बैतडी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नु भएको छ ।
पार्टीले बिहिबारदेखि शुरु गर्ने ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ को उद्घाटनका लागि बैतडी पुग्नु भएका अध्यक्ष ओलीले बुधबार साँझ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गर्नु भएको छ ।
मन्दिरको दर्शनपछि अध्यक्ष ओली, उपाध्यक्ष इश्व्र पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरु सन्ध्याकालीन आरतीमा समेत सहभागी हुनु भएको छ । सन्ध्याकालीन आरतीमा सहभागी हुनु भएका ओलीलाई प्रसाद स्वरूप तामाको गाग्री प्रदान गरिएको छ । एमाले अध्यक्ष ओलीसँगै केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूले समेत निङ्गलाशैनी भगवतीको दर्शन गर्नु भएको छ । त्यसको लगत्तै अध्यक्ष ओलीले एमाले जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नु भएका छ ।
यस अघि आजै बैतडी पाटनमा आयोजना गरेको कार्यक्रमलाई अध्यक्ष ओलीले संवोधन गर्नु भएको थियो । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा को उद्घाटनका भोली हुँदै छ । नेपाली झन्डा झन्डोत्तोलन गरेर शुभारम्भ गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका जिल्ला सचिव चक्र कार्कीले जानकारी दिए ।
सङ्कल्प यात्राको उद्घाटनपछि त्रिपुरा सुन्दरी मन्दिरको दर्शन, सहिद दशरथ चन्द, बलदेव रिचपलेको सालिकमा माल्यार्पणको कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना गरिएको छ । त्यसपछि साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासङको भेटघाट रहेको जनाएको छ ।
यो यात्रा मध्य पहाडी लोकमार्ग केन्द्रित हो । सङ्कल्प यात्राका क्रममा स्थानीयसँग भेटघाट,सीमा
समस्याका विषयमा छलफल र राष्ट्रिय एकताको सबल आधार निर्माण गर्ने उद्देश्यले अभियानको आयोजना गरिएको एमालेले जनाएको छ ।