सिमकोट । नेपाल सरकारले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न गएका सर्केगाड गाउँपालिका वडा नम्बर १ का नागरिकले आप्mना लागि ऋण भएको बताएका छन् ।
सरकारले जेष्ठ नागरिक, बालबालिका, एकल महिला र अपङ्गता भएका व्यक्तिका लागि छुट्याएको रकम नागरिकका लागि साहारा होइन यो एउटा ऋण थुपार्ने माध्याम बनेको छ ।
यो समस्या हुम्लाको ग्रामिण क्षेत्रको सर्केगाड गाउँपालिका–१ तुम्च गाउँ निवासीको हो । यहाँ १ सय ४० घरधुरीको बसोबास छ । धेरै जसो क्षेत्री जातजातिका मानिसहरूको बसोबास छ । तुम्च गाउँदेखि गउँपालिका केन्द्र सर्केगाड पुग्न दुईतर्फि गरेर करीव १८ घण्टा लाग्ने गर्दछ ।
हुनत गाउँदेखि गाउँपालिका केन्द्र पुग्न गाडिबाटै जाने गर्दछन् । तर सामाजिक सुरक्षा भत्ता गाउँमै उपलव्ध नगराएर गाउँपालिका केन्द्रमै जानु पर्ने भएपछि गाडिको प्रयोग गर्नु पर्दा एक वर्ष भरिको आएको भत्ता गाडि भाडा तिर्नु पर्ने भएको तुम्चका स्थानीय रामसरण रावतले गुनासो गर्नु भएको छ ।
सरकारले ०७८ सालेदेखि सामाजिक सुरक्षा भत्ता गाउँमै लगेर हातमा बुझाउने प्रक्रिया नगरि प्रत्येक व्यक्तिको बैँक खातामा जम्मा गर्ने भएपछि दुई वर्षदेखि तुम्चका स्थानीयले भत्ता भूक्तानीको सट्टा ऋण बोक्नु पर्ने बाध्यता छ ।
तुम्चका स्थानिय रावत भन्नु हुन्छ आफ्नो बच्चाको भत्ता झिक्नका लागी ३ दिन लागेको छ । आफुलाई पहिलो दिन वडा कार्यलयको सिफारीस बनाउन, दोस्रो दिन गाउँपालिका केन्द्र पुग्न र तेस्रो दिन सिटिजन्स बैँकबाट भुक्तानी गर्न लागेको रावतले गुनासो गर्नु भएको हो ।
नेपाल सरकारले एक वर्षमा बाल भत्ता ६ हजार ३ सय ८४ रुपियाँ दिएको भए पनि गाडी भाडा र रासन पानी किनेर खाँदै झन बढि खर्च भएको स्थानीय रावतको भनाई छ । “रावतले भन्नु भयो” बर्ष भरिको मेरो छोराको भत्ता ६ हजार ३ सय ८४ रुपियाँ आयाको थियो, गाउँदेखि गाउँपालिका केन्द्रसम्म आउदा जाँदै ६ हजार गाडी भाडा गई सक्यो, २ हजारको खानामा खर्च हुँदा थप १ हजार ५ सय उल्टै ऋण बोकेर घर फर्कनु परेको पीडा देखाउँनुभयो ।
त्यसैले सरकारले सामाजिक सुरक्षा भत्ता दिएको होइन मान्छेलाई थप बोझ गराउने ऋण भएको छ ।गाउँबाट करीव २ घण्टा जति पैदल हिडेर विच बाटोमै थकाई मेटाउनका लागि बसेकी ७२ वर्षीया जेष्ठ नागरिक होइजाली रावत भन्नु हुन्छ एक वर्षमा ४८ हजार रुपियाँ आउँछ गाउँ टाढा भएकोले त्यो रकम बाटोमा आवत जावत गर्दै खर्च भई हाल्छ ।
सरकारले दिएको भत्ता भन्दा बढि व्यक्तिगत खर्च हुन्छ । गाउँपालिकाले गाउँमै पुराउने व्यवस्था नगरे विच बाटोमै विलयन हुने सम्भावन भएको पीडा जेष्ठ नागरिक रावतले सुनाउनु भएको छ । यो ठाउँ भौगोलिक विकट छ, यहाँ नियमित रुपमा पानी परि रहन्छ, कति वेला माथिबाट पहिरोले पुच्छ त्यो पनि थाहा छैन !
