चैत १८, काठमाडौं । बारा र पर्सामा आएको भीषण हावाहुरीबाट भएका घाइतेलाई संघिय सरकारले उपचार गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।
केही बेर अघि सकिएको मन्त्री परिषदको बैठकले आँधीले घाइते भएका सबै परिवारलाई निशुल्क उपचार गर्ने, आँधी प्रभावित क्षेत्रमा खानेकुरा, पानी, सञ्चार, स्वास्थ्य सेवाको कमी हुन नदिने निर्णइ भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वास्कोटाले जानकारी दिए ।
उनका अनुशार आँधी प्रभावित क्षेत्रको थप राहत तथा अन्य उद्दारका कामको समन्वय गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको छ । बैठकले आँधी प्रभावित क्षेत्रका आवश्यक सहायोग गर्न संघिय सरकार प्रदेश र स्थानीय तहका सरकारसँग्को समन्वयमा लाग्ने निर्णइ गरेको छ ।
न राहत प्याकेज, न राष्ट्रिय शोक
आँधीमा प्रभावित भएका बारा र पर्साका परिवारलाई राहतको प्याकेज घोषणा गर्ने अनुमान गरिएको संयि सरकारले कुनै पनि राहत प्याकेज नल्याएरै मन्त्री परिषदको बैठक सम्पन्न भएको छ ।
आँधी प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री केपी ओली काठमाडौं पुगे लगत्तै बसेको मन्त्री परिषद बैठकले आँधी प्रभावितहरुका लागि कस्तो राहत प्रदान गर्ने भन्ने बारेमा कुनै प्रष्ट कार्यक्रम ल्याएको छैन् । ३० जनाको ज्यसयौको संख्यामा बिरामी पर्ने आँधी आएको बेला राष्ट्रिय शोकको घोषणा सम्म गर्ने आँकलन गरिएको बेला मन्त्री परिषदको बैटकले खासै ठोस निर्णय नगरेको टिप्पणी गर्न थालिएको छ ।