सिमकोट । नेपाली कम्युनिष्ट पार्टीका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा गठित मनमोहन स्मृती प्रतिष्ठान हुम्लाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नेकपा (एमाले) हुम्लाको पार्टी कार्यलयका रुपमा प्रयोग हुने मनमोन स्मृती प्रतिष्ठानको भवनको नाममा निर्माणाधिन भवनको काम निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएपछि अन्तिम चरणमा पुगेको भवन निर्माण समितिका अध्यक्ष तथा एमाले जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष डबल रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णाली प्रदेश सरकार मातहत गएको आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक कार्यक्रम अन्तरगत विनियोजित ४० लाखको लागतमा भवन निर्माण भएको हो ।
सातौ जिल्ला अधिवेशनमार्फत निर्वाचित दल फडेरा नेतृत्वको जिल्ला कमिटिले प्रतिष्ठानको नाममा जग्गा खरिद गर्ने र भवन निर्माणका लागि तत्कालीन शान्ति मन्त्रालयबाट ३० लाखको क्रमागत योजनाको प्रक्रिया अघि बढेको थियो । तत्कालीन समयमा शान्ति मन्त्रालय अन्यत्र गाभिएपछि निर्धारित योजना अनुसार जिल्ला कमिटिका सदस्य कमल बोहराको जग्गा खरिद गरिएको हो ।
‘माओवादीसँग पार्टी एकता भई नेकपा भएपछि तत्कालीन प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाको पूर्वाधार विशेष कार्यक्रममार्फतको १ करोड रकमले वक्ता बुढा प्रतिष्ठानका नाममा पार्टी कार्यालय खरिद भएपनि पछि नेकपा पार्टी पुनः विभाजन भएर पूर्ववत रुपमा गएपछि एमाले कार्याल्य बिहिनताको अवस्थामा पुगेपछि हामीले यो कामलाई अघि बढाएका हौं’ निर्माण सदस्य समेत रहेका एमाले उपाध्यक्ष रावतले थप्नुभयो ।
‘जिल्लाबाट स्थायी कमिटी सदस्य कमरेड गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यद्धय दल फडेरा र दल रावल, जिल्ला कमिटीका सबै साथीहरुको सहयोगको परिणाम स्वरुप नैं हुम्ला जस्तो दुर्गम जिल्लामा नेपाली कम्युनिष्ट पार्टीका पहिलो प्रधानमन्त्री मनमोहन अधिकारीको नाममा स्थापित मनमोहन प्रतिष्ठानको भवन निर्माणको कामलाई अन्तिम चरणमा पुर्याउन सफल भएका हौं’, भवन निर्माण समितिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी उपाध्यक्ष डबल रावतले भन्नुभयो ‘कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट तत्कालीन मन्त्री जितबहादुर मल्लले वार्षिक कार्यक्रममा समावेश गरेका कारण हामी भवन निर्माण गर्न सफल भएका हौं ।’
मन्त्रालयले डिभिजन वन कार्यलय आर्फत बिनियोजित गरेको ४० लाख बजेट मध्येको ३५ लाख निकास भएको बताउनु भएका जिल्ला पार्टी उपाध्यक्ष रावतले भवनकोे ९९ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको नाममा गठन भएको प्रतिष्ठानको भवन निर्माण गर्ने काम निकै मिहनतका साथ अघि बढाइएको हो । २०६८ साल अघिको एमाले जिल्ला कमिटि हुम्लाले जग्गा खरिद देखि प्रतिष्ठानको भवन निर्माणको प्रक्रिया अघि बढाएको भएपनि विविध कारण पुरा हुन नसकेको बताउनु भएका निर्माण समितिका अध्यक्ष रावतले ढिकै भएपनि संस्थागत रुपमा प्रतिष्ठानको नाममा जग्गा खरिद गरेर भवन निर्माण गर्न सफल भएको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य दल रावल प्रदेशको सामाजिक विकास मन्त्रीमा हुँदा प्रदेशबाट विनियोजित २० रकमले भवन निर्माणमा अपुग हुने भएपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट तत्कालीन मन्त्री जितबहादुर मल्लले थप गर्नु भएको २० लाख रकमले प्रतिष्ठानको भवननिर्माणको कामले तिब्रता पाएको हो । जिल्लाको सामाग्री ढुवानीमा महंगो र काठ तथा अन्य निर्माण सामाग्री खरिदमा हुने महंगीका कारण सोचे अनुसार घर निर्माण गर्न निकै समस्या भएको उल्लेख गर्नु भएका एमाले हुम्लाका उपाध्यक्ष रावलले अबको केहि समयमा जिल्लाको पार्टी कार्यालय प्रतिष्ठानको नयाँ भवनबाटै सञ्चालन हुने जानकारी दिनुभयो ।
अहिले ४० लाखको हो । यो निर्माणमा ३५ लाख भुक्तानी भएको हो । यसमा तल्लो तलामा एक जना अट्ने हल र २ कोठा छन् । माथिल्लो तलामा २ कोठा र पछि पार्टेशन गर्न ४ वटा कोठा निकाल्ने काम भैरहेको छ । अन्य काम अहिले भैरहेको छ । हाल भवन निर्माणका लागि अहिले पनि आर्थिक समस्याका वावजुत निर्माणको काम अन्तिम चरणमा बढेको निर्माण समितिका अध्यक्ष तथा जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष रावतले जानकारी दिनुभयो । निर्माणका क्रममामा काठमा निकै ठूलो रकम अपुग जस्तो देखिएको छ ।
यस्तो छ, दुई तल्ले भवन
जिल्लामा मनमोहन प्रतिष्ठानको भवन निर्माणका लागि जग्गा खरिद गर्न २०६८ साल तिर तत्कालिन शान्ति मन्त्रालय मार्फत ३० लाखको लागतमा क्रमागत योजनाका रुपमा अघि सारिएको हो । तत्कालिन हुम्ला पार्टी अध्यक्ष दल फडेरा र उपाध्यक्षका हैसियतले आफू निरन्तर लागेपछि भवन आजको दिनसम्म आईपुगेको जानकारी रावतले दिनुभयो ।
निर्माणको अन्तिम चरण पुगेको भवन दुई तले छ । भवनको भूई तल्लामा करिब एक सय जना अटाउने एक हल र २ वटा कोठन बनाइएका छन् । दुई तले भवनको माथिल्लो तल्लामा २ कोठा र एक हल छोडिएको छ । तर माथिल्लो तल्लामा थप ४ वटा कोठालाई पार्टेशन गरेर निकाल्ने योजना निर्माण समितिको छ ।
पार्टीका जिल्लाका पदाधिकारी, जनवर्गिय संगठनलाई समेत एकिकृत कार्यलय स्थापना गर्ने योजनाका साथ माथिल्लो तल्लामा पार्टेशनको काम अघि बढेको जानकारी दिनुभएका रावतले पार्टी जिल्ला अध्यक्ष, सचिव, जिल्ला इन्चार्जका लागि बेग्लै कोठाको व्यवस्था गरिने छ ।