबारदेखि हुने नेकपा एमालेको मिसन ग्रासरुट अभियान टोलिले त्यसको समाधानको खोजि गर्ने एमाले हुम्लाका पार्टी उपाध्यक्ष डबल रावतले जानकारी दिए ।
पत्रकार सम्मेलन कार्यक्रममा प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहको अध्यक्षतामा नेकपा एमाले हम्लाको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।