चैत १४, सिमकोट । जिल्लाको सर्केगाड गाउँपालिका वडा रिपमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुदा विरामीलाई समस्या भएको छ । सकड सञ्जालले नजोडिएको जिल्लाका नागरीक विरामी हुँदा एक दिनको पैदल हिडेर विरामी बोकेर नै जिल्ला अस्पताल सिमकोटमा ल्याउनुपर्ने बाध्यता रहेको छ ।
यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिका वडा तीनका स्थानिय नागरीक सामान्य झाडापखाला र टाउको दुख्ने विराम हुदा रायाँ स्वास्थ्यचौकीमा उपचार नहुँदा विरामी बोकेर नै जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । त्यहाँका नागरीक विरामी हुँदा उपचारका लागि नजिकैमा रहेको रायाँ स्वास्थ्यचौकीमा पुग्दा औषधि दिने मान्छे कोही नभएको स्थानिय मान बहादुर परियारले गुनासो गर्नुभयो ।
परियारका अनुसार आफ्ना बुवा दमका रोगी भएकाले र आमालाई रागुन घुडा,गाडा दुख्ने रोगले सताएको आफुले उपचारका लागि सिमकोटमा रहेका फार्मेसीबाट औषधिको लागि सुई किनेर लगेको र खोप लगाउने सवस्थ्यकर्मी समेत नपाएको गुनासो छ ।
रायाँ स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा विरामीहरुले जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । रायाँ स्वास्थ्यचौकीमा चेकजाँच गर्ने र औषधि दिने कोही नभएपछि जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता रहेको छ ।
स्वास्थ्यचौकीमा सिटामोल भएता पनि सिटामोल दिने मान्छे नभएको दुखेसो परियारले गर्नुभयो । अहिले त्यहाँका नागरीक विरामी हुँदा जिल्ला अस्पताल सिमकोटमा नै धाउनुपर्ने बाध्यता रहेको छ ।
राया स्वास्थ्यचौकीमा चारजनाको दरबन्दी छ । एक जना हेल्थ असिस्टेन्ट, एक अहेब र दुईजना अनमी गरी चारजनाको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी उपचारविनै फर्कनुपर्ने बाध्यता रहेको छ । स्वास्थ्यकर्मी नभएपछि सरसफाई स्वच्छता प्रवद्र्धनका कर्मचारी जरम शाहीले किडबक्सबाट दिएको पारा सिटामोल र मेट्रो औषधि लिएर त्यहाँका विरामी घर फर्कन बाध्यता रहेको छ ।
स्वास्थ्य इन्चार्ज भगवती श्रेष्ठ र अनमी लोकमाया ओली घर बिदामा गएको जानकारी प्राप्त भएको छ । अनमी कविता बुढा तालिमकै सिलसिलामा सुर्खेत झरेकी छिन् । स्वास्थ्यचौकीका अहेब ओमप्रकाश कुसुहा होली मनाएर औषधि लिएर आउने भन्दै सदरमुकाम सिमकोट झरेकाले अझै नफर्किएको स्थानीयको भनाइ छ ।
अहिले स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा औषधि भए पनि सेवाग्राहीले सेवा पाउन नसकेको वडाध्यक्ष गुमन रावलको भनाइ छ ।
यस्तै, सिमकोट गाउँपालिका–७ स्थित धारापोरी स्वास्थ्यचौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । महिला स्वास्थ्यकमी नहुँदा गर्भवती भएका महिलाहरुलाई चेकजाँच गराउन समस्या भएको सिमकोट गाउँकार्यपालिका विनोद विकले बताउनुभयो ।
दुई जना अनमिको दरबन्दी रहेता पनि तालिम भन्दै नेपागञ्ज सुर्खेत झरेकाले समस्या भएको सदस्य विकले बताउनुभयो ।
गर्भवती महिलाले धारापोरी स्वास्थ्यचौकीमा स्वास्थ्यउपचार गर्ने महिला स्वास्थ्यकर्मी नहुँदा एक दिनको पैदल हिडेर जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।
जिल्लाका अधिकांस स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा विरामीहरुले जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ ।