ताँजाकोट । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा एकैदिन ३ सय दाँते ओखरका बिरुवा लगाइएको छ । मंगलबार गाउँपालिका अध्यक्ष, अनुगमन समितिका संयोजक समेत रहनु भएका गाउँपाकिला उपाध्यक्ष, गाउँपालिका कृषि बिकाश शाखा लगायत स्थानिय नागरीकको सक्रियता उत्त बिरुवा रोपिएको हो ।
मुख्यमन्त्री रोजगारको १ सय दिन काम अन्त्रगत दाँते ओखरका बिरुवा रोप्ने काम गरिएको स्वास्थ्य शाखा संयोजक धनराज ढकालले जानकारी दिएका छन । उनका अनुसार गाउँपालिकाको कृषि बिकाश शाखाद्धारा बिरण गरिएका अन्य बिरुवा समेत रोपिएको छ । आजै गाउँपालिका अध्यक्ष लालकेश जैसी, उपाध्यक्ष सुरेन्द्र बहादुर थापा लगायतको टोलीलले वडा नम्बर २ को माथिल्लो भाट्याका घेरबार सिचाईँ लगायतको अनुगमन गरिएको छ ।
उपाध्यक्ष थापाको नेतृत्वमा गरिएको अनुगमनमा वडा नं १ मा मुख्यमन्त्री रोजगार अन्तर्गत २० लाख बजेटमा निर्माण सम्पन्न भएको सामुदायिक स्वास्थ्य इकाईको घेरबार, प्रधानमन्त्री रोजगार अन्तर्गत वडा नम्बर १ मै रहेको बाल शिक्षाको घेरबारको अनुगमन गरिएको छ । वडा नम्बर ३ मा निर्माण भईरहेको स्थानीय विकास कार्यक्रम अन्तर्गत जैरम खोया पलऔँ स्याऊ फार्मको अनुगमन वडाध्यक्ष राजेन्द्र बहादुर शाहीको उपस्थितिमा संयोजक थापाको नेतृत्वमा अनुगमन गरिएको हो ।
वडा नम्बर ४ मा निर्माण भईरहेको प्रधानमन्त्री रोजगार अन्तर्गत घेरबार, जनप्रकाश माध्यामिक विद्यालयको निर्माण भईरहेको आरसिसी ढलानयुक्त पक्कि भवनको समपुरक अनुदान, शसर्त अनुदान र संघ, प्रदेश र स्थानीय गरी तिनै तहको समन्वयमा निर्माणाधिन भवनको वडाध्यक्ष राज बहादुर बोगटीको उपस्थितिमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उपाध्यक्ष थापाले अनुगमन एकदमै चुस्त दुरुस्त रुपमा गर्ने र आवश्यक प्रक्रिया पुरा नगरेका तथा समयमा निर्माणमा सम्पन्न नभएका आयोजनाका कामहरुको भूक्तानीका लागि सिफारिस नगर्ने बताएका छन । ‘गाउँपालिका अन्तर्गत मेरो कार्य क्षेत्रको एक हिस्सा अनुगमन हो ।
यसलाई एकदमै दृढ रुपमा सशक्त ढंगले अगाडी बढाएको छु । अधुरा, सम्पन्न नभएका र गलत ढंगले कसैको सिफारिसमा भूक्तानीका लागि म सम्म आएकालाई भूक्तानी गर्न रोक्ने बताए । त्यसकारण अहिलेदेखि नै काममा इमान्दार ढंगले समयमै सम्पन्न गरी भूक्तानीको प्रक्रिया बढाउन निर्देशन दिए ।
गाउँपालिकामा चालु आर्थिक बर्षमा भएका अधिकांश विकास निर्माणका काम ५० प्रतिशत भन्दा धेरै सम्पन्न भईसकेका छन । केहि काम सुरु हुने प्रक्रियामा छन । यसरी आर्थिक मसान्त अगावै काम सुरु भएर सम्पन्न हुने बाटोमा जानुले ताँजाकोटको विकासको गतिलाई प्रस्ट्याएको छ ।
बिकास निर्माणका कामलाई तिब्रता दिन आजै गाउँपालिका देखी ५ वटा वडामा भएका कर्मचारीको सकेत बैठक बसेको छ । अन्य गाउँपाकिलाले फागुन महिना सम्म चालु बर्षमा भएका योवजनाहरुको सम्झौता समेत गर्न नसकेको समयमा ताँजाकोट गाउँपालिकामा ५० प्रतिसत काम सम्पन्न भएकाले असारे बिकास नहुने देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १८:५७