मेरा तुम्चका नागरीकका जसो दुख अरु कसैका वडामा छैन होला जेष्ठ नागरिक रावतले गुनासो गर्नु हुन्छ । यो कस्तो ठाउँमा जन्म भयो होला नत नेपाल सरकारको ध्यान जान्छ नत स्थानीय सरकार ? जेष्ठ नागरिक रावतका अनुसार कर्णाली करिडोर छोएको उक्त क्षेत्रमा अहिले पनि आउन १ हजार ५ सय र जान १ हजार ५ सय रुपियाँ लाग्ने गरेको छ भने सर्केगाडको महंगीका कारण रासनमा २ हजार गरी उल्टै ऋण बोकेर घर फर्कनु पर्छ ।
गाउँपालिकाकै सबै भन्दा टाढाको दुरीमा रहेको १ नम्बर वडाको आदा जनसंख्या भएको तुम्च गाउँका नागरीकलाई सामाजिक सुरक्षा भत्ता निकासा मात्र नभई वडाबाट सिफारीस ल्याउन पनि एक दिन पैदल हिड्नु पर्ने बाध्यता छ ।
स्थानिय सरकार भएदेखि गाउँ गाउँमा सिंहदरबार आएको आभास अरु वडाका नागरीकलाई भए पनि तुम्चका नागरीकलाई महशुस नभएको अर्का ८२ वर्षीय जेष्ठ नागरिक सिंगबहादुर रावतले गुनासो गर्नु भएको छ । संघियता आएदेखि अरु क्षेत्रका नागरीकले नजिकैबाट सेवा सुबिधा लिईरहेका छन् तर हामीले अहिलेसम्म पनि समस्या भोगिरहनु परेको रावतको भनाई छ ।
उक्त क्षेत्रमा सामान्य सडक संञ्जालको पहुँज भए पनि स्थानिय सरकारबाट सेवा सुबिधा लिन सकस भएको छ । अहिलेको समयमा तुम्चदेखि गाउँपालिका केन्द्रसम्म सडक सन्चालनमा आएपनि एकतर्फी ९ घण्टा लाग्ने भएकाले समस्या भएको हो । गाउँपालिकाको वडाको भुभाग आदा अदानचुली गाउँपालिकाको र आदा सर्केगाड गाउँपालिकामा पर्ने गरेको छ ।
सोही टोलमा करीव २ सय ५० घरदुरी छन् त्यस मध्ये सर्केगाड गाउँपालिकाका १ सय ४० र अदानचुली गाउँपालिकाका १ सय १० घरदुरी बसोबास गर्दै आएका छन् । उनिहरुको वास एकै भए पनि सर्केगाड गाउँपालिका तर्फका स्थानीयलाई अनेक समस्या भएको छ ।
घरमा आयास्रोत र पैसा भएकालाई बराबर भए पनि निम्न बर्गका नागरीकलाई उल्टो ऋण लाग्ने गरेको छ । यसरी नागरीकलाई प्रत्यक्ष रुपमा समस्या भइरहदा पनि सरकारले आफुलाई हेर्न नसकेको स्थानियले गुनासो गर्दै आएका छन् ।
विगतमा प्रत्येक गाउँमा हातमै भत्ता वितरण गर्ने प्रव्धानले अक्तियार पर्ने भएको र अव त्यासो हुन नदिनका लागि ०७८ बाट सरकारले बैँकको अवधारणा ल्याएको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताउनु भएको छ । उहाँका अनुसार अव गाउँमै गएर भत्ता उपलव्ध गराउने अवस्था छैन ।
जेष्ठ नागरिक आएर लिन नमिल्ने भए पनि इच्छाएको व्यक्तिलाई वडाले सिफारीस गरि पठाएमा सो रकम झिक्न मिल्ने व्यवस्था सम्म गराउने प्रव्धान रहेको उपाध्यक्ष कार्कीले बताउनु भएको छ । सेर्केगाड गाउँपालिका–१ नम्वर वडामा हालसम्म जम्मा ६ सय १४ जना व्यक्तिहरू सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित छन् ।
जस मध्ये ७० वर्ष भन्दा माथिका १ सय ४२ जना जेष्ठ नागरिकले प्रति व्यक्ति ४८ हजार, ६० वर्ष भन्दा माथिका ८३ जना जेष्ठ नागरिकले प्रति व्यक्ति ३१ हजार ९ सय, एकल महिला २० जनाले प्रति व्यक्ति ३१ हजार ९ सय, पुर्ण अपाङ्गता भएका ८ जना व्यक्तिले प्रति व्यक्ति ४८ हजार, अति असक्त अपाङ्गता भएका ३७ जना व्यक्तिले प्रति व्यक्ति २५ हजार ५ सय ३६ र ३ सय २४ जना बालबालिका प्रति व्यक्तिलाई ६ हजार ३ सय ८४ रुपियाँ उपलव्ध गराउँदै आएको १ नम्वर वडाका खरिदार पदम छत्यालले बताउनु भएको छ ।