चैत्र २०, सुर्खेत । आइतबार आएको हावाहुरी सँगैको आँधीले तहसनहस बनेको बारा र पर्साका आँधी पिडितलाई चार दिनको पारिश्रमिक दिन प्रमूख प्रतिपक्ष दलका नेपाली कंग्रेस कर्णाली प्रदेशका नेता जीवनबहादुरशाहीले प्रस्ताव गरेका छन् ।
मंगलबार बसेको कर्णाली प्रदेश सभा बैठकमा बोल्दै नेता शाहीले संसदमा उक्त प्रस्ताव गरेका हुन् । संसद बैठकमा बोल्दै नलका नेताहीले भने, ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, तराईमा आँधी आए पहाडले छेक्नु पर्छ’ ।
‘बारामा भयानक हावाहुरीबाट धनजन गुमाएका नागरिकहरु छटपटाइरहेको दर्दनाक अवस्था छ, संसद बैठकलाई संवोधन गर्दै शाहीले भने, 'हामीले मौखिक सहानुभूति दिएर मात्रै हुँदै् आँधी पिडित बारा र पर्सावासीलाई । हामीले (प्रत्येक सांसद) चार दिन बराबरको पारिश्रमिक पठाउन सभामुख मार्फत् रुलिङ गर्न यो प्रस्ताव राख्दछु।’ चार दिनको तलव भत्ता कटाएर पीडितलाई सहयोग गर्नुपर्ने उनको भनाई छ।
यसतर्फ प्रदेश सरकारले समेत गम्भीर बन्नुपर्ने बताए शाहीले कर्णाली प्रदेश सरकारले दुई नम्बर प्रदेश सरकारको यो पीडामा साथ दिनुपर्ने बताउँदै सभामुखसामु आग्रह गरे ।
त्यसैगरी, संसदमा विशेष समयमा बोल्दै सांसद रातो कामीले गत साल साउन २८ गतेदेखि भदौं ४ गतेसम्म आएको अविरल वर्षाका पीडितलाई तत्काल राहत दिन प्रदेश सरकारसँग आग्रह गरेका छन्। रुकुमको आठबीसकोट नगरपालिका वडा नं। ११ का पहिरो पीडितलाई तत्काल थप राहत उपलब्ध गराउन माग गरेका हुन्। ‘अहिले ३१ घर ध्वस्त छन्। ५२ घर अति जोखिममा छन्। गाउँमा त्रासको वातावरण बनेको छ। सरकारले तटबन्ध बनाइदेओस् या अन्य सुरक्षा सर्तकता अपनाउन सरकारको ध्यान जाओस्,’ उनले भने, ‘विगतमा सरकारले २० हजार प्रतिपरिवारको दरले राहत रकम दिएको थियो। त्यति राहतले मात्रै पुग्दैन। तत्काल थप राहतको व्यवस्था गर्न पहल गरियोस्।’